कराते खेलकर्मी खपाङ्गी सम्मानित

0
186
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

कांठमाडौं । लामो समयदेखि नेपाली खेलकुद क्षेत्रमा सक्रिय रहेका कराते खेलाडी एवं प्रशिक्षक गजेन्द्र बहादुर खपाङ्गी ‘ईश्वर’ सम्मानीत हुनु भएको छ । माघे संक्रान्ति २०७४ को अवसरमा नेपाल मगर संघद्वारा राजधानीमा आयोजित शुभकामना आदान प्रदान तथा बृहत सॉस्कृतिक कार्यक्रममा बिगत सॉढे दुई दशक भन्दा लामो समय देखि खेलकुद क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा मुलुकको नाम उच्च राख्न योगदान पु¥याए वापत उहाँलाई सम्मान गरिएको हो ।

खपाङ्गी नेपाल सितोरियो कराते संघका केन्द्रिय सचिव तथा प्रवक्ता, नेपाल स्वयम् सेवक प्रशिक्षक खेलकुद महासंघका अध्यक्ष एवं नेकपा माओबादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष हुन भने २०५६ साल देखि संचालन भएको नेपाल सितोरियो कराते संघ शाखा डोजो नक्सालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक समेत हुन् । करिव दुई दर्जन भन्दा बढी कराते प्रतियोगिताको संयोजकको रुपमा सफल भूमिका निर्वाह गरिसकेका खपाङ्गी पूर्ब अन्तराष्ट्रिय खेलाडी तथा राष्ट्रिय निर्णायक पनि हुनुहुन्छ ।

LEAVE A REPLY