मुलुकको वर्तमामान अवस्था विकृत छ

0
86
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

मुलुकको वर्तमामान अवस्था विकृत छ


रामेश्वर थापा, केन्द्रीय सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)

मुलुकको वर्तमान राजनीतिक अवस्थालाई कसरी लिनु भएको छ ?
— मुलुकको वर्तमामान अवस्था विकृत छ । एउटा जिम्मेवार राजनीतिक पार्टीको युवा नेता भएको कारणले राजनीतिलाई विकृत भन्नुपर्दा दुःखी पनि छु । किनभने राजनीति आफैमा समाजसेवा र धार्मिक कार्य हो । तथापि यो गणतन्त्रको सरकारले राजनीतिलाई फटाहाहरुको धन्दाको रुपमा व्यवस्थापन गरिदिए । देशमा अराजकता, हत्या–हिंसा र भ्रष्टाचारले प्रश्रय पायो । यसलाई सरकारले उचित ढंगबाट व्यवस्थापन गरेन ।
सरकारको गतिविधिलाई कसरी लिनुभएको छ ?
— नेपाल सरकारको गतिविधि काम कुरा एकातिर कुम्लोबोकी ठीमितिर भने झैं भएको छ । नेपाली नागरिकले बलीदानी दिएर ल्याएको गणतान्त्रिक व्यवस्था बाँदरको हातमाा नरिवल झैं भएको छ । वर्तमान सरकारको क्रियाकलापले सर्वसाधारण चिन्तित छन्, दुखित् छन् । तल्लो तहका काम गरिखाने वर्ग र समुदायलाई शासक वर्गमा पु¥याउने जुन कुरा गरिएको थियो त्यो उल्टो भएको छ । नेपाली जनतामाथि कर लगाउने नाममा होस् या सशासन दिने नाममा होस्, गरिव जनतालाई शोषण बाहेक अरु केही भएको छैन । त्यसैले यो सरकार पूर्ण रुपमा असफल छ ।
राप्रपाहरु कहिले मिल्छन, कहिले फुट्छन् किन ?
— वास्तवमा पार्टी फुट्नुको कारण कुनै सैद्धान्तिक विचलन आएर होइन, पार्टीको साझा दृष्टिकोणमा ऐक्ववद्धता छ । मात्रै सत्ता र शक्तिको स्वार्थमा जुँगाकोे लडाईंले गर्दा पार्टी विभाजन भएको देखिन्छ । देश भरीका सम्पूर्ण हिन्दूवादी र राष्ट्रवादीहरु पार्टी मिलेको हेर्न चाहन्छन् । तर पार्टी मिल्न नसक्नु दुखद् हो । तर केही महिना भित्रै राप्रपाहरु मिल्नेमा हामी विश्वस्थ छौं ।
सवै राप्रपाहरु मिलाउन तपाईंहरुको तर्फबाट के कस्तो पहल गर्दै हुनुहुन्छ ?
— यो अत्यन्त महत्वपूर्ण प्रश्नको लागि धन्यवाद । संसारमा यो हाम्रो पार्टीको मात्र कुरा होइन । कुनै पनि पर्टी, समुह, संगठन फुटेर बलियो हुँदैनन् । त्यो हामीलाई थाहा छ । त्यसको परिणाम २०७४ को स्थानीय तहको निर्वाचन देखि प्रतिनिधि सभाको निर्वाचन सम्म हामीले फुटको पिडा भोगी सकेका छौं । एकता नै बल हो भन्ने मूल मर्म र भावनालाई आत्मसात गर्दै पार्टीका सवैखाले भ्रतृ संगठनको इच्छा र चाहना अनुरुप पार्टी एकताको लागि हामी निरन्तर प्रयास गरिरहेका छौं । हामीलाई विश्वास छ हामी सफल हुन्छौं र मुलुकमा एउटा राष्ट्रवादी वैकल्पिक प्रजातान्त्रिक शक्तिका रुपमा स्थापित हुन्छौं । हामी सवैले राप्रपाहरु मिल्नपर्छ भनेर लागिरहेका छौं । त्यसका लागि सक्रिय छौं । हाम्रो एजेण्डामा मिल्ने राजसंस्थावादी हिन्दूवादी एवं संघता विरोधीहरुसँग पनि वार्ताका लागि हामी पहल गरिरहेका छौं ।
राप्रपा (संयुक्त)ले यतिबेला के कस्तो क्रियाकलाप गरिरहेको छ ?
— हाम्रो पार्टीले मुलत संगठन विस्तारलाई विशेष जोड दिइरहेको छ । हाम्रो विधान अनुसार टोल कमिटी देखि वडा कमिटी हुँदै नगर, स्थानीय तह, प्रदेश केन्द्रीय तहसम्मको भेला समिति गठनको प्रारम्भ गरेको छ । सम्पूर्ण पार्टी पत्तिंहरुलाई प्रशिक्षणको कार्यक्रम शुरु गरिंदैछ भने अर्को तर्फ हाम्रो पार्टीले मित्र शत्तिको पहिचान गरी वार्ताको माध्यमबाट पार्टीको स्वरुप बढाउन प्रयन्त गरिरहेको छ भने नेपाली जनताको सामाजिक तथा आर्थिक जीवनस्तर उठाउन नेपालको समाजवादी अर्थ व्यवस्था की लोकतान्त्रिक उदारवादी व्यवस्था भन्ने विषयमा नेपालका अर्थवीद, बुद्धिजीवीहरु मार्फत् वहस चलाउन शुरु गरेका छौं ।
विगतमा राप्रपाहरु नमिलेकै कारण निर्वाचनमा कम मत आएको होइन ?
— यो सत्य कुरा हो । यता पार्टी विभाजन हुनु, उता विशेषगरी गणतन्त्रवादीहरु एकजुट हुनु, विदेशी शक्तिहरुले चलखेल गर्नु, केही खालेहरु हिन्दूराष्ट्र र राजसंस्था विरुद्धमा योजनावद्ध रुपमा लाग्नु मुलुक विभाजन भएको हेर्न चाहने विखण्डनकारीहरु, विदेशी शक्तिहरुको ईशारामा परिचालित हुनु नै हाम्रो पार्टी पराजयको मुख्य कारण हो । यद्यपी यसको दोष पार्टीका नेता र हामीले पनि लिनुपर्छ ।
नेपालमा ८३ प्रतिशत हिन्दूहरु रहेको भनिन्छ, तर हिन्दूवादीहरुकै कम मत आउनुको खास कारण के हो ?
— यो प्रश्न अत्यन्त सान्दर्भिक छ । तपाईंले भर्खरै मात्र पनि हेर्न सक्नुहुन्छ नेपालमा श्रावणी मेला शुरु भएको छ । तीजको आगमन हुँदैछ । हिन्दू महिला दिदीवहिनीहरु व्रतवस्ने, घण्टौसम्म मन्दीरमा लाईन बस्ने नाच्ने गाउँने, भजन किर्तन गर्ने गर्नुहुन्छ । तर निर्वाचनको परिणाम हेर्दा उहाँहरुले नै धर्म निरपेक्षतामा मतदान गरेको देखिन्छ । मुलुकको संविधान देशको मुल कानुन हो । मूल कानुनमा धर्म निरपेक्षतामा मतदान गर्ने, हिन्दू राष्ट्रका पक्षमा मतदान नगर्ने अनि मठ मन्दिरमा गएर रमाइलो गर्ने नाच्ने गरिन्छ । यो बडो विडम्बनाको कुरा हो । एउटा नेपालीमा उखान छ ‘ल्हासा जाने कुतीको बाटो’ हामीलाई हिन्दू राष्ट्र नेपाल चाहिएको छ, मतदान धर्म निरपेक्षमा गर्ने यता उता हिन्दू धर्म मान्ने अनि कसरी हिन्दू राष्ट्र नेपाल हुन्छ अनि कसरी हामीले जित्छौं ।
राप्रपा संयुक्तको बटमलाईन के हो ?
— सनातन हिन्दू अधिराज्य, अखण्ड नेपाल, राजसंस्था सहितको प्रजातन्त्र, उदारवादी अर्थतन्त्रमा अधाररित लोकतान्त्रिक व्यवस्था र भ्रष्टाचार रहित नेपाल हो ।
राप्रपा (संयुक्त)को विदेश नीति बताई दिनुस् न ?
— राप्रपा संयुक्तको विदेश नीति स्वर्गीय राजा वीरेन्द्रको असंलग्न परराष्ट्र नीतिमा आधारित छ । हामी सवै मित्रराष्ट्र हरुलाई समान रुपले हेर्छौं ।
राप्रपा (संयुक्त)मा राणा र लोहनी मिले झैं कमल थापा किन मिल्नु भएको छैन ?
— सम्पूर्ण राष्ट्रवादी, हिन्दूवादी, राजसंस्थावादी देशलाई मायागर्नेहरु एउटै कित्तामा आएर एकजुट हुनुपर्ने बेलामा एउटा राष्ट्रवादी शक्ति कमल थापाको राप्रपासँग अहिलेसम्म एकता हुन नसक्नु यो दुर्भाग्यपूर्ण हो । स्मरण रहोस् २०४७ सालमा पार्टी स्थापना हुँदैगर्दा यो पार्टीको एजेण्डा संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र, हिन्दूराष्ट्र नै थियो । अत्यन्त अप्ठेरो अवस्थामा पनि हालका राप्रपाका वर्तमान अध्यक्ष कमल थापाले यो एजेण्डालाई लिएर हिंडेकै हो । यस्तो महत्वपूर्ण संगठन राप्रपा र राप्रपा संयुक्त एकता नहुनुको कुनै कारण छैन । त्यसैले एकाध महिना भित्रै पार्टी एकता हुन्छ र राष्ट्रको यही माटोमा जन्मिको न उत्तरको न दक्षिणको हिमाल, पहाड, तराईको सम्पूर्ण नेपालीहरुको साझा संस्था राप्रपा संयुक्त नै हुनेछ ।

LEAVE A REPLY