शिक्षकहरु पनि राम्रो पढाई प्रति प्रतिबद्ध हुनु पर्दछ – घिमीरे

0
50
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

बाबुराम घिमीरे, सहायक–प्रधानाध्यापक
मंगलोदय माध्यमिक विद्यालय, थानकोट

  • अहिलेको सामुदायिक र सरकारी विद्यालयको अवस्था कस्तो छ ?
    यतिबेला सामुदायिक विद्यालयको अवस्था सुध्रिदो देखिन्छ । सुध्रीनुको कारण उच्चशिक्षामा सरकारी आरक्षण हुनु नै हो । अर्काे कुरा बोडिङ्गमा भन्दा सामुदायिक विद्यालयमा चौतर्फी बिकास भएको पाइन्छ । यसको कारण राज्यले व्यवस्था गरेको निशुल्क पुस्तक वितरण, निशुल्क शिक्षा नै हो । सामुदायिक विद्यालयका शिक्षकमा आएको परिवर्तन नै हो ।
    – निजी र सरकारी विद्यालयलाई कसरी मुल्याङ्कन गर्नु हुन्छ ?
    सामुदायीक विद्यालयमा सचेत अभिभावकका छोराछोरी बढी हुने र निजीविद्यालयमा सम्पन्नका छोरा छोरी बढी हुने कारणले पनि गुणस्तरका हिसावले निम्न स्तर भएका बालबालिकालाई सामुदायिक विद्यालयको योगदान सह्रायिन नै छ । निजीविद्यालयमा जस्तै सामुदायीक विद्यालयमा सिकाई स्तर पनि राम्रो हुँदै गएको छ । यो सुधार उन्मुखहुँदै गएको पनि छ ।
    – निजीविद्यालय भन्दा सरकारी विद्यालयको स्तर कमजोर हुनुको कारण के हो?
    सामुदायिक विद्यालयमा प्रधानाध्यापकलाई पुर्ण अधिकार नहुनु वा सचेत वा सम्पन्न अभिभावक नपाउनुले पनि सामुदायिक विद्यालय कमजोर जस्तै देखिएको हो ।
    – सामुदायिक विद्यालयको पढाई स्तर बढाउन के गर्नु पर्छ ?
    विगतभन्दा राम्रो भई रहेको छ । हामीले पनि अंग्रेजी माध्यामबाट पढाई सुरु गरेका छौं । सम्वन्धीत निकायले औपचारिक अनुगमन गरिरहनु पर्दछ । शिक्षकहरुलाई सजाय र पुरस्कारको उचित व्यवस्था गरिरहनु पर्दछ । शिक्षकहरु पनि राम्रो पढाई प्रति प्रतिबद्ध हुनु पर्दछ ।
    – सामुदायिक विद्यालयलाई निजी भन्दा उत्कृष्ट पार्न के के गर्नु पर्ला ?
    प्रधानाध्यापकलाई पुर्ण अधिकार, सरोकारवाला निकायको अनुगमनमा बृद्धि, शिक्षकहरुमा प्रतिबद्धता तथा समय अनुसार अंग्रेजीमाध्यमको प्रयोग, जीवनउपयोगी पाठ्यक्रममाजोड, विद्यालयमा उचित भौतिकबाताबरणको निर्माण गरेमा सामुदायिक विद्यालय उत्कृष्ठ हुन्छ ।

LEAVE A REPLY