चितवनका अध्यक्ष दिपक ढकालले दिए २ महिनाको भाडा छुट

Royal Times
Read Time:2 Minute, 54 Second

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसका कारणा आम मानिसहरूको जनजीवन अस्तव्यस्त बनेको छ । भाइरस नियन्त्रणाका लागि नेपालमा झण्डै दुइ महिना पुग्न लागेको लकडाउनका कारणा धेरैले रोजगारी गुमाएका छन् । भने धेरैको नियमित आम्दानीको बाटो पनि बन्द भएको छ । अझ लकडाउनको मारमा घर भाडामा लिइ होटल व्यवसाय गरेका व्यवसायी परेका छन् । यस्तो अवस्थामा सक्नेले  नसक्नेलाई सहयोग गर्नु अहिलेको आवश्यकता हो ।

सरकारले पनि समस्यामा परेका व्यक्तिलाइ घर भाडा छुट दिनु भनि पटक पटक घर धनीलाई आहन गरे पनि सुने नसुनेको गरिरहेकै बेला एक मनकारी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका अध्यक्ष ले भने मन खोलेर आफ्नो घरमा बस्दै आएकालाइ दुई महिनाको घरधाडा छुट दिने घोषणा गरेका छन् ।

लकडाउनका कारण व्यवसाय सञ्चान पूर्ण रूपमा बन्द भए पछि आम्दानीको स्रोत पनि नभएको अस्थालाई मध्यनजर गदै होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका अध्यक्ष दिपक ढकालले आफ्नो घरमा होटल व्यवसाय गदै आएकालाइ चैत्र र बैशाक महिनाको घरभाडा छुट दिने भएका छन् ।

भरतपुर महानगरपालिका ५ स्थित वीपी कोइराला मेमोरीयल क्यान्सर अस्पतालको एक नम्वर गेट अगाडी आफ्नो घरमा होटल संचालन गर्दै आएका होटल व्यवसायीलाइ चैत्र र बैशाकको घरभाडा नलिने घोषणा गर्नुभएको हो ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका अध्यक्ष तथा ग्रिन ह्याम्लेट रिसोर्ट प्रालीका संचालक समेत रहनुभएका ढकालले लकडाउनका कारण व्यवसायीले घर भाडा तिर्ने नसक्ने अवस्था सृर्जना भएको देख्दा  सेवा नै धर्म हो देश जनता अफ्ट्यारो परिस्थितिमा गुज्रिएको बेला सहयोग नगरे कहिले गर्ने भन्ने भावनाले दुई महिनाको घरभाडा छुट िदएको बताउनुभयो ।

अध्यक्ष ढकालले मनकारी घरधनीहरूलाई यो विषम परिस्थितिमा फराकीलो मन बनाएर सोचिदिनुहुन र आफ्नो घरमा व्यवसाय सञ्चालन गनुहुने व्यवसायीहरूलाइ यस अवधिको घरभाडा छुट दिन उहाले सम्पुर्ण घरधनीहरुलाई अनुरोध गर्नुभएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थाइल्याण्डमा पर्यटकको ओईरो लाग्नुको कारण यस्तो (भिडियो सहित)

थाइल्याण्डको राजधानी बैंकमा हरेका वर्ष विदेशी पर्यटकको आईरो लाग्ने गर्दछ । सन् २०१९ मा ३८ मिलियन पर्यटकले थाइल्याण्ड घुमेको विश्व पर्यटन संगठन ले जनाएको छ । समुन्द्र किनाराका रहेका सुन्दर होटलसँगै बिश्वको सबैभन्दा सहज यौन बजारका कारण थाइल्याण्डमा पर्यटकको ओईरो लाग्ने गरेको छ । भिडियोमा हेर्नुहोस् Pattaya After Midnight – […]