यो दिन तपाईंको देशका लागि एक महान् दिन हो – ट्रम्प,

0
177
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

काठमाडौं/ नेपालको संविधान दिवसका अवसरमा छिमेकी मुलुक भारत, चीनलगायत देशले शुभकामना सन्देश पठाइ संविधानको सफलताको शुभकामना व्यक्त गरेका छन् । सो अवसरमा भारतका राष्ट्रपति श्रीरामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाएका छन् । आप्mनो शुभकामना सन्देशमा भारतीय राष्ट्रपति कोविन्दले नेपाल र भारतबीच अनुपम बहुआयामिक सम्बन्ध रही आएको र त्यो सांस्कृतिक सम्बन्धसँग जोडिएको बताएका छन् ।

त्यसैगरी भारतीय प्रधानमन्त्री मोदीको सन्देशमा दुई देशबीच लामो समयदेखि जनस्तरको गहिरो सम्बन्ध रहेको बताउँदै नेपालको स्थायित्व, शान्ति र समृद्धिका पक्षमा भारत सधैं रहिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसैगरी चीनका राष्ट्रपति सी चीन फिङ र प्रधानमन्त्री ली छख्याङले संविधान दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीका नाममा छुट्टाछुट्टै शुभकामना सन्देश पठाई यस अवसरमा दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप उचाइमा पु¥याउन मद्दत पुगोस् भनी कामना गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपालको संविधान दिवसका अवसरमा सबै अमेरिकी नागरिकका तर्फबाट नेपाली जनतालाई शुभकामना व्यक्त गरेका छन् । ‘यो दिन तपाईंको देशका लागि एक महान् दिन हो र संयुक्त राज्य अमेरिकाका नागरिकहरू तपाईंहरूको लोकतन्त्रको यस उत्सवलाई स्वागत गर्न चाहन्छन्,’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाइएको ट्रम्पको सन्देशमा भनिएको छ ।

गत साल यो महŒवपूर्ण दिन मनाएयता नेपालले महŒवपूर्ण प्रगति हासिल गरेको उल्लेख गर्दै सन्देशमा भूकम्पपछिको पुनर्निर्माणले तीव्रता पाएको र लाखौं नेपालीको जीविकोपार्जनको अवस्थामा पनि सुधार हुन थालेको बताइएको छ ।

‘सबैभन्दा महŒवपूर्ण कुरा त, तपाईंहरूले २० वर्षमा पहिलो पटक स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुभएको छ, जुन तपाईंहरूको लोकतान्त्रिक सरकारका लागि उल्लेखनीय कोसेढुंगा हो,’ सन्देशमा भनिएको छ । हाम्रा साझा सिद्धान्तहरूप्रतिको नेपालको प्रतिबद्धताका लागि धन्यवाद दिँदै उनले शान्ति र समृद्धिको दिशामा नेपालको जारी प्रगतिमा सहयोग कायमै रहेको दोहो¥याएका छन् । त्यसैगरी माल्दिभ्सका राष्ट्रपति अबदुल्ला यामिन अबदुलले आप्mना समकक्षीसमक्ष शुभकामना सन्देश पठाउँदै यस अवसरमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ पार्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । जापानी सम्राट अकिहितोले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना सन्देश पठाई नेपाली जनताको खुसी र समृद्धिको कामना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।