चलचित्र निर्माणको तयारीमा के.सी

0
208
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

काठमाडौं । टेलि चलचित्र निर्माणबाट चलचित्र निर्माणमा अगाडि बढेका युवा निर्माता दिपजत के.सी यतिबेला ठुलो पर्दाको चलचित्र निर्माणको तयारीमा जुटिरहेका छन् । आगामी मंसीर महिनादेखि छायाँकन शुरु गर्नेगरी तयारीमा लागिपरेको उनले बताए । हाल चलचित्रको गीत रेकर्डिङ्ग तथा छायाँकन स्थलको छनोटलगायतका आन्तरिक कार्यहरु दु्रत रुपमा भइरहेको उनले जानकारी दिएका । यद्यपि केही समयपछि औपचारिक कार्यक्रम मार्फत् घोषणा चलचित्रको घोषणा गर्न लागिएकोले चलचित्रको नाम र सहभागी कलाकारहरुको विषयमा भने उनले बताएनन् । करिव ७० लाखको बजेटमा निर्माण गर्न लागिएको उनको चलचित्र सामाजिक पृष्ठभूमिको कथावस्तुमा आधारित हुनेछ । गृह जिल्ला दाङ्ग जिल्लामा विभिन्न स्टेज कार्यक्रमका साथै स्थानीय सनराइज च्यानलमा लामो समयसम्म टेलिचलचित्र ‘पैसा’ को निर्माण तथा अभिनय समेत गरेका थिए । हाल चलचित्र निर्माणकै शिलसिलामा उनी राजधानी काठमाडौं बस्दै आएका छन् ।