काठमाडौंमा चौथो सगरमाथा अन्तराष्ट्रीय कराते

0
180
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

काठमाडौं । नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालको १९औं बार्षिक उत्सवको अवशरमा आयोजित चौथो सगरमाथा बुधबार देखि शुरु भएको छ । नेपाल सहित भारत,बंगलादेश,भुटान र पाकिस्तान सहभागि रहेको उक्त प्रतियोगिताको उदघाटन पूर्ब अर्थ मन्त्री एवम प्रतिनिधि सभा सदस्य बर्षमान पुन ुअनन्तले एक कार्यक्रम बिच उदघाटन गर्नुभयो । उदघाटन समारोहलाई सम्बोधन गर्नुहुदै प्रमुखअतिथि अनन्त ले खेलक्षेत्र मा आफुले चाल्नुपर्ने क़दम र निभाउनु पर्ने भुमिकामा कुनैपनि कसर नराख्ने बताउनुभयो । सोही क्रममा कराते खेलमा उच्च योगदान पुर्याउने बिशिष्ट व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ्ग र नेपालको प्रथम अन्तराष्ट्रिय निर्णायक मजिन्द्र सिंहलाई सम्मान गरिएको थियो । यसैगरी बिगत एक दशक देखि नक्साल डोजोमा प्रशिक्षणरत राष्ट्रिय खेलाडी आकाश पाललाई पनि सम्मान गरिएको थियो । नक्साल नारायणचौर स्थित स्टार भेन्यु पार्टीप्यालेशमा संचालन भईरहेको प्रतियोगिताका प्रतिस्पर्धाहरु भने भोलीसम्म संचालन हुने बताइएको छ ।

LEAVE A REPLY