१७ औं साधारण सभा सम्पन्न

0
227
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित श्री इन्द्रवासुकी सिर्जनशील बहुउद्देश्यीय सहकारी लिमिटेडको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभामा सो सहकारीका अध्यक्ष नवराज सुवेदीले संस्थाको १७ औं वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभामा आर.एम.डीसीका कार्यकारी अधिकृत ज्योतीचन्द्र ओझाले ग्रामीण भेगमा खुलेका सहकारीहरुले समाजसेवामा बढी ध्यान दिनुपर्ने बताउनु भयो । सहकारीले तल्लो वर्गलाई उठाउने कार्यक्रम ल्याउनु पर्नेमा ओझाको जोड थियो ।

सो साधारण सभामा ग्रामीण आर्थिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राधाकृष्ण गिरी, आयोजक संस्थाका सचिव वासुदेव थापा, शिवकृष्ण भारती, सानुमैया गिरी, धर्मराज खत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए । साधारण सभाले संस्थाका सदस्य स्वर्गारोहण भएमा परिवार सदस्यलाई १० हजार नगद प्रदान गर्ने, सुत्केरी खर्च १ हजार प्रदान गर्ने, अस्पताल सम्मको एम्बुलेन्सको सुविधा दिने समेत निर्णय गरेको जानकारी दिइयो ।