जनताले आफ्नो अमुल्य मत दिने कुरामा विश्वस्त छु – गुरुड.्ग

0
228
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

आगामी मंसीर २१ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा काठमाण्डौंको बुढानिलकष्ठ नगरपालिका क्षेत्र नं. ४ प्रदेश सभा (ख) बाट प्रत्यक्ष तर्फका उम्मेदवार लक्ष्मण गुरुड.्गले बुढानिलकष्ठ नगरपालिकालाई एक नमूनाको शहर बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन । संघीय समाजवादी फोरम, नेपालका तर्फबाट काठमाण्डौ क्षेत्र नं. ४ का प्रदेश सभा (ख) का उम्मेदवार गुरुड.्गले मशाल चुनाव चिन्ह लिएर मैदानमा उत्रेका हुन । प्रतिनिधि सभामा भने प्रत्यक्ष तर्फ यमबहादुर पोयाड.्गु उठेका छन । संघीय समाजवादी फोरम, आफ्नो अलग ऐतिहासिक पृष्ठभूमिका साथ पहिचानसहितको संघीयता र समाजवादलाई आफ्नो गन्तब्य बनाई अलग अलग रुपमा कार्यरत मधेसी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी, नेपाल र खस समावेशी राष्टिय पार्टीबीच एकीकरण भई बनेको हो ।
हाम्रो पहिचान समानता र सम्मान, अपमान हैन स्वाभिमान र पहिचान भन्ने आफ्नो चुनावी नाराका साथ उठेका उहाँहरुले आफुहरुलाई जनताले आफ्नो अमुल्य मत दिने कुरामा विश्वस्त गरेको कुरा बताएका छन । आशा गरौ उहाँको जनताप्रतिको विश्वास कायम रहोस ।