मंगलोदयको प्रधानाध्यापक हुन पाउँदा गर्व लागेको छ – गोपाली

0
53
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार

कबिन्द्र गोपाली
प्रधानाध्यापक
मंगलोदय माध्यामिक विद्यालय,थानकोट
eरोयलटाइम्स




– अहिलेको सामुदायिक विद्यालयको अवस्था कस्तो छ ?
अहिलेको सामुदायिक विद्यालयको अवस्था पहिले भन्दा सुदृढ हुदै गएको छ । किनभने ससामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु व्यवहारिक लगनशिल र मेहनती हुन्छन् । त्यसै गरी सामुदायिक विद्यालयमा अध्ययनरत शिक्षकहरु पनि तालिम प्राप्त विषयगत ज्ञान भएका हुन्छन् ।
– अरु विद्यालय भन्दा मंगोलदय माध्यामिक विद्यालय उत्कृष्ट हुनुको कारण के हो ?
प्रधानाध्यापकहरुको लगनशिलता, शिक्षकहरुमा पढाईप्रति प्रतिबद्धता, विद्यार्थीहरु अनुसाशित र मेहनतीहुनु नै हो । विद्यालय अंग्रेजी माध्यमबाट संचालनहुनु । अंग्रेजी, विज्ञान र गणित विषयलाई थप कक्षाको व्यवस्था गर्दै जानु, बेला बेलामा अभिभावकहरुको राय सल्लाह र सुझावलाई मननगर्दै उत्कृष्ट सुझाब र सल्लाहलाई कार्यन्वयनगर्दै जानु , अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागी गर्दै जानु ,स्काउट, रेडक्रस तथा सफाक्लव, बालक्लब, पुस्तकालय समितिको व्यवस्थाहुनुले मंगलोदयमा.वि. आजउत्कृष्ठ भएको छ ।
– मंगलोदयमा.वि.लाई अझउत्कृष्ट पार्न तपाईसंग के योजना छ ?
हालभई रहेको पुस्तकालयलाई समय सुहाउदो प्राविधियुक्त बनाउदै लैजाने, कम्यूटर प्रयोगशाला, विज्ञान प्रयोगशालालाइ स्तर उन्नतीगर्दै अधिकतमप्रयोग गर्दै लैजाने , विद्युतिय हाजिर तथा नेपाल सरकार शिक्षामन्त्रालयको नितीबमोजिम विद्यालयमा हरित क्षेत्रको विकास गर्दै जाने योजना हामी संग छ ।
– सरकारी विद्यालयमा पनि निजी विद्यालयमा भन्दा विद्यार्थी आर्कषित गर्न के गर्नु पर्ला ?
शिक्षकहरुमा तालिमको विकास हुँदै जानु, विषयप्रति ज्ञान हँुदै जानु, सरकारले सरकारी विद्यालयलाई थपप्रोत्साहीत गर्दै जानु सरकारबाट सामुदायिक विद्यालयमा क्ष्ऋत् पुस्तकालय व्यवस्थापन गर्दै जानु जस्ता कारणले सामुदायिक विद्यालयप्रति विद्यार्थीहरुको आकर्षण बढ्दै गएको हो र प्रधानाध्यापक देखी शिक्षकहरु सबै पढाई प्रतिगंभिर हुुनु पर्दछ जस्तो लाग्दछ ।
– तपाई मंगलोदय जस्तो ऐतिहासिक विद्यालयको प्रधानाध्यपक हुनु हुन्छ यो विद्यालयमा प्रधानाध्यापक भएर कस्तो अनुभव गर्नु भएको छ ?
यस विद्यालयमा प्रधानाध्यापक हुँदा मलाई खुसी लागेको छ । यसै विद्यालयमा पढेर यसै विद्यालयको प्रधानाध्यापक हुनु मेरो लागी झनै गौरबको विषयहो । साथै यस विद्यालयलाई नयाँ सोच र उदेश्यअनुसार विकास गर्न संघ, प्रदेश र स्थानिय निकायको पनि साथ र सहयोग पाईरहेका छौं । त्यसैले यस विद्यालयको स्तर बृद्धि गर्न र व्यवस्थीत रुपमा संचालन गर्न सहयोग मिली रहेको छ र उहाँहरुको सरसल्लाह सहयोग सुझाव अनुसार अधि बढी रहेका छांै ।
– अन्त्यमा अभिभावक , विद्यार्थी तथा शुभचिन्तकलाई के सन्देश छ ?
जसरी त्रिभुजभन्नको लागी तिनभुजाको आवश्यकता छ त्यसरी नै विद्यालय उत्कृष्ठ हुनको लागी शिक्षक,अभिभावक र विद्यार्थी विच एकता समन्वय र सहकार्यको भुमीका आवश्यक छ । यदी माथीको भनाईहरुलाई पालना गर्न सक्यौ भने सरकारी विद्यालयको स्तर निजीविद्यालयको भन्दा क्रमशः बढ्दै जाने छ ।

LEAVE A REPLY