स्तरीय रेस्टुरेन्ट सञ्चालन गरिरहेको छु – पुरुषोत्तम गिरी

0
273
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

स्तरीय रेस्टुरेन्ट सञ्चालन गरिरहेको छु ः पुरुषोत्तम गिरी
कार्यकारी निर्देशक दि गार्डेन रेस्टुरेन्ट, दहचोक

 

यतिबेला होटल रेस्टुरेन्टको अवस्था कस्तो छ ?
— समग्र रुपमा हेर्दा होटेल रेस्टुरेन्टहरुको अवस्था सुधार हुँदै आएको छु । खासगरी हाम्रो जस्तो सानो रेस्टुरेन्टमा ग्राहकहरु आकर्षित भइरहेका छन् । सेवा राम्रो दिए ग्राहक बढ्ने हो । मेरो रेस्टुरेन्टको कुरा गर्ने हो भने यहाँ ग्राहकहरु दिनदिनै बढ्दै छन् । घाटामा रेस्टुरेन्ट चलाउनु परेको छैन । होटल रेस्टुरेन्टहरुमा अस्वस्थ प्रतिष्पर्धा गर्नु हुँदैन । देशै भरका होटल रेस्टुरेन्टले आफ्ना विदेशबाट पनि आउने ग्राहकलाई भड्काउने गतिविधि गर्नु हुँदैन ।

होटल रेस्टुरेन्ट सम्बन्धि सरकारी नीति नियमलाई कसरी लिनुभएको छ ?
— सरकारी नीति नियम समयानुकुल रुपमा परिमार्जन गर्नुपर्छ । सरकारले होटेल रेस्टुरेन्टको विकास र विस्तारलाई अझ सहयोग गर्नुपर्छ । देशैभर होटेल रेस्टुरेन्ट सरल र सहज रुपमा संचालन गर्न सरकारले नै वातावरण बनाईदिनु पर्छ ।

होटल रेस्टुरेन्टमा राजनीतिक प्रभाव कत्तिकोे छ ?
— मैले अहिलेसम्म मेरे रेस्टुरेन्टमा राजनीति प्रवेश गर्न दिएको छैन । मेरो रेस्टुरेन्टमा सवैखाले ग्राहकहरु आउँछन् । तर मैले केही होटेल रेस्टुरेन्टमा राजनीति प्रवेश गरेको सुनेको छु, देखेको छु । होटेल रेस्टुरेन्ट भने एक प्रकारको समाज सेवा हो । समाजसेवामा राजनीति भित्रन दिनु हुँदैन ।

तपाईंको रेस्टुरेन्टमा के के सुविधान छ ?
— मेरो रेस्टुरेन्टमा बार सेवाका अलावा कफिसप तथा पुल र स्नुकर पनि छ । हाम्रो रेस्टुरेन्टमा आउँदा धेरै सन्तुष्ट र आनन्दीत हुन सकिन्छ । यहाँ टाढा टाढाबाट आउने ग्राहकहरुसमेत खुशी भएर फर्केका छन् । यहाँ एक पटक आउने ग्राहक फेरीफेरी फर्केर यहीं आइरहेका छन् । त्यसैले मैले राम्रो रेस्टुरेन्ट चलाइरहेकोमा म हर्षित छु ।

तपाईंको भविष्यको योजना बताइ दिनुस् न ?
— खासमा मैले ठूलो होटेल नै खोल्न खोजेको थिए । तर आर्थिक कारणले सानो रेस्टुरेन्ट मात्र खोलेको छु । भविष्यमा भाग्यले साथ दिए तारे होटेलसम्म खोल्ने सोच र विचार छ ।

तपाईंको अहिलेको रेस्टुरेन्टलाई विकास र विस्तार गर्ने योजना छैन ?
— आर्थिक रुपले भ्याएसम्म दि गार्डेन रेस्टुरेन्टमा सेवा थप्दै जाने छु । अनुभवी कुक वेटर थप्दै जानेछु । अहिले पनि पैसाको मात्र मुख नहेरी अनुभवी कुक वेटर राखेको छु । हाम्रो रेस्टुरेन्टमा सेवा चाँडो चाँडो हुन्छ । यो रेस्टुरेन्टमा आएर खान घण्टौं कुर्न पर्दैन । पारिवारिक वातावरण छ ।
होटल रेस्टुरेन्टमा अहिले कत्तिको प्रतिष्पर्धा छ ?
— प्रतिष्पर्धा सवै क्षेत्रमा छ । यस क्षेत्रमा पनि ज्यादै प्रतिष्पर्धा छ । प्रतिष्पर्धा भएपनि राम्रो सेवा सुविधान दिए होटेल रेस्टुरेन्ट चल्छ । पैसा मात्र कमाउने उद्देश्य राखेर खोलिएका होटल रेस्टुरेन्ट चल्दैन । काठमाडौंको अलि ग्रामिण भेगमा रहेको भएपनि हाम्रो रेस्टुरेन्ट चलेको छ । चन्द्रागिरि नगरपालिका १, दहचोकमा पनि केही रेस्टुरेन्ट छन् । तर पनि मेरो रेस्टुरेन्स सवैभन्दा राम्रो चलेको सवैले देखेको कुरा हो । र म सवै भेगका वासिन्दालाई एकदुई पटक भएपनि दि गार्डेन रेस्टुरेन्टमा आउन अनुरोध गर्छु ।

तापाईंको रेस्टुरेन्टमा सरकारी नीति नियमको कत्तिको पालना गर्नुभएको छ ?
— मलाई चाँडै धनीबन्नु छैन । सरकारी नीति नियमको पुर्ण पालना गरेको छु । रक्सी खान आउने ग्रहकलाई पनि सकभर लिमिटमा मात्र खान सल्लाह दिने गरेका छौं ।

अन्तमा तपाईं सम्पूर्ण देशवासीलाई के सन्देश दिन चाहनु हुन्छ ?
— एक पटक सवै भेगका जनतालाई मेरो रेस्टुरेन्टमा आउन आग्रह गर्छु । मेरो रेस्टुरेन्टमा धेरै पैसा लिएर आउनु पर्दैन । धेरै सस्तो छ । त्यसैले दि गार्डेन रेस्टुरेन्टलाई अझ अघि बढाउन सहयोग मिलिरहेको छ । अझ सहयोग मिल्ने विश्वास लिएको छु ।

Save

Save

Save