प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै पटक ः थापा

Royal Times
Read Time:1 Minute, 56 Second

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटकमा हुनुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले हालै आयोजना गरेको साक्षात्कारमा अध्यक्ष थापाले माघ ७ गतेभित्र दुवै निर्वाचन गर्नुपर्ने बाध्यता भएकाले एकै चरणमा गर्नुपर्ने बताउनुभएको हो ।

‘पुस माघमा मौसमका कारण निर्वाचन सम्भव छैन त्यसैले मंसिरमा दुवै तहको निर्वाचन गर्नु उपयुक्त हुन्छ’, अध्यक्ष थापाले भन्नुभयो ।

उहाँले मधेसी दलको समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै सरकारले राप्रपालाई मन्त्री दिने आश्वासन देखाएर पार्टी विभाजन गरेको आरोप लगाउनुभयो । ‘संविधान संशोधन विधेयक संसद्मा पास हुने अवस्था भए पनि सरकारले यसमा पहल गरेन’, उहाँले भन्नुभयो ।

अध्यक्ष थापाले पशुपतिशम्शेर राणाले नक्कली हस्ताक्षरको प्रयोग गरेर पार्टी विभाजन गरेको आरोप लगाउनुभयो । राप्रपाको विधानमा १६५ केन्द्रीय सदस्य रहने प्रावधान रहेको र पार्टी विभाजनका लागि ६७ केन्द्रीय सदस्य चाहिनेमा केही केन्द्रीय सदस्यको नक्कली हस्ताक्षर गरेर ६४ जना पु¥याएको उहाँको भनाइ छ ।  उहाँले पार्टी विभाजनले लाखौँ राष्ट्रवादी जनतालाई चोट पुगेको भन्दै विगतमा भएका कमी कमजोरीलाई सच्याएर अगाडि बढ्ने बताउनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Next Post

सप्तरीका आधा दर्जन गाउँ डुवानमा, एक जना बेपत्ता

सप्तरी । दुई दिनदेखि भएको लगातार वर्षापछि नदी र खोलामा आएको बाढीले जिल्लाको आधा दर्जन गाउँ डुबानमा परेका छन् । यसैबीच बाढीले बगाएर एक जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार बाढीले भत्काएको बाँध मर्मत गर्ने क्रममा साविक देउरी भरुवा गाविस हाल राजविराज नगरपालिका १५ का ५५ वर्षीय मुसहरू भनिने […]