नयाँ नोटमा पृथ्वीनारायाण शाहको फोटो राख्न माग

0
25
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स

नयाँ नोटमा पृथ्वीनारायाण शाहको फोटो राख्न राप्रपाको माग

काठमाण्डौं । बरिष्ठ राजनीतिज्ञ कमल थापाको नेतृत्वमा रहेको राष्टिय प्रजातन्त्र पार्टीले चलन चल्तीमा आउने नयाँ नोटमा राष्टनिर्माता पृथ्वीनारायण शाहको तस्वीर राख्न माग गरेको छ ।
राप्रपाका प्रवक्ता एवं प्रशिक्षण विभाग प्रमुख भुवन पाठकका अनुसार पृथ्वी जयन्ती भब्य रुपमा मनाउने क्रममा यहि पुष २७ गते महेन्द्र पुलिस क्लबमा जलपान कार्यक्रमको आयोजना गरेको छ । जलपान कार्यक्रम दिउँसो ११ बजेबाट शुरु भई बेलुकी ३ बजे समापन हुने भएको छ । राप्रपाले यहि आउँदो पुस २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनीक बिदा दिनका लागि सरकारसंग माग गरेको छ ।
यस्तै राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता सकरात्मक रुपमा अघि बढेको पनि प्रवक्ता पाठकले जानकारी दिनु भएको थियो ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाड.ले दुई पार्टी एकता हुनु सबै नेता तथा कार्यकर्ताहरुलाई सकरात्मक रहेको बताउनु भयो ।
तामाड.ले भन्नुभयो जति सक्दो चाडो पार्टी एकता गरेर अघि बढ््नुपर्छ ।

LEAVE A REPLY