क्रिकेटर अब्दुलसँगको फोटोले तनावमा तमन्ना

0
239
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

मुम्बई /  भारतको ब्लक बस्टर फिल्म ‘बाहुबली’की अभिनेत्री तमन्ना भाटियाले पछिल्लो समय पाकिस्तानी क्रिकेटर अब्दुल रज्जाकसँग प्रेम सम्बन्ध अस्वीकार गरेकी छन् । अब्दुल र तमन्नाले चाँडै विवाह गर्न लागेको समाचार बाहिर आएपछि उनले त्यसको खण्डन गर्नु परेको छ । दुबईको एउटा गहना पसल संयुक्त रूपमा उद्घाटन गर्दा यी

दुवैले सँगै गहना किन्दै गरेको तस्बिर सामाजिक सञ्जालमा फैलिएको थियो । सो तस्बिरलाई आधार बनाएर सञ्चार माध्यमले विवाहका लागि तमन्ना र अब्दुल गहना किन्दै गरेको समाचार ल्याएका थिए । यो समाचारले दुवैलाई तनाव बनायो ।

विवाहित क्रिकेटर अब्दुललाई यो समाचारले झनै तनाव बनायो । आफू विवाहित रहेको र तमन्नासँग विवाह हुन लागेको समाचार केवल अफवाह मात्र भएको उनले बताउनु प¥यो ।

तमन्नाको क्रिकेटरसँग नाम जोडिएको यो दोस्रो पटक हो । केही वर्षअघि भारतीय क्रिकेटर विराट कोहलीकी प्रेमिकाका रूपमा उनले चर्चा पाएकी थिइन् । केही समयको प्रेम सम्बन्धपछि विराटसँग उनको प्रेम टुटेको थियो । – एजेन्सी