दहचोकमा पारिवारिक वातावरणको डि गार्डेन रेस्टुरेन्ट

0
555
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

काठमाडौं । राजधानीको मुटु चन्द्रागिरि नगरपालिका १ सिर्जनाचोकमा रहेको डि गार्डेन रेस्टुरेन्टलाई अब चिनाइरहनु पर्दैन । चन्द्रगिरि नगरपालिका आसपासदेखि बाहिरका ग्राहक पनि यस रेस्टुरेन्टमा नियमित आउन थालेका छन् । ‘पारिवारिक वातावरण छ र पो सवै स्थानका ग्राहक यो रेस्टुरेन्टमा आइरहेका छन् ।’ रेस्टुरेन्टका कार्यकारी निर्देशक पुरुषोत्तम गिरी भन्छन् ।

यस डि गार्डेन रेस्टुरेन्टमा फुल तथा स्नुकरको व्यवस्थाका साथै फ्रि वाइफाई, लोकल कुखुराको मासु, ढिंडो, तन्दुरीको मज्जा लिन सकिने कार्यकारी निर्देशक गिरीले जानकारी दिए । डि गार्डेनमा बर्थ डे, पास्नी, विवाह, व्रतबन्धका लागि दुई सय जनासम्म ट्ने क्षमता रहेको छ । साथै डि गार्डेनमा फ्रि होम डेलिभरीको समेत व्यवस्था रहेको छ । यस रेस्टुरेन्टमा स्टार होटलमा अनुभव सँगालेका कुकहरुद्वारा पकाइएका स्वादिष्ट परिकारको मज्जा लिन पाइन्छ । ‘आगामि दिनमा ख्याति प्राप्त गायक गायिका तथा कलाकारहरुद्वारा सांगीतिक कोसेली प्रस्तुत गर्ने योजनामा छु’ कार्यकारी निर्देशक गिरी आफ्नो योजना सुनाउँछन् ।

यस रेस्टुरेन्टमा ख्याति प्राप्त व्यक्तिहरु आउन थालेकाले रेस्टुरेन्ट विस्तार गर्न सहयोग मिल्दै जाने गिरीको विश्वास छ ।  ‘डि गार्डेन रेस्टुरेन्ट राजधानीको पश्चिम भेगमा चर्चित बनिसकेको देखिन्छ र यो रेस्टुरेन्ट सवै भेगका बासिन्दाको रोजाईको केन्द्र बनिसकेको छ । कार्यकारी निर्देशक गिरी भन्छन् । टाढाा टाढाबाट पनि यस रेस्टुरेन्टमा ग्राहकहरु थपिंदै गएको देखिन्छ । ‘एक पटक यस रेस्टुरेन्टमा ग्राहक आएपछि फेरी फेरि दोहोरिरहेका छन् । यो हाम्रा लागि खुसीको कुरा हो’ गिरी भन्छन् ।

LEAVE A REPLY