होमस्टेहरूवाट एशोसिएसनमा दवाब, मूख्य मन्त्रीको कार्यलयमा ध्यानकर्षक पत्र

Royal Times
Read Time:2 Minute, 36 Second

होमस्टे एशोसिएसन नेपाल (होसान) गण्डकी प्रदेशले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मंगलबार मन्त्री लम्सालको कार्यकक्षमा पुगी होसान केन्द्रिय सदस्य चुडामणी पौडेल र गण्डकी अध्यक्ष हरिलाल पौडेलको नेतृत्वले होमस्टेमा पूर्वाधार विकास तथा क्षमता अभिबृद्धि कार्यक्रमको लागी गत फागुनमा आबेदन संकलन गरेको भए पनि चैत्र पहिलो साता छनौट प्रक्रिया समेत पूरा गरेकोमा लक डाउनको कारण रोकिएको उक्त अनुदानको कार्यक्रमलाई कार्यन्वयन गर्न मन्त्री समक्ष ध्यानाकर्षक पत्र बुझाएको हो ।

होसानले कोभिड १९ बाट ग्रामीण पर्यटनमा परेको असरको बारेमा समेत मन्त्री लम्साललाई ध्यानाकर्षण गराएको छ ।

आओर टुरिजम न्युजसंग कुरा गदै होसान गण्डकीका अध्यक्ष हरिलाल पौडेलले हामस्टे संचालन कार्य विधी – २०७५ मा ब्यावस्था भएअनुसार स्थानिय स्रोत साधनको अधिकतम प्रयोग सहित होमस्टेमा पूर्वाधार विकासको कार्यक्रमले लक डाउनको कारण निरूत्साहीत होमस्टे संचालकहरूमा उत्साह थपिने तथा गत बर्ष सुरु भएर सम्पन्न हुन नसकेका निर्माण कार्यहरू पुरा गर्न यो कार्यक्रम कार्यन्वयन गरिनु पर्ने भएकोले आफूहरूले ध्यानकर्षण गराईएको बताउनु भयो ।

स्थानिय स्रोत साधान, स्थानिय जनशक्तीको प्रयोग हुने हुदाँ बाँकी ६० दिनमा योजनामा समाबेस सम्पूर्ण कार्यहरू पूरा गर्न सम्भव रहेको हुदा आवेदक होमस्टेहरूवाट एशोसिएसनमा दवाब आएकोले पनि आफूहरूले ध्यानकर्षक पत्र बुझाएको सचिव कृण्ण प्रसाद तिमिल्सिनालेबताउनुभयो ।

साथै होसानले मंगलबार पर्यटन मन्त्रालय लगायत अर्थ र मूख्य मन्त्रीको कार्यलयमा समेत ध्यानकर्षण पत्र वुझाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितवनका अध्यक्ष दिपक ढकालले दिए २ महिनाको भाडा छुट

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसका कारणा आम मानिसहरूको जनजीवन अस्तव्यस्त बनेको छ । भाइरस नियन्त्रणाका लागि नेपालमा झण्डै दुइ महिना पुग्न लागेको लकडाउनका कारणा धेरैले रोजगारी गुमाएका छन् । भने धेरैको नियमित आम्दानीको बाटो पनि बन्द भएको छ । अझ लकडाउनको मारमा घर भाडामा लिइ होटल व्यवसाय गरेका व्यवसायी परेका […]