धर्मनिरपेक्षताको नाममा हिन्दूमाथि आक्रमण

0
242
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

बिभिन्न धार्मिक संघ संस्थाका अगुवाईहरुले राजधानीमा एक पत्रकार सम्मेलन गरी आफ्ना धारणाहरु सार्वजनीक गरेका छन । हिन्दू धर्ममाथि चौतर्फी आक्रमण हुन थालेपछि हिन्दूवादीहरु यसरी गर्जेका हुन ।
सनातन हिन्दू धर्ममाथि बिभिन्न क्षेत्र र राजनीतिक संरक्षणबाटै आक्रमण हुन थालेपछि अब धार्मिक युद्ध हुने समेत चेतवनी दिएका छन । हिन्दू परम्परा अनुसार सदगत गर्नु पर्ने कृष्णबहादुर अधिकारी पिता गोरखा फुजेलका नन्द प्रसाद अधिकारीको अनसन बसेकै क्रममा निधन भै झन्डै २ बर्ष देखि बीर अस्पतालमा रहेका छन । अधिकारीको सब वैदिक संस्कार विधि अनुसार अन्त्यष्ठी गर्न नसकेको प्रति सरकारको आलोचना गरिएको छ । जीवित छदाँ त न्याय दिएनन । राज्यले मृत्यु पछि पनि उनको हिन्दू परम्परा अनुसार अन्तिम संस्कारका बारेमा पनि मौन बसेको प्रति ध्यानार्षन गरेको छ ।
तत्कालिन नेकपा माओवादीले गोरखाका कृष्ण प्रसाद अधिकारीको हत्या गरेपछि हत्यारालाई कारवाहीको माग गर्दै पिता नन्द प्रसाद अधिकारी र माता गंगा माया अधिकारी आमरण अनसनमा बसेका थिए । उता कार्यक्रममा विश्व हिन्दू महासंघ नेपाल राष्टिय समितिका अध्यक्ष डा. रामचन्द्र अधिकारी, सनातन हिन्दू धर्म सिरोमणी स्वामी रामबाबा, विश्व हिन्दू युवा संघ अन्तराष्टिय समितिका अध्यक्ष सागर थापा, श्री पशुपतिनाथ सेवक संघका अध्यक्ष केदार मान भण्डारी र भागवती मानव कल्याण संगठन नेपाल राष्टिय समितिका अध्यक्ष रामेश्वर थापा लगायतले आफ्ना मन्तब्य राखेका थिए ।