विश्व कोरोना भाइरसको संक्रमण, नेपालमा कृषिकर्मको मूल्य

Royal Times
Read Time:9 Minute, 45 Second

सारा विश्व कोरोना भाइरसको संक्रमणले आतंकित छ। नेपाल पनि यसबाट अछुतो छैन। नेपालमा यसको संक्रमण अन्य देशको दाँजोमा न्यून भए पनि यसको मूल्य प्रत्यक्ष तथा परोक्ष रूपमा हामीले यो वा त्यो रूपमा चुकाउनु परिराखेको छ। आगामी दिनहरू झन् चुनौैतीपूर्ण हुनेमा शंका छैन।

सारा विश्व कोरोना भाइरसको संक्रमणले आतंकित छ। नेपाल पनि यसबाट अछुतो छैन। नेपालमा यसको संक्रमण अन्य देशको दाँजोमा न्यून भए पनि यसको मूल्य प्रत्यक्ष तथा परोक्ष रूपमा हामीले यो वा त्यो रूपमा चुकाउनु परिराखेको छ। आगामी दिनहरू झन् चुनौैतीपूर्ण हुनेमा शंका छैन।

सिंगो राष्ट्रको ध्यान कोरोना संक्रमण र उसको त्रासबाट आम जनतालाई आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक हिसाबले जोगाउँदै अर्थतन्त्र कसरी चलायमान बनाउने भन्नेमा केन्द्रित हुनुपर्छ। अब सबै मिलेर परिस्थितिको आकलन गरी मुलुक र जनतालाई बचाउने भावी योजनाका खाकामा विचारविमर्शमा दत्ताचित्ता हुन आवश्यक छ। भयावह स्थिति वा भवितव्य अपर्झट नै आइपर्ने हो। हुन त मान्छे जुन ठाउँमा बसेको छ र त्यही तहको वस्तुगत परिस्थिति भोगिरहेको हुन्छ। उसका विचार पनि त्यसरी नै संश्लेषित हुँदै जान्छन्। अब त्यसो भनेर हुने छैन। हामी आइपरेको जटिल समस्या तथा त्यसबाट पर्ने अनेकौं प्रभावको पूर्वानुमान र विश्लेषण गरी योजनाबद्ध र व्यापक दृष्टिकोण अँगालेर अघि बढ्नु वाञ्छनीय छ।

हाम्रो देशमा उत्पादनकार्य र उत्पादनकर्मीले खासै प्राथमिकता पाउँदैनन्। अर्थात् उत्पादनकार्यमा आफ्नो इमान र श्रम खर्चिनेलाई प्र श्रय दिने संस्कार छैन। अहिलेसम्म नेपालमा यसलाई अपवादबाहेक राज्य सञ्चालननीतिको रूपमा नलिएर कमाइ खाने पेसाका रूपमा अवलम्बन गरिएको छ। सार्वजनिक खपतका लागि मात्र नबोली वास्तविक धरातलमा उभिएर जनताको पक्षमा नीतिनिर्माण गर्न सबैले योगदान दिनु आवश्यक छ।

हामी यतिबेला लकडाउन अर्थात् बन्दाबन्दी अवस्थाबाट गुज्रिएका छौं। बन्दाबन्दीसँगै अर्थतन्त्र पनि धराशायी बाटोतिर जाने खतरा बढ्दो छ। लामो र डल्लो पार्ने खालको बन्दाबन्दी कोरोनाभन्दा पनि झन् खतरनाक हुने हो कि भन्ने त्रास पैदा हुनु स्वाभाविक हो। लामो समय बन्दाबन्दीको अवस्थामा रहँदा व्यक्तिको उत्पादकतत्वमाथिको क्षमतामा पनि ह्रास आउन सक्ने र यसले मनोसामाजिक विकारहरूमा पनि बढोत्तरी गर्ला भन्ने आशंका छ। हाललाई कृषि र निर्माणका क्षेत्रमा नियन्त्रित खुकुलोपनको नीति अपनाएर अगाडि बढ्न सक्ने विषयमा विचार गर्न जरुरी छ। एउटा पालिका वा वडाबाट अर्कोमा विशेष अवस्थामा बाहेक जान नपर्ने गरी स्थानीय सरकारबाट व्यवस्था र नियमन हुन आवश्यक छ। हामीले सकेसम्म सामाजिक रूपमा गरिने कार्यलाई पूर्णतः नियन्त्रित गर्दै भौतिक दूरी कायम गर्न आवश्यक छ। कोरोना संक्रमणका विरुद्धको लडाइँमा आन्तरिक व्यवस्थालाई सुदृढ पार्न आवश्यक छ।

हाम्रो देशमा उद्योगधन्दा, कलकारखाना छैनन् भन्दा हुन्छ। भएका पनि रुग्ण र बन्दप्राय छन्। धेरै त यसभन्दा पहिले नै बेचिइसकेका छन्। ती उद्योगहरू भएका ठाउँमा भूमाफिया र दलालहरूले खण्डीकरण गर्दै अव्यवस्थित रूपमा घडेरी बनाइरहेका छन्। एकातिर कृषियोग्य भूमि बाँझो बनिरहेको र ऊर्जावान् युवा वैदेशिक रोजगारीमा न्यून श्रममूल्यमा काम गर्न जान बाध्य पारिएका छन्। हाम्रो राष्ट्रिय आम्दानीको करिब एकचौथाइ विप्रेषणबाट प्राप्त हुने अवस्था रहेकोमा त्यसमा बिराम लाग्ने खतरा सन्निकट छ। वैदेशिक रोजगारीमा गएका र स्वदेश फिर्ता हुन चाहने सबैलाई भिœयाउन आवश्यक छ। कोरोना संक्रमणको यो त्रासको अवस्थामा संक्रमण खतराका स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पूरा गरेर उनीहरूलाई आआफ्नो गन्तव्यसम्म पुर्‍याउनु अहिले परिआएको खण्डमा नगरी नहुने चुनौतीको पहाड सरकार र समाजसामु छ।

विदेशबाट आएका र आउने अवस्थामा रहेका नागरिक स्वदेशमै केही गर्नुपर्ने रहेछ भन्ने उत्प्रेरणाका साथ आउने हुँदा ती देशविकासका लागि चाहिने समर्पित मानवस्रोत हुनेमा शंका छैन। सरकारले उनीहरूलाई बाँझो जमिनमा कृषिकार्य गर्न उत्प्रेरित गरी कृषिउत्पादनको बजार व्यवस्थापन गर्न सक्ने हो भने यो ठूलो अवसर हुन सक्छ। वर्तमानमा पनि स्वदेशमा उत्पादित फलफूल र तरकारी बजारसम्म ल्याइपुर्‍याउन अति आवश्यक छ। यस कार्यमा केही प्रगति भए पनि यसलाई अविलम्ब सम्बोधन गर्नुपर्ने मुख्य ध्येय बनाउन सकियो भने सीमापारिबाट आउने कृषिउत्पादनमा थोरै भए पनि लगाम लाग्नेछ।

संक्रमणका हिसाबले समुदायमा संक्रमण पुगेपछि खतराको बादल मडारिएको भन्न सकिन्छ। संक्रमण रोक्न परीक्षणको दायरा बढाउँदै भौगोलिक सीमा तोकेर बन्दाबन्दी कायम गर्न सकिन्छ। जीविकाको आधार हाम्रो कृषि कर्मलाई सुदृढ पार्नु र कृषि प्रणालीलाई उत्प्रेरित गर्ने खालको वातावरण सिर्जना गर्न विशेष ढंगले नीति बनाउनु आवश्यक छ।

कोरोना कहरले सबै खालका राजनीतिक,सामाजिक,सांस्कृतिक र खासगरी धार्मिक विचार र वादहरूलाई राम्ररी नै हल्लाउनेमा शंका छैन। कोरोनाबाट आतंकित बनेको सम्पूर्ण विश्व कसरी उठ्ने हो, देशहरूका आपसी समझदारी कसरी अगाडि बढ्ने हुन्,यसतर्फ विचार मात्र गर्दा पनि खैलाबैला उत्पन्न हुने स्थिति देखिन्छ। तर, यति हुँदाहँुदै पनि हाम्रोजस्तो देशले विषय परिस्थितिबाट आफूलाई जोगाउन विशेष ध्यान दिनुपर्छ। यो सरकारले वा कुनै दलविशेषले गर्न सक्ने विषय नभएकाले सबैको ध्यान देशको अर्थतन्त्रलाई धराशायी हुनबाट जोगाउनेतिर जानु आवश्यक छ। यो भयावह परिस्थितिमा तुलनात्मकरूपमा अनुदार मानिएका देश चीन, सिंगापुर, दक्षिण कोरिया, दक्षिण पूर्वका केही एसियाली मुलुक र छिमेकी देश भुटान सफल देखिएका छन्। संकटमा दलको नेतृत्वमा रहेकाहरूमध्ये कसले कसरी योगदान पुर्‍याए भन्ने आमकार्यकर्ता र जनताले मूल्यांकन गरिराखेका हुन्छन्, यो विषयमा चेतना हुनु आवश्यक छ। आर्थिक र खाद्यान्न संकट सबैले मिलेर पार गर्न सिकौं। आफ्नै व्यस्थापकीय तथा व्यक्तिगत कमजोरीले हामीलाई घुँडा टेक्नुपर्ने दिन नआओस्।

अहिलेको अवस्था विषम परिस्थितिको उपज हो। तैपनि सधैंभरि र लामो समयसम्म यसरी नै त काम चल्न सक्दैन, हाम्रा सरकारी कार्यालय र तिनका कर्मचारी विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक तथा कर्मचारी र उद्योगीव्यवसायी सबैलाई नियन्त्रणभित्र खुकुलो हुने गरी क्रियाविधि (मेकानिज्म) बनाउनु आवश्यक छ। – डा. मोतिलाल शर्मा/ अन्नपूर्ण

—शर्मा त्रिवि रसायनशास्त्र केन्द्रीय विभागका प्राध्यापक हुन्।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जयन्ती बिजले, जो किसानका लागि सिंगो संस्था हुन्

जयन्ती खेतीपाती गर्दै पढ्दै पनि छिन्। उनको स्नातक तहको पढाइ जारी छ। बारीमा आलु, बन्दा, मुला, काउली, खुर्सानी फलेका छन्। परिवारको छाती गर्वले फुलेको छ। अझै पनि अधिकांश महिलाको दिन चुलोचौको र खेतबारीमै बित्छ। जयन्ती बिजलेको पनि खेतबारीमै हो समय बित्ने। बैतडीको पाटन नगरपालिका–९, खालीडाँडाकी २३ वर्षे चेली खेतबारीको कामले […]