बच्चनलाई प्रश्न: तपाईं प्रधानमन्त्री बन्न चाहनुभयो भने ?

Royal Times
Read Time:1 Minute, 12 Second

बलिउडका भेट्रान अभिनेता अमिताभ बच्चनका धेरै शुभचिन्तक छन् । अभिनय तथा व्यक्तित्वका कारण पनि अमिताभलाई धेरैले रुचाउँछन् ।

हालै अमिताभलाई सामाजिक सञ्जालमा एक शुभचिन्तकले प्रश्न गरेका छन् । जसमा अमिताभले दिएको उत्तर रमाइलो छ ।

हालै अमिताभले इन्स्टाग्राममा एक पोष्ट गरे । जहाँ आफूले ब्लग लेख्न सुरु गरेको १२ वर्ष बितेको भन्दै आफ्ना शुभचिन्तकलाई धन्यवाद दिए । सोही पोस्टमा शुभचिन्तकले कमेन्ट गर्दै प्रश्न सोधे, ‘सर, तपाईं कहिल्यै प्रधानमन्त्री बन्न चाहनुभयो भने ?’

उक्त प्रश्नमा उत्तर दिँदै अमिताभले लेखेका छन्, ‘अरे यार, बिहान-बिहानै शुभ-शुभ बोल ।’

केही वर्ष पहिला अमिताभले राजनीति सुरु गरेका थिए । तर, अहिले अमिताभलाई राजनीतिमा खासै रुचि नभएको यस उत्तरबाट पनि पत्तो पाउन सकिन्छ ।

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वब्यापी रुपमा भोकमरीको खतरा

एजेन्सी, १० वैशाख । कोरोना भाइरसको संक्रमित संख्या २५ लाख नाघेको छ । १ लाख ७५ हजार मानिसको संक्रमणबाट मृत्यु भइसकेको छ । सँसारको आधा जनसंख्या एक महिनायता लकडाउनमा छन् । यसले आर्थिक संकट जटिल बनिरहँदा सँसारभर भोकमरीको जोखिम बढ्ने देखिएको छ । संयुक्त राष्ट्रसंघले सँसारभर भोकमरीको जोखिम बढेको जनाएको […]

You May Like