सिल्वालले मेरो घरबार उडाए – थापा

0
217
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिदै जादा दलहरु एक अर्का माथि दोषारोपन गर्ने कार्यमा अग्रसर देखिरहेका छन । यसै सिलसिलामा ललितपुर प्रतिनिधि सभा क्षेत्र नं. का स्वतन्त्र उम्मेदवार गुणबहादुर थापाले आफ्ना प्रतिद्धन्द्धी एवं बामगठबन्धनका उम्मेदवार नवराज सिल्वाल माथि गम्भीर आरोप लगाएका छन । विगत ८ बर्ष देखि सिल्वाल र थापाबीचको लेनदेन कारोबार देखि लिएर अहिलेको राजनीतिक यात्रासम्म कटक्ष गर्न भ्याएका छन । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले शक्ति र पैसाको आडमा नवराज सिल्वालले आफु माथि अन्याय गरेको खुलासा गरेका छन । प्रहरीको बर्दिको आडमा सिल्वालले आफुलाई मिटर ब्याजमा पैसा लगानी गरेका आफ्नो सबै जग्गा सिल्वालले पास गरेर लिएका र पैसा फिर्ता गर्दा समेत सिल्वालले जग्गा फिर्ता गर्नुको सट्टा पटक पटक यातना दिने झुठा मुद्दा लगाएर १५ महिनासम्म जेल बस्न बाध्य बनाएको गुनासो सुनाएका छन ।

नवराज सिल्वालमाथि यसरी खनिए थापा भिडियो सहित