अमेरिका मा पनि सिमानामा काँडेतार का कुरा

0
247
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

अमेरिकाको टेक्सासमा राष्ट्रबादि नायक तथा निर्माता नवल खड्का र लोयप्रिय गायिका सत्यकला राई लाई एभरेष्ट ईन्टरटेन्मेन नामक संस्थाले एक कार्यक्रम आयोजना गरी संस्थाका अध्यक्ष मनोज राई ले नेपाली टोपि र खादा लगाई सम्मान गरेका छन।
उक्त कार्यक्रम सम्मानित भएपछि कार्यक्रममा सम्बोधन गर्दै अभिनेता खड्काले सम्मानले थप जिम्मेवारी बोध साथै उर्जा प्राप्त भएको भन्दै ड्यासपोरमा बसेर नेपाली चलचित्र र साँस्कृतिक क्षेत्रमा पुर्‍याउनु भएको योगदानको प्रसंसा गर्दै नेपालमा, नेपाली चलचित्र लाई माया गर्ने र नेपाली चलचित्रलाई माया नगर्ने का बिचमा द्वन्द्व रहेको कुरा समेत खड्काले बताएका थिए ।अब चाँडो बक्स अफिस र राष्ट्रिय चलचित्र नीति कार्यन्यवन हुने बिश्बास ब्यक्त गरेका थिए। आफ्नो मन्तब्यको क्रममा खडकाले नेपालको सिमानामा काँडेतार लगाउन जरुरी रहेको कुरा उठाएका थिए । उनले सिमानामा काडेतार अभियानका लागि सम्पूर्ण प्रवासका ल्च्ल् ले नेपाल सरकारलाई कुटनैतिक पहलका लागि दबाब दिन सहयोग पुर्‍याउन समेत अनुरोध गरे। संस्था का अध्यक्ष मनोज राईले सबैबाट साथ र सहयोग अपेक्षा रहेको छ भन्दै, सबैलाई धन्यवाद दिएका थिए सो कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रममा कलाकारहरूले आफ्ना प्रस्तुतहरु दिएका थिए ।