देशको कला संस्कृतिलाई अस्तव्यस्त पारेर हिन्दूहरुलाई अपमानित गर्नेकाम भइरहेको छ । – थापा

0
243
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

हामीले अपेक्षा गरेको अनुसार देश चल्न सकेको अवस्था छैन ।
– निरञ्जन थापा

अहिले देश विषम परिस्थितिमा छ । हामीले अपेक्षा गरेको अनुसार देश चल्न सकेको अवस्था छैन । देशमा न्याय हराएको छ । जनताले सामान्य भन्दा सामान्य कुराहरुमा पनि समस्या झेलिरहेको अवस्था छ । विगतमा हेर्ने हो भने राजनीतिक पार्टीहरु र तिनका नेताहरुले जनतामाझ धेरै आश्वासन बाँडे, भ्रमका कुरा गरे । प्रजातन्त्रको कुरा गरे, लोकतन्त्रका कुरा गरे तर आज ति दल र तिनका नेताहरुले जनताको नममा केवल जनताको रगत पसिना चुसेर शासन सत्तामा बस्ने काम मात्र गरे । नेपाली राजनीतिले विगत देखि आजसम्म आउँदा विभिन्न आरोह अवरोह पार गरियो । केही मात्रामा उपलब्धी पनि हासिल ग¥यो । विभिन्न आन्दोलन मार्फत् जनताको माग उठान र सम्बोधन नभएका पनि होइनन् । तर वास्तविक प्रजातन्त्र जनताले अनुभूत गर्न नसकेको र एकदुई जना टाठाबाठाहरुले मात्र उपयोग गरिरहेका छन् । यहि तन्त्र र वादका नाममा नेपालमा धेरै पार्टीहरु छन् । केही लोकतन्त्र र प्रजातन्त्रको कुरा गर्छन् त कोही गणतन्त्रको कुरा गर्छन् । ठुलै हैसियतमा ति पार्टी राजनीतिक अस्त्वि र नेपाली राजनीतिमा हालसालै भएको स्थानीय तहको निर्वाचनमा विभिन्न पार्टीहरुबीच चुनावी प्रतिस्पर्धा भयो र एक किसिमको नौलो आभ्यासको आरम्भ पनि त्यो थियो । तालमेलको नीति, सानाठूला दल केहीले स्थानीय तहमा तालमेलको नीति अख्तियार गरे । जुन त्यति प्रभावकारी हुन सकेन । कुनै ठाउँमा बाजीमारे तालमेलको कारण त कुनै ठाउँमा धेरै विवाद र झमेला पनि सिर्जना भयो । मत गणना प्रभावित देखि न्यायालयमा मुद्दा मामिला झेल्न समेत दलहरुले प¥यो । तालमेलका कारण कतिपय ठाउँमा तालमेल गरी राजनीतिक पार्टीको जीत भयो भने कतिपय ठाउँमा तालमेल गरेको पार्टीलाई कसैसँग तालमेल गरेको पार्टीले पनि चुनावी प्रतिष्पर्धामा हराएको देखिन्छ । सिद्धान्त विचारलाई भन्दा पनि स्थानीय तहमा दलहरुको तालमेल जसरी होस् जीत सुनिस्चित गर्न सकिन्छ भन्नेमा मात्र केन्द्रीत थियो । यसर्थ यसको प्रभाव सकारात्मक भन्दा नकारात्मक देखिन गयो । गठबन्धन बने टुटे यो दीर्घकालीन हुन सकेन, विश्वासको वातावरण नबन्नु विचार सिद्धान्त नमिल्नु नै गठबन्धन वा तालमेल टिक्न नसक्नुको मुख्य कारण थियो ।
अहिले पनि देशमा चुनावी माहोल छ । प्रतिनिधि सभा र प्रदेश सभाहरुको चुनाव आगामी मंसीर १० र २१ गते हुने भनेर चौतफी तयारी भइरहेको छ । विभिन्न राजनीतिक दलहरु विभिन्न गृहकार्यमा लागिरहेका छन् । कसरी हुन्छ आफ्नो विचार स्थापित गर्न र आफ्ना पार्टीलाई जिताउने भन्ने उनीहरुको ध्यान केन्द्रीत छ । र यसैमा उनीहरु लागेका छन् । वाम र लोकतान्त्रिक पार्टी र विचारबीच ब्यापक ध्रवीकरण देखिएको छ । देशमा रहेका प्रमुख वाम पार्टीहरुमा स–साना वाम पार्टीहरु समाहित हुने, विलय हुने र पार्टी एक भएर तालमेल गरेर कसरी अगाडि बढ्ने र चुनावमा बढीभन्दा बढी सिट जित्न सकिन्छ भनेर गठबन्धन गरिरहेका छन् । ठीक त्यस्तै गरी प्रजातन्त्रिक पार्टीहरुले समान विचारधारा भएका पार्टीहरुबीच तालमेल र गठबन्धन गरेर चुनाव लड्ने र बढीभन्दा बढी सिट जित्ने भनेर लागिरहेको अवस्था छ । स्थानीय तहको चुनावी तालमेल र आजसम्म आउँदा प्रतिनिधि सभा र प्रदेशसभाको चुनावको लागि भइरहेको यो गठबन्धन बीच निकै ठुलो भिन्नता रहेको छ । स्थानीय तहमा केवल जीतको लागि तालमेल थियो भने यो गठबन्धन विचारको लागि गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातन्त्रको हिमायती हो । राप्रपा प्रजातन्त्रमा विश्वास राख्दछ । यसर्थ हाम्रो गठबन्ध र हाम्रो साथ प्रजातन्त्रको लागि हो । यो हाम्रो इच्छा वा रहर भन्दा पनि समयले सिर्जना गरेको माग र परिस्थिति हो । आज देशमा प्रजातन्त्र लोकतन्त्र खतरामा छ । विधिको विधान हराएको छ । यदि प्रजातन्त्रमा विश्वास राख्ने प्रजातन्त्रको लागि प्रतिवद्ध नागरिक वा पार्टी जो कोहीले पनि यो लोकतान्त्रिक गठबन्धनलाई साथ दिनु पर्दछ । प्रजातन्त्र फल्नु पर्छ फुल्नु पर्छ र प्रत्येक नागरिकले प्रजातन्त्रको अनुभूति गर्न पाउनु पर्छ । अनि त जनता र देशले देखेको सपना विपनामा परिणत हुन्छ भन्नेमा राप्रपा विश्वस्थ छ । देश जनता र प्रजातन्त्र हार्ने आभास देशको लागि लाभप्रद हुँदैन भन्ने ठहर राप्रपाको रही आएको छ । यसर्थ प्रजातान्त्रिक गठबन्धनलाई कसरी हुन्छ मजबुद र सुदृढ गरेर आगामि निर्वाचनमा बलियो बनाई अब देशमा जनताले उभ्याउँछन् भन्ने कुरामा राप्रपा पूर्ण विश्वस्थ छ । विश्वबाट लोपोन्मुख वाद र तन्त्र भन्दा पनि देशको विकास र आर्थिक समृद्धिका लागि प्रजातन्त्रको प्रत्याभूतिका निम्ति अधिनायकत्वका विरुद्ध अब नेपाली जनताले प्रजातान्त्रिक–लोकतान्त्रिक गठबन्धनलाई नै साथ दिन्छन् । विनासर्त नेपाली जनता आफूले उपलब्धि गरेका प्रजातन्त्र–लोकतन्त्र बचाउन लाग्छन् भन्नेमा राप्रपा लगायत यस गठबन्धनमा समाहित समान विचारधारा भएका हामी सम्पूर्ण विश्वस्थ छौं ।
प्रजातान्त्रिक मुल्य मान्यतालाई आत्मसाथ गरेर देश र जनताप्रति सधैं प्रतिवद्ध हामी अधिनायकवादलाई प्रश्रय होइन प्रजातन्त्र र लोकतान्त्रलाई बलियो बनाउन हामी लागेका छौं । यही मर्म र यथार्थलाई जनताले आगामि चुनावमा बुझेरै हामीलाई साथ दिनेछन् र जनमत बाट हामी हाम्रो कला, धर्म–संस्कृति र गुमेको संस्थालाई स्थापित गर्न सक्छौं भन्ने राप्रपाको विश्वास रही आएको छ । देशमा, आमुल परिवर्तन गर्दै साम्यवादसम्म पुग्ने उद्देश्यले वाम पार्टीहरु एक हुने भन्दैछन् । विगतमा जनयुद्धका कारण आमुल परिवर्तन गर्ने र साम्यवाद ल्याउने भन्दै सत्र हजार मानिस मार्ने–मराउने काम भएको छ । प्रजातन्त्रको नाममा देश र जनताले धेरै दुखःकष्ट भोगिसकेका छन् । फेरी पनि वाम गठबन्धनले परिवर्तनको कुरा गर्नु कतै देशले पुनः हिजोको जस्तो हत्या हिंसा त व्यहोर्नु पर्ने त होइन भनेर जनता त्रसित छन् । देश र जनताले कुनै क्रान्ति, अधिनायकत्व होइन देशको समृद्धि चाहेका छन् । तसर्थ पनि प्रजातान्त्रिक–लोकतान्त्रिक गठबन्धनलाई नै जनतले अत्याधिक मत हालेर नेपाललाई हत्या हिंसा वा क्रान्तितिर होइन समृद्धितिर जानुपर्छ भन्ने निश्चित देखिन्छ । अब लोकतान्त्रिक गठबन्धनले हिन्दू राज्य र संवैधानिक राजतन्त्रलाई पुनस्र्थापित गर्ने लक्ष्य लिएर अगाढि बढ्नु पर्छ । यसैमा लोकतान्त्रिक सम्पूर्ण लोकतान्त्रिक शक्तिको भविष्य छ । आजको राप्रपा र हिजोको कांग्रेसका वि.पि कोइरालाको सिद्धान्त र विचारलाई हामीले आत्मसाथ गर्नसके लोकतान्त्रिक विचार र सिद्धान्त स्थापित हुने र प्रजातन्त्र सुरक्षित हुने निश्चित् छ ।
यतिबेला देशको कला संस्कृतिलाई अस्तव्यस्त पारेर हिन्दूहरुलाई अपमानित गर्नेकाम भइरहेको छ । हिन्दूधर्मलाई समाप्त पार्न विभिन्न शक्तिहरुले पैसा पनि बाँढीरहेको हामीले सुन्दै र भोग्दै आएका छौं । नेपालमा क्रिश्चियनहरु मौलाउँदै गइरहेका छन् । नेपालमा अझै पनि ९० प्रतिशत हिन्दूहरु रहेको सत्यकुरा लुकाएर लुक्दैन । हामीले हेर्न गयौंभने गाउँघरमा सवै जनता हिन्दू धर्मसंस्कृति अनुसारै चलिरहेको पाउँछन् । केन्द्रमा ठुला पार्टीले हिन्दू अधिराज्य भन्नेकुरा हटाए पनि अधिकांश जनताको मनबाट हिन्दू धर्म हटेको छैन । दशैं तिरहादेखि लिएर हरेक परम्परा र संस्कृति हिन्दू धर्म अनुसारे चलिरहेको छ । वास्तवमा भन्नुपर्दा नेपालमा राजसंस्थाले हिन्दूहरुलाई आश्रय दिइरहेको हामीले विर्सन मिल्दैन । यसै मेसोमा अब हनु लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राजसंस्था र हिन्दू राज्यको सवालमा कांग्रेस लगायत सम्पूर्ण लोकतान्त्रिक शक्तिहरु स्पष्ट हुनुपर्छ । यतिबेला राप्रपाका अध्यक्ष कमल थापाले लिनु भएको लोकतान्त्रिक मध्यमार्गी मार्ग अत्यन्त सान्दर्भिक छ । लोकतन्त्रलाई बलियो बनाउनकै लागि र लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउन राप्रपा वर्तमान सरकारमा सहभागी भएको हो । यद्यपि राप्रपाका बारेमा केही कुराहरु बाहिर आएका छन् । तर कांग्रेस सहितको वर्तमान लोकतान्त्रिक गठबन्धन समय सुहाउँदो र अत्यन्त सान्दर्भिक छ । राप्रपा स्पष्ट दृष्टिकोण र विचार भएको राष्ट्रवादी शक्ति हो । नेपाली कांग्रेस पनि हामीजस्तै राष्ट्रवादी धारमा चल्दैछ । विश्वबाट हराउँदै गएको कम्युनिजम नेपालमा किन स्थापित गर्ने । कम्युनिष्टहरु आएभने नेपालमा अधिनायकवाद आउँछ कि आउँदैन ? लोकतान्त्रिक शक्तिहरु यसकारण चिन्तित बनेका हुन् । हामीलाई लाग्छ अबको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जनताले लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउने छन् । अहिलेसम्म यो निर्वाचनमा देखिए अनुसार लोकतान्त्रिक गठबन्धनको तर्फबाट इमान्दार र राष्ट्रवादी उम्मेदवारहरु उठ्दैछन् । कांग्रेसले हामीलाई प्रतिनिधि सभा र क्षेत्रमा दिएको सिटमा हामी अत्यन्त सन्तुष्ट छौं । लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलको सहयोगले हामी सवै स्थानमा विजयी हुन्छौं । कांग्रेससहित अरुपनि विजयी होउन भन्ने हामी चाहन्छौं ।

  • लेखक थापा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ ।