मुलखर्क भिमसेन मन्दिरको निमार्ण हुदै

0
464
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

काभ्रेपलाञ्चोक जिल्लाको कोसिपारीमा अवस्थित श्री मुलखर्क भिमसेन मन्दिरको निमार्ण हुने भएको छ । स्थानीय स्तरमा धार्मिक आस्थाको केन्द्रमा रहिआएको श्री गणेश तथा भिमसेन मन्दिर लाई स्थानीयहरुले कुल देबताको रुपमा मान्दै आएका भएपनि मन्दिरको सहि संरक्षण नहुदाँ धार्मिक आस्थाको धरोहर मानिने सो मन्दिर पूर्ण ब्यवस्थित रुपमा सञ्चालन भएको थिएन ।
गत बर्ष मात्रै उक्त मन्दिर पूर्ण निमार्णको गर्नका लागि श्री मुलखर्क भिमसेन मन्दिर संरक्षण समिति गठन गरी मन्दिर निमार्णका लागि श्रीमदभागवत ज्ञान महायज्ञ गरी इच्छुक दाताहरुसंग सहयोग संकलन र मन्दिर निमार्णका लागि आवश्यक कार्यहरु गर्दै आएको कुरा समितिका सल्लाहाकार पं अमृत पराजुलीले दिनु भएको थियो ।
मन्दिर चाडो भन्दा चाडो निमार्ण सम्पन्न गर्नका लागि अहिले समितिका अध्यक्ष होमनाथ गौतम लगायतका २१ जना समितिका सदश्यहरु इच्छुकदाताहरु संग सहयोग संकलन र निमार्णका आवश्यक कार्यमा लागेको कुरा उहाँले बताउनु भयो ।
श्री मुलखर्क भिमसेन मन्दिर संरक्षण समितिले सार्वजनिक रुपमा सहयोगका सबैमा आब्हान गर्दै सहयोगका लागि राष्टिय बाणिज्य बैंक धुलिखेल शाखामा खाता खोली इच्छुक सहयोग दाताहरुले स्वइच्छाले सहयोग गर्न सक्ने कुरा बताइएको छ ।
यदि तपाईहरु मध्ये जो कोहीलाई मन्दिर निमार्णका सहयोग गर्न चाहनु भएको खण्डमा उल्लेखित बैक खातामा सिधै वा समितिका पदाधिकारीहरुको फोन नं. मा सिधै सम्पर्क गरी सल्लाह सहयोग प्रदान गर्न सक्नु हुनेछ ।
राष्टिय बाणिज्य बैंक धुलिखेल शाखा
खाता नं १०४००१३९६३०१
श्री मुलखर्क भिमसेन मन्दिर सम्पर्क कार्यालय
भु.गा.पा. सपिङ १
सम्पर्क नं. हरु : ९८५१०२५०७२, ९८४११४४४५४, ९८४३०२०१६०, ९८४९६५४७३५, ९८१३१८९६८८

LEAVE A REPLY