नमुना वडा बनाउन प्रतिबद्ध छु – वडाध्यक्ष के.सी.

0
139
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

शम्भु कुमार के.सी.
वडाध्यक्ष चन्द्रागिरी नगरपालिका
वडा नंं ७ काठमाडौं




स्थानिय निकायमा नयाँजन प्रतिनिधी आएको डेढ वर्ष भयो । जनताले जुनआपेक्षा गरेका थिए त्यो जनप्रतिनिधीसंग गरिएको आपेक्षामा तुसारापात भएकोे हो ?
जहाँसम्मलाई लाग्छ अब हामी जनप्रतिनिधी भएर आईसकेको अवस्थामा वडामा धेरै काम अझकल्टा थिए । पहिलाको महादेव स्थानगा.वि.स. अहिले ३ (५,६,७) वडा भएको छ । त्यसमापनिहाम्रो ७ नं.वडाको ठुलो एरिया भएकाकारणले गर्दा धेरै कामअपुरो थियो । हामी आएपछि हामीले २ वटा वजेटचलायौं । उपयोगग¥यौं । २ वटा आर्थिक वर्षको बजेटबाट हामीलेअत्याधिक रुपमा बाटोघाटोको विकास भएको छ । अबको बजेटबाट बाटोको कामगर्नु पर्ने बाँकी नै रहँदैन ।

अरु वडा भन्दा ७ नं वडा के काममा फरक छ ?
अरु वडा भन्दा ७ नं. वडा ठुलो छ जनसंख्यापनि बढी छ पहिला बाटोघाटोको कामभएकै थिएनअहिले विकासको क्रममा वडा नं. ७ अगाडी छ ।

म अरु भन्दा वडा नं. ७लाई फरक देखाउँछु भनेर कुनै योजना सार्नु भएको छ ?
अरु कुनै वडामा नभएको इनडोर गेम खेल्ने कवर्डहलको योजना अघि सारेका छौं । फुटबल ग्राउण्डको काम धमाधम भई रहेको छ । आगामी वर्षमा त्यो काम पुरा हुन्छ । हामीलाई समस्या भनेको के छ भने हाम्रो आफ्नो भवन छैन । आउँदा आवमा हामी आफ्नै भवनका लागी पुर्वाधारको जोहो गर्ने तिर पनि लागी रहका छौं ।
– स्थानियतहमा सिंहदरबारको अधिकार लिएर चन्द्रागीरी नगरपालिका वडा नं. ७मातपाई वडा अध्यक्षको रुपमा बसिरहनु भएको छ । तपाईृसंग शिक्षा स्वस्थ्य कृषिपश्पन्छीमा व्यापक वजेट आउँछ कतिपय वडा अध्यक्षले अर्काे शिर्षकको वजेट लगेर पनि सडकमै हालेको देखियो । ७ नं. वडामा त्यो अवस्था छ की छैन?
त्यस्तो किसीमको वजेट हामीकहाँआएको छैन । यो केन्द्रीकृत रकमनगरपालिकाले नै राख्दछ । हामीले गतआवमा २ करोड वजेट पाएकाथियौ भने े चालु आथिर्क वर्षमा २ करोड १० लाखवजेट वडामा आयो । हामीले त्यसबाट नै स्कुलमा , स्वास्थ्यचौकीमा फोहोर मैलामा वजेट छुट्याएका छौं । छुट्टाछुट्टै शिर्षकमा हामीलाई वजेट आउदैन । हामीलाईकुलवजेट मात्र आउँछ ।
– चन्द्रागीरी नगरपालिका वडा नंं ७ मा बाटो घाटो निर्माण कार्य पुरा गरिसक्नु भयो । अबशिक्षा स्वास्थ्य र कृषिमा यो वडामा समस्या छ की छैन ?
खासरुपमा हाम्रो वडामा शिक्षामा समस्या छैन । स्वास्थ्यको जहाँसम्म कुरा हो हाम्रो वडा को आफ्नै भवन छैन । पहिला महादेव स्थानगा.वि.स.को भवन अहिले वडा नं. ६मा छ । हामी पनि त्यसबाट हाम्रो वडालाई स्वस्थ्य सेवादिई रहका छौं । अरु किसीमको समस्या हाम्रो वडामा छैन भन्दा हु्न्छ ।
– तपाईले वडाबासीसंग एउटा प्रतिवद्धता गर्नु भएको छ । त्यो हो चन्द्रागीरीनगपालिकाको वडा नं. ७लाईनमुना बनाउँछु र यही कार्यकालमा सफलभएर देखाँउछु । तपाईले भने अनुसार सफलहुनु होला ?
प्रतिवद्धता अनुसार काम गर्छु सफल हुन्छु । किन भन्दा मैले पहिले देखि नै भनेको गरेको छु । विकास शिक्षा स्वस्थ्य खेलकुद क्षेत्रमा उल्लेखनिय काम गर्दछु । अहीले मैले फुटबल ग्राउण्ड र कभर्डहलको काम पुरा गरे । अब कराते सिकाउने जोडो पनि बनाउने सोचमा छु । पुस्तकालय पनि हामीले संचालन गरेका छौं । वडाको नयाँ भवन बनाएर त्यही भवनमा स्वस्थ्यचौकी पनि संचालनगर्ने हाम्रो सोच छ । यस्ता किसीमका वडा बासीकाहितमा काम गर्दै म वडा लाई आफ्नो कार्यकालमा नमुना वडा बनाउन प्रतिबद्ध छु ।

– हिजो राजनिती गरेर हिड्नु भयो आज असिमित अधिकार लिएर एउटा वडामा बसीरहनु भएको छ । प्रसाशनिक काम तपाईहरुले बुद्धि पु¥याउन सक्नु भएन भन्ने यदाकदा सुनिन्छ नि ?
म राजनितिमा आउनु भन्दा अगाडी देखि नै समाज सेवामा लागेको मान्छे हुँ । मुल्याङ्कन अरुले निष्पक्ष रुपमागर्ने कुरा हो । चेक पोष्ट देखि वडा कार्यालय सम्मआउने बाटो पनि आजभन्दा ७–८ वर्ष पहिले नै मेरै अगुआईमा चन्दा उठाएर बनाएको हो । त्यसबेला २४ लाख रुपैयाँयसमाखर्च भएको थियो त्यसमापहल मैले नै गरेको हुँ । म वडा अध्यक्ष नहुदापनि समाज सेवा गरेकै हुँ । मलाई कुनै कुराको लोभ छैन । लोभ छ त केवल आफ्नो ठाउँलाई बनाउने । प्रशासन चलाउन गाह्रो चाही मलाई लाग्दैन । किन लाग्दैन भने हामी जनप्रतिनिधीको पाटो यहाँको प्रशासनको पाटो अर्काे छ । के कुरा बुझिएको छैनभन्दा प्रसाशन र हामीहरु अलगहौं । भन्ने बुझेर यो परेको हुन सक्छ । तर प्रशासन र हामीमिलेर अधि बढ्ने हो यो कुरा बुझुयौ भने केहीगाह्रो छैन । प्रशासन हेर्ने र जनप्रतिनिधीले बुद्धि पु¥याएर अधि बढ्नुपर्दछ । संगसगै कामगर्नु पर्दछ । यसरी हेर्दा मलाई कुनै गाह्रो अनुभवहुदैन ।

LEAVE A REPLY