चुनावी घोषणापत्रअनुसार वर्तमान सरकार चलेको छैन

Royal Times
Read Time:11 Minute, 39 Second
संदिपकुमार गौतम
आमन्त्रित केन्द्रीय सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे यहाँको विचार बताइदिनुस
न ?

हामी यथास्थितिमा एमसिसीको विरोधमा छौ । एमसिसीका केही कुरा कामलाग्ने छन, केहीवुधा सच्याउनु पर्ने खालकाहुन । त्यसैले यथास्थितिमा एमसिसीलाई पारित नगर्ने हाम्रो विचार छ । राजसंस्थाको पूनस्थापना पछि मात्रएमसिसीलाई पूर्ण रुपले कार्यान्वयनगर्नु उपयुक्तठानेको छु । किनभने अहिलेको गणतन्त्रमा राष्ट्रिय स्वाभीमानभएका नेताहरू नभएकाले यो एमसिसी गलततरिकाले परिचालितहुन सक्छ । त्यो नेपालको भन्दा अमेरिकाको बढि हितहुने देखिन्छ । यदिएमसिसीलाई पारित गर्ने पर्ने हो भने पहिले जनतामा झलैजानु पर्छ र जनताको सुझावअनुसार एमसिसी संसदबाट पारित गर्नु
पर्छ ।

तत्कालिन संचारमन्त्री गोकुलवास्कोटाको घूस अफर काण्डलाई तपाईले कसरी लिनु भएको छ ?
यो एउटा भ्रष्टाचार अधिकतम उचाईको एउटा परिणाम हो । यत्रो ठूलो भ्रष्टाचार भएको अडियोबाट सार्वजनिक भइसकेको छ । र गोकुलवास्कोटाले राजिनामा पनिदिइसके पछि पनिप्रधानमन्त्रीओलीले अडियोमाशंकागर्नु र गोकुललाई बचाउनखोज्नुबाट यो कुरा स्पष्ट हुन्छ किओलीबाट झनै भित्री रुपमायो घुस प्रकरण संचालनभएको बुझिन आउछ । यो अडियोलाई सम्बन्धितनिकयबाट छानविन गरि दोषीहरूलाई सार्वजनिकगराएर कारवाही अघि बढाउनु प¥यो । यसो गरिदैन भने यो सरकार जनताको नजरबाट धेरै तल स्वयं फस्ने छ ।
वर्तमान सरकारको कार्यहरूलाई कसरी लिनु भएको छ ?
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले यो सरकारलाई आफ्नो प्राइभेट कम्पनी सरह चलाई रहेको छ । उदाहरणमा विभिन्न राजदुतउनीहरूकै आफ्नै नजिककानातेदार, व्यापारी
(पैसाको नातेदार)लाई योग्य ठहराउदै नियुक्तिगर्नु र विपरितमा योग्य राजदुतलाई अयोग्य ठहराउदै फिर्ता बोलाउनुले वर्तमान सरकारको चरित्र प्रष्ट हुन्छ । प्रधानमन्त्री के पीओलीले भ्रष्टाचार गर्दिन भने पनिधमाधमभ्रष्टाचाराकाश्रृखला सार्वजनिकभइरहेको छ । नेकपाको चुनावी घोषणापत्र अनुसार पनि यो सरकारले कामनगरेको स्पष्ट भइसकेको छ । ..
यो सरकारको मूख्यरणनीति राणा शासनजस्तो छ । माथिल्लो स्तरदेखि तल्लो स्तरसम्मलाई अधिकतमअधिकार दिएर उनीहरूलाई बह्मलुट गर्न पूर्ण अधिकार दिएको देखिन्छ । जसबाट हेर्दा माथिदेखि तलसम्मआर्थिक रुपले बलियो भएर पनिगरिब नेपालीलाई लोभ, डर देखाएर आफुतर्फ तान्ने प्रयास भइरहेको पनिजगजायर नै छ । यो उनीहरूको घातक रणनीति हो ।जसलाई पहिले माओवादीले अंगिकार ग¥यो अहिले नेकपलो अंगिकार गरिरहेको छ । जस अनुरुपउनीहरूले अहिले चुनावजिते र भोलीचुनावपनिजित्ने रणनीति अख्तियारगरिरहेको छन् । यस्तो अवस्थामापनिप्रमुखपतिपक्षदल नेपालीकाग्रेस भने नूनखाएको कुखुरा जस्तो भएर बसिरहेको देखिन्छ । उसले कुनै सशक्तकार्यक्रमल्याउन सकेको छैन । यताहाम्रो पार्टी संसदमानभएपनि सडकमा हाम्रो जनमत छ । ओली सरकारले गरेका भ्रष्टाचार अनियमितताको विरोधमाहामीले विभिन्नकार्यक्रमगरिरहेकाछौं ।

राप्रपा र राप्रपा (संयुक्त) नमिल्नुको खास कारण के हो ?
राप्रपा र राप्रपा (संयुक्त)नमिल्नुमाखासै ठूला कारण छैन । तर यसो भन्दैमाहामीचुपलाएर बस्नु हुर्दैन । दुई पार्टी एकतावद्ध नभएकाकारण हामीकमजोर भएको विगतको निर्वाचनले स्पष्ट रुपमा देखाइसकेको छ । यो सन्दर्भमा एउटा हिन्दीउखान छ – ‘घर फुटे गबार लुटे’ अर्थात हामीबीचको फुटले गर्दा गतनिर्वाचनमाहामी जनताबाट तिरस्कृत भयौं रविपक्षीहरूले जनताबाट जनादेश पाए । पार्टी एक भएर निर्वाचनमाजाँदाहामीले २४ सिट भन्दाबढी ल्याएकाथियौ । यो उपलब्धीभनेको हामीएकिकृत भई छोटो समयमा नै जनताले हामीमाथि ठूलो विश्वास गरेको परिणाम हो । त्यसैले जनताको भावना राजतन्त्र र हिन्दु राष्ट्र हो भन्ने प्रमाणित हुन्छ । तसर्थ पार्टीकाहामी सबै मिलेर पार्टी एकिकरण चाडै गर्न नेतृत्वलाई घच्घचाउनु पर्छ । पार्टी एकताबाहेक हामीसंग अर्को विकल्पछैन । यो कुरा दुवै पार्टीको नेतृत्वले बुझ्नु पर्छ । हामी संगठित नहुँदायो कम्यूनिष्ट सरकारको अत्याचारको विरुद्ध ठूलो आवाज उठाउन सकिरहेका छैनौ । यो सबैलाई अनुभुतिभएकै कुरा हो ।

नेपालमा ९० प्रतिशतहिन्दु रहेको भनिन्छ तर तपाईहरू हिन्दुधर्मलाई वटमलाइन मान्ने दलको किनयतिमात्रमतआएको होला?
यसमामुख्यगरि दुईटा कुरा छ, प्रमुखकुरा हामीआफै एकिकृत भएका छैनौ । अर्को कुरा राप्रपाकाअध्यक्षकमलथापाज्यूले उपप्रधानमन्त्रीभएको समयमायूएनको मिटिङमा हाम्रो संविधानउच्चकोटीको भन्ने संवोधनगर्नु भयो । जब कि यो संविधानजनादेश विपरित हो भन्ने आम राप्रपाका नेताकार्यकर्ताको भनाई छ । यो संविधानले जनआन्दोलनको मागलाई संवोधनगर्दैन । तर राप्रपाले हिन्दुहरूलाई आफ्नो पक्षमाआकर्षित गर्न गाउँगाउँ टोल टोलमाजान ढिलाई गर्नु हुन्न । हिन्दुहरू राप्रपा(संयुक्त)मानलागेको होइन । परिश्थितिमात्रत्यस्तो बनि सकेको छैन ।

तपाईहरू कस्तो राजसंस्था चाहानुहुन्छ ?
अब पूनस्थापित हुने राजसंस्था सर्वशक्तिमान हुनेछ । यो संविधान भन्दा माथि हुनेछ । जसका कारण नेपालमा विदेशी हस्तक्षेप हुने छैन तथा विदेशी दलालहरू फस्टाउने छैनन । देशमा विगतमा राजसंस्था हुँदा भ्रष्टाचार अनियमितता थिएन । अबपनि राजसंस्था पूनरवहाली हुँदा देशबाट पूर्ण रुपमामहँगी भ्रष्टाचार, विभिन्नखाले अनियमितताको अन्त हुन्छ भन्ने हामीले विश्वास लिएका छौ ।
राजसंस्था पूनस्थापना चाही कसरी हुन्छ ?
जहाँ राजा त्यहाँ प्रजाअर्थात पूर्व राजा ज्ञानेन्द्र जहाँ जहाँ जानु हुन्छ त्यहाँ त्यहाँ जनता राजाको स्वफुर्त रुपमा स्वागत गरेको अवस्था छ । जनताले त राजालाई स्वीकार गरेकै अवस्था छ । हामीले दुःखपायौ भनेर जनताले रोइकराई गरिरहेको अवस्था छ । जनताले पूर्वराजा ज्ञानेन्द्रलाई सिंहासनमा वस्नु होस भन्नुले पनिजनता राजसंस्थाको पक्षमा रहेको प्रमाणित हुनछ । अबत्यतिले नपुगे आम नेपाली जनता राजसंस्थाको पक्षमाआन्दोलनगर्ने बेलाआएको छ ।

कालापानी, लिपुलेक, लिम्पुयाधुरालाई भारतले आफ्नो राजनीतिक नक्सामा राखेको छ, यसबारे मायहाँको स्पष्ट विचार के छ ?
भारतको नक्सामा हाम्रो भुभागलाई आफ्नो भनेर देखाउदा समेत चुपलागेर बस्ने हाम्रो सरकारलाई धिक्कार छ । सरकार प्रमुख नै नेपालको आकृति भएको केकलाई काटेर जन्मदिन मनाए, यसले के देखाउछ भने प्रधानमन्त्री केपीओलीको राष्ट्रवाद कस्तो छ भनेर यहिएउटा घटनाले पनि पुष्टी गर्छ । नेकपाको राष्ट्रवाद भनेको जनताको लागि विश्वासघातहो । उनीहरूसंग राष्ट्रियता छैन । किनभने यिनीहरू भारतीय दलाल भएको केही घटनाले पुष्टी गर्छ । खास गरि कालापानीलिपुलेक र लिम्पुयाधुरालाई आफ्नै भूभाग हो भनेर हामीले आवाज उठाइरहेका छौ । तर यस विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस समेत मौन रहनु विडम्वना हो । तसर्थ हाम्रो भू–भाग रक्षाकालािगकाग्रेस कम्यूनिष्ट असक्षम छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा साँठगाँठ गरेर नेपाली सैनिक भारतमा प्रशिक्षण गराउने काम गरे र त्यसको विपरित जनतालाई देखाउन ‘भारतीय विस्तारवाद मुर्दावाद’भन्ने यो उहाँको दोहोरो चरित्र हो ।

अन्तमा देशवासीहरूलाई यहाँको के सन्देश छ ?
हामी सम्पूर्ण नेपालीहरू पृथ्वीनारायण शाहले एउटा मालामागाँस्नु भएको चार जात छत्तिस वर्णको नेपालअहिलेको नेपालहो । यो गणतन्त्रले हामी बीचजातीयताको कुरा ल्याएर नेपालीलाई विभाजितबनाइ राज्यगरेका छन् । हामी सम्पूर्ण नेपालीहरू एक हुनु पर्छ र राजाप्रतिमाया र सद्भाव राख्नु पर्छ । राजाबाट राष्ट्रियता बलियो हुन्छ । र राष्ट्रियताबाट राज्यबलियो हुन्छ ।यसपछि आतंककारी र विदेशीदलालहरू स्वयं शुन्यमा परिणत हुन्छन् । हामीहिन्दु हौ । हिन्दु धर्म र राजसंस्थालाई पूनरवहालीगर्न जनमानसबाट आवाज उठाउनु पर्ने बेलाआएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्रपा एकता र मुलुकको भविष्य

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच पार्टी एकता भएको छ । यस एकताले देशैं भरका नेता–कार्यकर्तालाई खुसी तुल्याएको छ । दुई राप्रपा एकता पछि एकिकृत पार्टीले गति लिने छ । आम नेता–कार्यकर्ताको राय, सुझाव र माग अनुसार पार्टी एकता भएको हो । एउटै सिद्धान्त र विचार भएका […]