आज नाग पञ्चमी र रक्षाबन्धन

0
319
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

काठमाडौं । नागपञ्चमीकै दिन शुक्रबार ऋषि तर्पणी तथा जनैपूर्णिमा कर्म गरिंदै छ । साउन शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमाका विभिन्न कर्म चन्द्रग्रहणका कारण त्यस दिन गर्न नहुने भएकाले नागपञ्चमीका दिन गर्न लागिएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । साउन शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाउने गरिन्छ । यस दिन घरघरमा नागको चित्र टाँस्ने गरिन्छ । चन्द्रग्रहणको दोषका कारण जनैपूर्णिमा अन्तर्गतका कर्म ऋषितर्पणी, रक्षाबन्धन, डोरो बाँध्ने, उपाकर्मलगायत नागपञ्चमीकै दिन गर्नुपर्ने भएको हो ।
बिहान नागको चित्र टाँस्ने काम र बिहानै ऋषितर्पणसहित रुद्री पाठ पनि गरिंदै छ । जनै मन्त्रेर धारण गरी ब्राह्मणबाट रक्षा बन्धन पनि लगाइयो । आजै नौथरी अन्नको गेडा मिसाइएको क्वाटी पनि खाइँदै छ । तराई भेगमा भाइलाई दिदीबहिनीले राखी पनि बाँध्दै छन् । साउन शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा र साउन शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाउने परम्परा छ । यसपाली आगामी २३ साउनमा साउन शुक्ल पूर्णिमा परे पनि चन्द्र ग्रहणका कारण पूर्णिमाअन्तर्गतका कुनै पनि कार्य गर्नु उचित नहुने समितिले जनाएको छ । २३ साउन शुक्ल पूर्णिमाका दिन राति १२ बजेअघि चन्द्रग्रहण सुरु हुने भएकाले शास्त्रीय प्रमाणका आधारमा शुक्ल पञ्चमीमै यो पर्व मनाउने निर्णय गरिएको हो ।