खप्तडमा पाइएको स्वर्गको अनुभब

0
224
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

खप्तडमा पाइएको स्वर्गको अनुभब र नेपालीहरु

गाडीबाट ओर्लिएर ठाडो उकालो चढेपछि सुरु हुने खप्तड क्षेत्रको यात्रा जो कोहीलाई कम्ती चुनौतिपूर्ण छैन । सिलगढीस्थित नाचन्थली टावरबाट ठाडो उकालो हुँदै गबलेखसम्म पुग्दा मानिसको मुटुमा खप्तडको विकटताले च्वास्स घोच्छ । मोटोघाटो शरीर र हिँड्न नसक्ने कतिपय यात्रुका लागि यहीँ नै पहिलो बास हुन्छ । कथम्कदाचित त्यहाँबाट चारघन्टा हिँडे पनि झिग्रनामा बास बस्नै पर्ने हुन्छ । किनकि त्यहाँबाट खप्तड पुग्न आठदेखि १० घन्टा लाग्छ भने निकुन्जमा बस्ने उचित व्यवस्था छैन । त्यसैले खप्तड जाने यात्रुका लागि झिग्रना बासका लागि उपयुक्त स्थान मानिन्छ ।नाचन्थली टावरबाट सुरु हुने भौगोलिक विकटता सियोले धागो तानेझँै खप्तडसम्म पुग्छ । झिग्रनाबाट हेर्दा देखिने सुन्दर जङ्गल छिचोलेर बिचपानी पुग्दा हिँड्न नसक्नेको होसै उड्ने हुन्छ । नाक छुने उकालो काटेर बिचपानी पुग्दासम्म थकाइको सीमा हुँदैन । चारघण्टे हिँडाइले निकै थाकेको शरीर बिचपानी पुग्दा छिनभरमै बिर्सिन्छ । यहाँसम्म पुगेर झन्डै तीन हजार १०० मिटर हाराहारीको उचाइ चुम्दा अधिकांशलाई खप्तड नजिक पुगेको अनुभूति हुन्छ । त्यसपछि खप्तडका पाटन, दह, त्रिवेणी, नागढुङ्गा, बाबाको कुटी सबै एकसाथ मानिसका आँखाअगाडि आउँछन् । त्यसअघि हिँड्दासम्म उकालोमा घनाजङ्गल, निगालो घारी, कलकल बग्ने खोला र चराचुरुङ्गीका चिरिबिरे आवाजले मनै आनन्दित हुन्छ । वसन्त ऋतुमा फुल्ने लालीगुराँसको रमणीय दृश्यले थकाइलाई त्यसै बिर्साइ दिन्छ । बिचपानीबाट पनि बाटो तेर्सो उकालो ओरोलो बाटो गरी तीन घन्टा हिँडेपछि खप्तडको पहिलो पाटन आउँछ । यहीँबाट सुन्दुर खप्तडका पाटन हेर्न सबै आतुर हुन्छन् । नाचन्थलीबाट हिँडेर थाकेको शरीरलाई पहिलो पाटनले छिनभरमै हलुका बनाइ दिन्छ । त्यसपछि पाटनमा बसेर फोटो खिच्ने, पल्टिने र प्राकृतिक सौन्दर्यता अवलोकन गर्ने कार्य सुरु हुन्छ । १७ वर्षअघि यस ठाउँमा चार सैनिक जवानको हिमपहिरोमा परी मृत्यु भएको थियो । त्यसबेला खप्तडमा नौ फिटसम्म हिँउ परेको थियो । चारैतिर खस्रु, धुपी, सल्ला र लालीगुराँस घारीका बीचमा पाटन र थुम्को तालमेल लोभलाग्दो देखिन्छ । यस ठाउँलाई बुकी दह भनेर चिनिन्छ । केही छिन उकालो ओरालो हिँडेपछि खप्तडका लामबद्ध पाटन देखिन्छन् । बेजोड सम्बन्धका पाटन र थुम्को छाडेर आँखा घुमाउने हो भने चारैतिर सुन्दर घन सजङ्गल देखिन्छ । जङ्गल छेउमा देखिने गोठहरूले तीन हजार तीन सय मिटर उचाईको पहाडमा पनि मानवीय अस्तित्वलाई सम्झाउँछ । बझाङ्ग र बाजुराका बासिन्दाले निकुन्जलाई १० रुपैयाँ राजस्व तिरी वर्षायाममा आफ्ना वस्तुभाउ यही गोठमा राख्छन् । चिसो लागेपछि गोठहरू खाली गरी उनीहरू गाउँतिर फर्किन्छन् । खप्तडबाबा बस्नुअघिदेखि नै त्यहाँका बासिन्दाले गोठ बनाएका हुन् । यस्ता प्राकृतिक दृश्य नियाल्दै जाँदा कलकल बग्ने दर्जनौँ खोलानाला आउँछन् । ती सबैमा काठेपुल बनाइएका छन् । पाटनको उकालो ओरालो र घुम्ती पार गरी त्रिवेणी सीतापाइला मन्दिर हुँदै त्रिवेणीधाम पुग्न सकिन्छ । त्रिवेणीमा नुहाइधुवाइ र मन्दिर दर्शन गरी सशस्त्रलिङ्ग जाने वा सैनिक गुल्मतिर जाने बाटो यहीँबाट सुरु हुन्छ । सशस्त्रलिङ्ग पुगेका यात्रुले पनि बास बस्न त्रिवेणीबाट देब्रे बाटो हिँड्नै पर्छ । त्रिवेणी नजिक केदार ढुङ्गो हुँदै हिँडेपछि खप्तड विकास पर्यटन समिति तथा सैनिक गुल्ममा पुग्न सकिन्छ । यहाँ पुग्दासम्म पाटनका थुप्रै दृश्य अवलोकन गर्न सकिन्छ । त्यहाँ पुग्नुअघि सशस्त्रलिङ्ग र सैनिक क्याम्प जाने बाटो उस्तै भएकाले बाटो झुक्किने हुन्छ । साँझपख फर्केर सैनिक क्याम्प पुग्न राति हिँड्नुपर्ने हुन्छ । बाटो झुक्किन नदिन पहिले त्यहाँ सङ्केत राखिएको थियो । वर्षायाममा गोठ सरी आउनेले त्यसलाई फालिदिएपछि समस्या हुँदै आएको छ । अन्य ठाउँमा घुम्न भने बाटोको दोधार छैन । खच्चड हिँड्ने बाटोका ठाउँ ठाउँमा राखिका सङ्केतचिह्नले घुम्न सहज बनाएको छ । घोडादाउनेसहित २२ पाटनले बढाएको सुन्दरतालाई बाबाको कुटी, खप्तड दह र नागढुङ्गाले थप आकर्षण बढाएको छ । त्यहाँ पुगेपछि ती ठाउँ हेर्न कसैले पनि छुटाउँदैनन् । भारत, कोलकाताका बाबाले खप्तममै प्राण त्यागेका थिए । दुईकोठे कुटीमा अहिले सेनाले ताला लगाइदिएको छ । चारैतिर जङ्गलले घेरिएको कुटीबाट सैपाल हिमालको दृश्य अवलोकन गर्न सकिन्छ । दुईकोठे कुटीसँगै जोडिएको काठको अर्को कोठा छ । सोको पश्चिमतिर बाबाको भान्छा र बस्ने गोलघर बनाइएको छ भने दक्षिणतिर हेलिप्याड रहेको छ । बाबाले यही कुटीमा बसेर विचार विज्ञानसहितका तीन पुस्तक लेखेका थिए । कुटीको बराण्डामा राखिएको बाबाको तस्बिरले उनी अभैm कुटीमा बसेका छन् भत्रे भान हुन्छ । सेनाले कुटीलाई चारैतिर तारबार गरी प्रवेशद्वार बनाइदिएको छ । अहिलेको शम्शेर गुल्म हुँदै टावरबाट जङ्गल काटेर केही आरोलो झरेपछि एउटा आकर्षक ताल देख्न पाइन्छ ।यसको पश्चिम–उत्तर किनारमा ढुङ्गाले पानी बाहिर जानबाट रोकिएको छ । तीनतिर जङ्गले ढाकेको छ । ताल नजिक मैदानबाट हेर्दा बाजुराका गाउँहरू देखिन्छन् । यो ताल बाजुरामा पर्छ । लट्ठीको सहाराले ताल हेर्न जाने पर्यटकको लस्करले तालको महत्वलाई झन् बढी झल्काउँछ । नागढुङ्गा, केदारढुङ्ग ालगायतका अन्य दृश्य पनि कम्ती आकर्षक छैनन् । यस्ता थुप्रै अनुपम दृश्य बोेकेको खप्तडले आफ्नो सुन्दरता सबैलाई देखाउन पाएको छैन । जेठ महिनामा लाग्ने दसहरा मेलाबाहेक अन्य याममा कमै पर्यटक जाने गर्छन् । दसहरा मेलामा भने खप्तडका पाटन थुम्का सबै भरिएका हुन्छन् । त्यसबाहेकका याममा पनि सबैलाई तात्रसक्ने वातावरण बनाउने पहल खप्तडमा अझै हुनसकेको छैन । भौगोलिक विकटताका कारण सबैलाई खप्तड पुग्न निकै कठिन छ । झिग्रनासम्म सवारी साधन गुड्न नसक्ने तथा बाटोमा खानेबस्ने सुविधा उपलव्ध नहुँदा खप्तड गन्तव्य बत्र नसकेको हो । खप्तडलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सरकारले गठन गरेको खप्तड क्षेत्र पर्यटन विकास समितिले बनाएका भौतिक पूर्वाधारहरू पनि कागजीमात्र भएको बताइन्छ । सिलगढीदेखि झिग्रनासम्मको सडकको आधा भागमात्र ट्रयाक खनिएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेल पोखरा घुम्न जाने पर्यटकलाई पनि खप्तड पु¥याउनसकिने सम्भावना व्यक्त गर्नुहुन्छ । पोखराबाट बाग्लुङ्ग हुँदै खप्तडसम्म पर्यटकलाई घुमाउनसकिने उहाँको भनाइ थियो । सरकारले हाल खप्तडसम्म केबुलकार पु¥याउने महत्वाकाँक्षी योजना सार्वजनिक गरेको छ । यसले पनि खप्तड क्षेत्रको विकासमा ठूलो सहयोग पु¥याउने विश्वास गरिएको छ ।

LEAVE A REPLY