स्थानिय जनता आँखा उपचार केन्द्रप्रति आर्कषित

0
399
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

स्थानिय जनता आँखा उपचार केन्द्रप्रति आर्कषित

काठमाडौं । नेपाल नेत्रज्योती संघ किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रले चन्द्रागीरी नगरपालिका वडा नं. ५ किसिपिडीमा चन्द्रागीरी आँखा उपचार केन्द्र संचालनमा ल्याएकोमा त्यस भेगका स्थानिय जनतालाई आँखा उपचार गर्न सहज भएको छ । न्युनतम शुल्कमाआँखा उपचार गर्ने भएकाले पनि त्यस भेगका जनता चन्द्रागीरी आँखा उपचार केन्द्र प्रति आर्कषित भएका छन् । यो केन्द्र २०७५ पुष १५ गते शुभारम्भ भएको हो । यस केन्द्रलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा चन्द्रागीरी नगरपालिकाले सहयोग गरिरहेको चन्द्रागीरी आँखा उपचार केन्द्र प्रमुख बुद्धिका मर्हजनले बताउनु भयो । केन्द्र प्रमूख मर्हजनका अनुसार चन्द्रागीरी आँखा उपचार केन्द्रमा दैनिक विहान १० वजे देखि दिउसो ३ वजे सम्म आँखा जाँच, चस्मा जाँच, सौलियत दरमा चस्मा तथा आँखाको औषधी विक्रीवितरण गर्ने गरिन्छ । यसका अलावा सौलियत दरमा मोतिविन्दुको सल्यक्रियाको लागी किर्तिपुर आँखा अस्पतालमा सिफरिस गर्ने गरिएको चन्द्रगिरी आँखा उपचार केन्द्र प्रमुख बुद्धिका महर्जनले बताउनु भयो ।
सहुलियत दरमा चस्मा तथा आँखाको औषधी वितरण गर्ने गरेकाले पनि यस केन्द्र प्रति स्थानिय आँखाका रोगी आर्कषित भएको केन्द्र प्रमुख महर्जनले उल्लेख गर्नू भयो ।
चन्द्रागीरी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष कान्छाभाई महर्जनले आफ्नो वडामा चन्द्रगीरी आँखा उपचार केन्द्र खोलेर सुलभ रुपमा आँखा उपचार सेवा उपलब्ध गरेकोमा नेपाल नेत्र ज्योती संघ किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रलाई धन्यवाद दिनु भयो ।

LEAVE A REPLY