छक्का पन्जा–२ प्रदर्शनको विवाद सुल्झियो, दसैंमा प्रदर्शनी

0
267
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

काठमाडौं/ आगामी दसैंमा काठमाडौंमा दुईवटा चलचित्र ‘छक्का पन्जा–२’ र ‘मंगलम’ को प्रदर्शनी हुँदै थियो । दसैंमा मंगलम प्रदर्शनी गरिने भनिए पनि यो चलचित्रको प्रचारप्रसार त्यति धेरै गरिएको थिएन । तर वितरक र हलवालाको चाहनाअनुसार यो चलचित्रलाई निर्माता छविराज ओझाले ११ असोजबाट देशव्यापी ल्याउने घोषणा गरे ।

अब फेरि यो चलचित्र दसैंमा नआउने भएको छ । फिल्म दसैंमा ल्याउने घोषणासँगै चार दिनयता यो चलचित्रको प्रचार तीव्र पारिएको थियो । पोस्टर पनि सार्वजनिक गरियो । तर आपसी वार्तापछि यो चलचित्रलाई अब ४ फागुनमा मात्र रिलिज गरिने भएको छ । जसकारण सुरु गरिएको मंगलमको प्रचारप्रसार फेरि रोक्न थालिएको छ ।

चलचित्रको वितरक परिवर्तन गर्दा निर्माताले कतिसम्म सास्ती भोग्नुपर्छ भन्ने उदाहरण यतिबेला अभिनेता निर्माता दीपकराज गिरी बनेका छन् । आफ्ना विगतका चलचित्रको वितरण गर्दै आएका वितरक गोपाल कायस्थलाई छाडेर यस पटक ‘छक्का पन्जा–२’ को वितरण जिम्मा डीसीएन कम्पनीलाई दिँदा निर्माता दीपकराजले निकै सास्ती भोग्नु परेको हो । यतिसम्म कि चलचित्र वितरक र हल सञ्चालकले ११ असोजबाटै चलचित्र अर्को चलचित्र मंगलम रिलिज गर्ने भएपछि दीपकराजले लगातार तीन दिनसम्म सम्बन्धित चलचित्रका निर्माता, वितरक तथा हल सञ्चालकसँग समेत वार्ता गरेर मंगलमको प्रदर्शनी पाँच महिनापछि सार्न लगाएका छन् ।

चलचित्र छक्का पन्जा–२ को वितरण जिम्मा काठमाडौं उपत्यकाका लागि दीपकराज गिरीले सुरुमा गोपाल कायस्थलाई दिने भनेका थिए । त्यसो त दीपकराजको पूर्वचलचित्र वडा नम्बर ६ र छक्का पन्जाको काठमाडौं उपत्यकाका लागि वितरण पनि गोपालकाजी कायस्थलाई नै दिइएको थियो ।

यसै साता दीपकराजले अकस्मात् आफ्नो चलचित्र ‘छक्का पन्जा–२’ को वितरण जिम्मा ‘डीसीएन’ कम्पनीलाई दिए । आफूले वितरण गर्ने तयारी गरिरहेको चलचित्र छक्का पन्जा–२ आफ्नो हातबाट खोसिएपछि गोपाल कायस्थले मंगलमको वितरण जिम्मा लिए । छक्का पन्जा–२ विरुद्ध यसपालिको दसैंमा नै मंगलम ल्याउने घोषणा पनि गरे ।

सिंगल थिएटर (एकल हल) सञ्चालक तथा वितरक गोपाल कायस्थबाट छक्का पन्जाको वितरण जिम्मा दीपकराज गिरीले खोसेपछि काठमाडौं उपत्यकाका सिंगल थिएटरका सञ्चालकहरूको मंगलबार र बुधबार बैठक बस्यो । सो बैठकले काठमाडौं उपत्यकाका लागि चलचित्र मंगलमका लागि व्यापार नगरे पनि न्यूनतम सुरक्षित रकम (एमजी) २५ लाख रुपैयाँ दिने निर्णय ग¥यो । उनीहरूले डीसीएनले सिंगल थिएटरलाई बेवास्ता गरेको चलचित्र प्रदर्शनमा भेदभाव गरेको भन्दै उसले वितरण गर्ने छक्का पन्जा–२ लाई भन्दा मंगलमलाई प्रदर्शनीका लागि महŒव र बढी सो दिने निर्णय गरे । २५ लाख रुपैयाँ एमजी पाउने भएपछि छविराज ओझा पनि चलचित्र मंगलमलाई दसैंमा रिलिज गर्ने निष्कर्षमा पुगे ।

यसपछि एफडी कम्पनीको सहजतामा छविराज ओझा, गोपालकाजी कायस्थलगायत सँगको बिहीबार र शुक्रबारको निरन्तर छलफलपछि दीपकराज चलचित्र मंगलमको रिलिज आगामी ४ फागुनसम्म सार्न सफल भएका छन् । यसै विषयमा एक सिंगल थिएटरका सञ्चालकले राजधानीसँग भने, ‘नेपाली चलचित्रको मात्र निरन्तर प्रदर्शनलाई महŒव दिँदै आएका सिंगल थिएटरलाई नेपाली फिल्मकै निर्माताहरूले हेप्न थालेपछि हामीले मंगलमलाई २५ लाख एमजीसहित प्रदर्शनीमा महŒव दिएका हौं । अब उहाँहरूबीच आपसमा मिलेमतो भएकाले छक्का पन्जा–२ नै दसैंमा हामीले प्रदर्शनी गर्ने भएका छौं ।’