जनताले सन्तोषको श्वास फेर्न पाएका छैनन् ।

0
47
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

जनताले सन्तोषको श्वास फेर्न पाएका छैनन् ।

कपुर लामा, आमन्त्रित केन्द्रीय सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का आमन्त्रित केन्द्रीय सदस्य कपुर लामालाई पञ्चायती समय केही फाप्यो । उहाँ पञ्चायती समयमा काठमाडौंको काभ्रेस्थली गाविस वार्ड नं. ६ को वडाअध्यक्षमा निर्विरोध रुपमा निर्वाचित हुनुभयो । त्यसपछि लगातार रुपमा उम्मेदवार भएपनि लामालाई राजनीति फापेन । २०४६ साल भन्दा केही अघि भएको स्थानीय तहको निर्वाचनमा काभ्रेस्थली गाउँ पञ्चायतको प्रधानपञ्चमा सात भोटले पराजित हुनुभयो । बहुदलीय व्यवस्थाको पुनस्र्थापना पछि भएको स्थानीय तहको निर्वाचनमा पनि कपुर लामा काभ्रेस्थली गाविसको अध्यक्षमा उठ्नु भयो । तर सफल हुनु भएन । उहाँ २०६४ सालमा भएको आम निर्वाचनमा काठमाडौं क्षेत्र नं. ६ मा उम्मेदवार हुनु भएको थियो । गत निर्वाचनमा पनि तारकेश्वर नगरपालिका वार्ड नं. २ मा वडाअध्यक्षको उम्मेदवार हुनुभयो । यसरी हेर्दा लामाले राजनीतिक यात्रा शुरु गर्दादेखि आजसम्म लगातार रुपमा सक्रिय रहनु भएको छ । २०३९ सालमा काभ्रेस्थली स्थित जरन्कु, ढकालटार, भेंडीगोठ, संगमचोकसम्म मोटरबाटो निर्माण गर्न कपुरलामालाई प्रश्रय जान्छ । कपुर लामा राप्रपा (संयुक्त) को आमन्त्रित केन्द्रय सदस्यका अलावा राप्रपा (संयुक्त) को काठमाडौं क्षेत्र नं ६ को क्षेत्रीय अध्यक्ष पनि हुनुहुन्छ । प्रस्तुत छ लामासँग गरिएको कुराकानी ः
मुलुकको वर्तमान अवस्थालाई कसरी लिनु भएको छ ?
— मुलुकको वर्तमान अवस्था चित्तबुझ्दो छैन । जनताले सन्तोषको श्वास फेर्न पाएका छैनन् । नेकपाको दुई तिहाई बहुमतको सरकारले जनतालाई सन्तोषजनक अवस्थामा पु¥याएका छ्र्रैन । यो सरकार मुलुक र जनता प्रति बफादार देखिंदैन असार–साउनमा भट्टाभट पिच भइरहेको छ । यस्तो पिच सडकमा कतिदिन टिक्ला । जनता हिलोमा हिंड्नु परिरहेको छ । सरकारले गुठी सम्बन्धी जुन नीति लिएको छ, त्यो दुखद् छ । गुठीयारदेखि आम सर्वसाधारण सडकमा उठेपछि सरकारले गुठी विधेयक फिर्ता लियो । यसरी हेर्दा सरकार जनताप्रति बफादार छैन भन्ने प्रमाणित हुन्छ । नेकपाका नेताहरुले हरेक कुरामा अनुचित कार्य गरिरहेका छन् । विहान सुर्य उदाउँछ, बेलुका सुर्य अस्ताउँछ । राजनीति पनि यस्तै हो । जनताको आँखामा छारो हालेर कतिदिन शासन चलाउने ? अहिले लगाइएको कर जनताले कसरी तिर्लान् ।
एउटै विचार र सिद्धान्त भएका राप्रपाहरु किन मिल्न सकेका छ्रैनन् ?
— एउटै विचार र दक्ष्य भएकाहरु मिल्नु राम्रो हो ।अहिले पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीबीच जुन एकता भएको छ, त्यो अत्यन्त सकारात्मक छ । उहाँहरु यसरी नै मिली रहनु भयो भने आगामी दिनमा हामी पनि चुनाव जित्छौं । त्यसका लागि पार्टीका नेता देखि कार्यकर्तासम्म प्रतिवद्ध र इमान्दार भएर लाग्नु पर्छ ।
नेपालमा ९० प्रतिशत हिन्दू धर्मावलम्बी छन् भनिन्छ, तर निर्वाचनमा हिन्दूवादी हार्छन् त किन ?
— पैसाको कुरा हो । गरिवहरुलाई पैसाको आस देखाएर धर्म परिवर्तन गर्नेसम्म काम भयो । हामी त हिन्दू धर्मप्रति प्रतिवद्ध छौं । सवै हिन्दू इमान्दार भएर लाग्ने हो भने हम्रो भविष्य राम्रो छ । त्यसैले विभिन्न किचलोमा बस्नु भन्दा समय अनुसार काम गर्नुपछ्र्र । पैसाको लोभमा नपरी राप्रपालाई मत दिनु होला ।
राप्रपा (संयुक्त)को अबको कार्यक्रम कस्ता हुन्छन् र ?
— राप्रपा (संयुक्त)ले भव्यताका साथ संगठन गर्नेछ । हिन्दू धार्म र नेपाल राष्ट्रका लागि घरघर गएर हाम्रो सिद्धान्त र विचार अवगत गराउने छौं ।
राप्रपा (संयुक्त)ले छिमेकी मुलुक चीन र भारतलाई कसरी लिएको छ ?
— दुवै छिमेकी मुलुक हुन् उनीहरुबाट नेपाललाई आघात हुने कार्य गर्नुहुन्न र हाम्रो तर्फबाट पनि दुवै देशप्रति सुमधुर समान व्यवहार गर्नुपर्छ ।
वर्तमान सरकारको काम कारवाहीलाई कसरी लिनु भएको छ ?
— वर्तमान सरकारको क्रियाकलाप जनताले देखि रहेकै छन् । आफन्त र फरियाको नातालाई मात्र प्रश्रय दिनेकाम भएको छ । पार्टीका कार्यकर्तामुखी राज्य चलाइएकाो छ । गुठी विधेय, संचार विधेयक जस्ता कुराले जनतालाई तर्साउने काम भएको छ ।
आगामी निर्वाचनमा राप्रपा (संयुक्त)को अवस्था कसरी राम्रो होला ?
— आगामि निर्वाचनमा हामी अत्याधिक बहुमतले विजयी हुने छौं भन्ने विश्वास लिएका छौं । यसको लागि हामी जनताको घरदैलोमा जाँदै छौं । आगामि निर्वाचन सम्म हाम्रो स्थिति अत्यन्त राम्रो हुनेछ ।
राप्रपाहरुमा बेला बेलामा किन मतभेद देखिन्छ ?
— मतभेद हुनु व्यक्तिगत स्वार्थको कारण हो ।
राप्रपा र राप्रपा (संयुक्त) मिल्न के गर्नुपर्ला ?
— ढिलाई गर्नु पर्दैन । राप्रपाका साथीहरु राप्रपा संयुक्तमा आउनुस् । यसका लागि उहाँहरुलाई स्वागत छ ।
अन्तमा देशवासीको लागि तपाईंको के सन्देश छ ?
— समग्र देशवासी राप्रपा संयुक्तमा आउनुस । सच्चा राष्ट्रवादी पार्टी भनेको राप्रपा संयुक्त नै हो । हामी सच्चा हिन्दूवादी पनि हौं । आगामि निर्वाचनसम्म हामी सवै राष्ट्रवादी मिलेर अघिबढ्नु पर्छ । हामी राप्रपा संयुक्तलाई जिताउन घरदैलोमा आउँदै छौं । तपाईंहरु तयार भएर बस्नुहोला ।

LEAVE A REPLY