दुई संघ बिचको सम्झौतामा चलचित्र निर्माता संघ नेपालको कडा बिरोध

0
272
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

काठमाडौ – चलचित्र निर्माता संघ नेपालले चलचित्र संघ र निर्माता संघ बिच भएको सम्झौताको बिरोध गरेको छ । चलचित्र निर्माता संघ नेपालको महा सचिव बिमल पौडेलको हस्ताक्षर रहेको प्रेस विज्ञप्तिमा उक्त सम्झौताको विरोध गरेको जनाएको छ ।

चलचित्र निर्माता संघले प्रेस विज्ञप्ति जारि गर्दै भनेको छ, विगतदेखि नै निर्माताहरुको हित विपरित निर्माता संघ चलेको हुनाले, निर्माताहरुको एउटा ठूलो हिस्सा निर्माता संघको कार्यमा असन्तुष्टि जनाउदै चलचित्र निर्माता संघ नेपाल गठन भएको कुरा सर्वविदितै छ ।

लोकतान्त्रीक व्यवस्थामा आफ्नो विचार र आफ्नो व्यवसायको रक्षा गर्ने स्वतन्त्रता सबैलाई हुन्छ । चलचित्र विकाश बोर्डले सम्पूर्ण चलचित्रकर्मिहरुको संघ संस्थाहरुलाई समेटेर लैजानु पर्नेमा कहि न कहि चुकेको देखिन्छ । चलचित्रकर्मिहरुको हितमा गरिने कुनै पनि कार्यमा सरसल्लाह, सुझाव र विचारलाई समेटेर निर्णयमा पुग्नु पर्नेमा एकलौटी ढङ्गले अगाडी बढिरहेको छ । यसको जवाफ चलचित्र विकास बोर्डले दिनुपर्छ ।

चलचित्र संघ र चलचित्र निर्माता संघ बिचमा भएको सम्झौता निर्माताहरुको हितमा नभएकोले हामी यो सम्झौताको घोर भत्सर्ना गर्दै असहमति व्यक्त गर्दछौ । व्यावसायको पारदर्शिता मापन गर्ने (बक्स अफिस) संयन्त्रण जडान गरी लागु नभइन्जेल सम्म निर्माताको लगानीलाई प्रतिशतमा विभाजन गर्ने अधिकार कसैलाई पनि नभएको स्मरण गराउन चाहन्छौ ।

हालै चलचित्र विकास बोर्डले लागु गर्न लागेको बक्स अफिसलाई सञ्चालनमा नल्याइन्जेल सम्म सिण्डिकेट प्रवृद्धिबाट गरिने वाँडफाँड प्रति हाम्रो पूर्ण असहमति छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष स्वयम्ले आफ्नो रेड हाउस र रेड सरवरको विज्ञापन गरी आफ्नो फाइदाको लागि सम्पूर्ण निर्माता साथीहरुलाई भ्रममा पारि गरिएको सम्झौताले निर्माताहरुको हित हुन सक्दैन भन्ने हाम्रो मान्यता छ ।

यस चलचित्र निर्माता संघ नेपालको स्पष्ट धारणा

१० राष्ट्रिय चलचित्र नीति २०७१ लागु गर्ने ।
२० बक्स अफिस तुरुन्त सञ्चालन गर्नु पर्ने ।
३० सर्भरमा लाग्ने खर्च राज्यले व्यहोर्नु पर्ने ।
४० विदेशी चलचित्रलाई बार्षिक कोटा ९१०५० तोक्नु पर्नेछ ।
५० निर्माताले आज भन्दा अगाडी ६०५ ९प्रतिशत० पाइरहेकोमा अब उपरान्त ७०५ ९प्रतिशत० निर्माताले
पाउनु पर्छ ।
६० चलचित्र उद्योगमा भएको सम्पूर्ण खालको सिण्डिकेटको अन्त्य हुनुपर्ने

लगायतका जाहेज मागहरुलाई सम्बन्धित निकायले सम्बोधन नगरेमा श्रावण महिनाबाट चलचित्र निर्माता संघ नेपाल र चलचित्रकर्मीहरुले शसक्त आन्दोलन गर्न बाध्य हुने बताउदै सम्पूर्ण निर्माताहरुलाई आफ्नो पेशाको रक्षा गर्न तयारी अवस्थामा रहनको समेत प्रेस विज्ञप्तिमा अनुरोध गरिएको छ ।

साथमा प्रेस विज्ञप्ती :

 

LEAVE A REPLY