काव्य स्कुलको लोकसंस्कृति झल्किने वेशभूषा प्रदर्शनी

0
223
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

काठमाडौं – संसारका १ सय ४० मुलुकमा फैलिएको अनलाइन शिक्षा आयोजना इन्टरनेसनल एजुकेसनल रिसोर्स नेटवर्क—आई अर्न आयोजनाअन्तर्गत नेपालमा रहेको एक सदस्य विद्यालय काव्य स्कुल नयाँ बानेश्वरमा नेपालको मौलिक तथा लोकसंस्कृति झल्किने वेशभूषा प्रदर्शनी गरियो ।

कक्षा ५ देखि ७ सम्मका ९१ जना विद्यार्थी सहभागी भएर अभिभावकसामु वेशभूषा प्रदर्शनी गरेको हो । नेपालका विभिन्न जातजाति, समुदाय, धर्मसंस्कृति र परम्परा मान्ने नेपालीले चाडपर्व र रीतिरिवाजअनुसार २४ थरीका परम्परागत वेशभूषा लगाएर ¥याम्पमा हिँडेका थिए । विद्यालयकी शिक्षिका सजना दाहालको संयोजकत्वमा सोमबारको कार्यक्रम आयोजना गरिएको थियो ।

विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाका अनुसार ती १ सय ४० मुलुकका ५ हजार शिक्षक, तथा ३० हजार विद्यालय आबद्ध रहेको आई अर्न आयोजनामा विकास र युवा नेतृत्वलगायत शैक्षिक तथा सांस्कृतिक आदानप्रदान गरिन्छ । सोमबार आयोजना गरिएको सांस्कृतिक वेशभूषाको तस्बिरसहितको प्रतिवेदन आई अर्न आयोजनामा पठाएपछि १ सय ४० सदस्य मुलुकका शिक्षक र विद्यार्थीबीच सिकाइको आदानप्रदान हुनेछ ।