राप्रपा संयुक्त र हिन्दू यात्रा – ज.व.रा

0
7
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

राप्रपा संयुक्त र हिन्दू यात्रा
पशुपतिशमशेर ज.व.रा


अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)

सर्वप्रथम तपाईंहरु सवैलाई, तपाईहरुका परिवार जनलाई र तपाईंहरु मार्फत् देश र विदेशमा वस्नु भएका सवै नेपाली ददी—वहिनी तथा दाजुभाईहरुलाई नेपालीहरुको महान पर्व वडा बशैं, दीपावली, नेपाल सम्वत् तथा छठको उपलक्ष्यमा म र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । साथै पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दू राष्ट्रको पक्षमा जनमत श्रृजना गर्न दशैं तिहार पछि रा.प्र.पा (संयुक्त) ले आयोजना गर्ने जनकपुर देखि लुम्विनी सम्मको पहिलो चरणको धार्मिक यात्रामा यहाँहरु सवैको सहयोग, सद्भावना र सहभागिताको लागि विनम्र आग्रह गर्दछु ।
तपाईं हामी यहाँ भेला भएर शुभकामना आदान—प्रदान गरी रहँदा माातृभूमीको समग्र परिस्थितिका कारण हामे मन भने हर्षेल्लासमय हुन सकिरहेको छैन । हामे मन खुम्चिउको छ । नेपालको राजनैतिक परिदृश्य निराशाजनक र आर्थिक परिसूचकहरु कहाली लाग्दा छन् । संविधानसभाले संविधान जारी गरेको ४ वर्ष व्यतित् भइसक्दा पनि लोकतान्त्रिक राज्य व्यवस्थालाई सन्ुतलन र नियन्त्रणको अभ्यास मार्फत् जनउत्तरदायी बनाउने जिम्मेवारी पाएका संवैधानिक संस्थाहरु पार्टीगत भागवण्डा र नाङ्गो हस्तक्षेप े गर्दा अस्त—व्यस्त र कमजोर भैसकेकाो छन् । संवैधानिक अंगहरु गरीमामय संवैधानिक संस्था भन्दा पनि पार्टीका विभागहरुमा परिणत हुने प्रक्रियामा छन् । यस्तै रोगले मुलुकको सार्वजनिक शिक्षा प्रणाली पनि कमजोर भैसकेको छ । देशको समृद्धिको लागि दक्ष र प्राज्ञिक जनशक्ति उत्पादन गर्नु पर्ने विश्वविद्यालयहरु सत्ताधारी पार्टीहरुका भर्ति केन्द्रमा परिणत गरिएका छन् । गाउँ—गाउँमा सिंहदरवार पु¥याउने नारा दिएको सरकारले गाउँ—गाउँमा भ्रष्टाचार पु¥याएको विडम्वना पूर्ण अवस्था छ । भाउ वेसाहाको अत्याधिक मूल्यवृद्धिले साधारण नेपाली जनतालाई दशैं दशामा परिणत भएको छ । साथ साथै सरकारका ३ तहमा लगाएको कर भारले जनताको ढाड सेकेको छ ।
तत्कालीन एमाले—माओवादी गठबन्धनलाई नेपाली जनताले बहुदलीय प्रजातन्त्रको प्रादुर्भाव पछि सवै भन्दा बढी मत प्रदान गरी ५ वर्षसम्म स्थिर शासन चलाउने अपूर्व मौका दिएका थिए । लगभग एक डेढ वर्ष वितिसक्दा पनि मुलुक र जनताको उन्नति र विकासको लागि कुनै ठोस उपलब्धी हासिल नगरि त्यो मौका खेर फालेको गुनासो सर्वत्र उठिरहेको छ । त्यो मौकाको सदुपयोग गर्नु सट्टा सरकारले भ्रष्टाचारको पराकाष्टा प्रदर्शन गरेको छ । वाइड बडी जेट प्रकरण र बुढी गण्डकी जस्ता ठूल्ठूला परियोजनाहरु विना प्रतिष्पर्धा ठेक्का दिने प्रवृत्ति यसका ज्वलन्त उदाहरण हुन् ।
मुलुकको आर्थिक परिसूचकहरु हेर्नेहो भने त झनै भयावह छ । चरम व्यापार घाटाले मुलुकको अर्थतन्त्रलाई उठ्नै नसक्ने गरी थिचेको छ । भुक्तानी सन्तुलन गम्भीर घाटामा छ । विदेशी मुद्राको संचिति ओरालोमा छ । राज्य यन्त्र भने आयात बढाउँदै भन्सार उठाएर तर मार्ने प्रवृत्तिमा रमाएको छ । नेपालको अर्थतनत्रमा औद्योगिक उत्पादनको हिस्सा घटेर चार प्रतिशत हारा हारीमाा झरेको छ । अर्थतन्त्रमा आएकाो यस्तो मन्दीके अवस्थामा पनि प्रधानमन्त्रीजी आफ्नो लागि ४४ करोडको धर, प्रदेश सरकारहरुको लागि काठमाडौंमै अरवौंका आलिसान वङ्गलाहरु र राष्ट्रपतिको लागि शितल निवासको दरवारले नपुगेर पुलिसलाई परतिर लखेटेर अर्को राजमहल विस्तार गर्ने जस्ता विलाशिता पूर्ण अनुत्पादक खर्च गरेर ढुकुटि रित्याउने काम गरिरहनु भएको छ । निर्यात बढाएर अर्थतन्त्र जोगाउन कृषिर औद्योगिक क्षेत्रमा तुलनात्मक लाभकाा वस्तुहरु पहिचान गरी लगानी प्रोत्साहित गर्ने नीति अख्तियार गर्नु त परै जाओस् भाषण मार्का मन्त्री, प्रधानमन्त्रीहरुबाट यस विषयमा कुरा सम्म सुन्न पाइएकाो छैन । अर्थतन्त्रमाा भित्र्याइएकाा यी सवै नकाकरात्मक असरहरुबाट मुक्ति पाउन निजी क्षेत्रवाट आन्तरिक र वैदेशिक लगानी व्यापक रुपमा आकर्षित नगरी सम्भवनै छैन । यस्तो लगानी बढ्नु सट्ट घट्दो क्रममा रहेको छ । जुन देशको संविधानको प्रस्तावनामै ‘समाजवाद उन्मुख अर्थतन्त्र’को झ्याली पिटिएको छ । त्यो देशमा जति पटक लगानी सम्मेलान गरे पनि आन्तरिक निजी क्षेत्र र वैदेशिक लगानी चाहिंदो परिमाणमा आउँदै आउँदैन । त्यसैले हाम्रो पार्टीको केन्द्रीय समितिको वैठकले संविधानको प्रस्तावनाबाट ‘समाजवाद उन्मुख अर्थतन्त्र’ भन्ने शब्द हटाउन माग गरेको छ । शासकहरुलाई मुलुक वचाउने चेतना भयो । दुर्गा भवानीले हामी सवैको कल्याण गरुन् र जवरजस्ती धर्म निरपेक्ष राज्य घोषणा गर्ने यी शासक वर्गहरुलाई सद्बुद्धि गरुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर ज.व.रा ले पत्रकार सम्मेलनमा जारी गरेको प्रेस विज्ञप्ति

LEAVE A REPLY