गठबन्धनका संयोजक बिसीद्धारा मतदाताप्रति आभार प्रकट

0
228
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

काठमाडौं । राष्ट्रवादी वैकल्पिक गठबन्धनका संयोजक गोरखबहादुर बिसीद्धारा हस्ताक्षरिक प्रेस विज्ञप्ती मार्फत आम मतदाताहरुप्रति आभार प्रकट गरेका छन । मुलुकको विकाश, समृद्धि तथा स्तायित्व र नेपालको संघिय संविधान कार्यन्वयनको सवालमा प्रतिनिधिसभा तथा प्रदेश सभाको चुनाव सुसम्पन्न भएकोमा सम्पूर्ण आम मतदाताहरुप्रति राष्ट्रवादी वैकल्पिक गठबन्धनले आभार प्रकट गर्नुका साथै धन्यवाद ज्ञापन गरेको छ ।

विगत केहि दशक देखि नेपाल अस्थिर राजनितिको चपेटामा पर्दैगएको छ । विदेशिशक्ति केन्द्रहरुले नेपाललाई राजनितिक प्रयोगशालाको रुपमा प्रयोग गर्दै आएको कुरा हामी सबैलाई छर्लङ्गै भएको कुरा हो । यसै शिलसिलामा विभिन्न पार्टीै तथा नागरिक समाजको पहलमा राष्ट्रवादी वैकल्पिक गठबन्धनले पनि आमचुनावमा भाग लिएका थियौ । राष्ट्रवादी वैकल्पिक गठबन्धनले राष्ट्रिय स्वधिनता सार्वभौम र अखण्डतालाई केन्द्रविन्दु मानी आम नेपाली जनता, वौद्धिकवर्ग यवं पत्रकारहरुले हामीलाई मतदान गरी सहयोग गरेकोमा धन्यवाद दिन चाहन्छौ ।

छोटो समयमा यो गठबन्धन बनेपनि आम नेपाली जनताहरुले हामीलाई माया गरेको हामीले महसुस गरेका छौ, यसर्थ राष्ट्रवादी वैकल्पिक शक्तिको रुपमा हामी सडकमा आएका छौ । अत यस गठबन्धनको साझा चुनावी चिन्ह षडकोणमा प्रत्यक्ष तथा समानुपातिक रुपमा हामिलाई मतदान गरि अगाडी बढ्ने जुन मौका दिनुभएकामा आम नेपाली जनता तथा वौद्धिक समुदायहरुलाई धन्यवाद दिन चाहन्छौ ।

राष्ट्रवादी वैकल्पिक गठबन्धनका संयोजक गोरखबहादुर बिसीद्धारा हस्ताक्षरिक विज्ञप्तीमा भनिएको छ । नेपालको विकृति करण, भ्रष्टिकरण, अपराधिकरण, विदेशिभक्ति र राजनितिक व्यपारिकरणका विरुद्धम ा हामी सदा तपाईहरुको साथमा छौ । तपाईहरुको अमूल्यमतको आभार गर्दै सहयोगको लागि धन्यवाद दिन चाहन्छौ ।