गाउँपालिकाको नमूना काम, आफैँ व्यावसायिक कृषि फार्म सञ्चालन

Royal Times
Read Time:4 Minute, 21 Second

प्यूठान,  झिमरुक गाउँपालिकाले आफैँ कृषि फार्म सञ्चालनमा ल्याएको छ । गाउँपालिका नजिकै पालिकाले आफैँ व्यावसायिक कृषि फार्म सञ्चालनमा ल्याएको हो । गाउँपालिकाका कृषकलाई व्यवासायिक कृषि ज्ञान सिकाउने तथा कृषि क्षेत्रमा उत्पेरित गर्ने उदेश्यले फाम सञ्चालनमा ल्याइएको

कृषि तालिम स्रोत केन्द्रको रुपमा विकास गर्ने लक्ष्य सहित कृषि फार्मको योजना अघि बढेको गाउँपालिका अध्यक्ष तिलक जिसीले बताउनुभयो । कृषि तालिम, अवलोकन भ्रमण जस्ता क्षेत्रमा धेरै लगानी गरियो, गाउँपालिका अध्यक्ष जिसीले भन्नुभयो, सैद्धान्तीक ज्ञानले मात्रै नहुने देखेर व्यावहारीक ज्ञान समेत सिकाउने गरि फार्म सञ्चालन गरेका हौं ।

व्यवसायिक खेतीसँगै गाउँका अगुवा कृषकलाई खेती प्रणालीको विषयमा प्रयोगात्मक अभ्यास समेत गराउँदै आएको उहाँले बताउनुभयो । कृषि फार्मले एकातर्फ गाउँपालिकाको आम्दानी वढाउने र अर्को तर्फ कृषि तालिमका लागि समेत सहयोग गर्ने गरि फार्म सञ्चालन गरेको उहाँको भनाई छ ।

फार्ममा च्याउ, काक्रा, भान्टा, फर्सी, बाेडीलगायत विभिन्न बेमौसमी तरकारी उत्पादन भएका छन् । हिउँदे सिजनबाट फार्म सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताउनुभयो । फार्म सञ्चालनका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले पाँच लाख रुपियाँ विनियोजन गरेको हो । उहाँकाअनुसार अहिलेसम्म फार्म तयार गर्नका लागि झण्डै दुई लाख रुपियाँ खर्च भएको छ ।
गाउँपालिकाअन्तर्गत कृषि शाखामा रहेका कृषि प्राविधिकले फार्ममा रेखदेख गर्दैआएका छन् । अगुवा कृषकलाई प्रयोगात्मक अभ्याससहित फार्ममा विभिन्न खेतीहरू गर्दैआईएको छ । आवश्यकताअनुसार ज्यालादारी कामदार लगाई कृषि फार्म अगाडि बढाइएको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताउनुभयो । विभिन्न हाईटेक प्रविधिमार्फत खेतीलाई अगाडि बढाउने गाउँपालिकाको योजना छ । वर्षातका कारण फार्ममा आवश्यक कतिपय काम गर्न बाँकी छ, अधिकृत भुसालले भन्नुभयो, आवश्यक आधुनिक प्रविधिलाई क्रमशः बढाउँदै लाने योजनामा छौंँ ।

गाउँपालिकाले सञ्चालन गरेको फार्मबाट अहिलेसम्म ५३ हजार रुपियाँ बराबरको च्याउ तथा तरकारी बिक्री गरेर आम्दानी गरेको छ । करिब ४२ हजारको मात्रै च्याउ बिक्री गरेका थियौँ, उहाँले भन्नुभयो, भान्टा, काक्रालगायतका तरकारीले फल दिन शूरु गरेका छन् ।

गाउँपालिकाको प्रशासनिक भवन भ्यागुतेनजिकै करिब तीन रोपनी जग्गा लिजमा लिएर व्यावसायिक कृषि फार्म सञ्चालन गरेको हो । वार्षिक २५ हजार रूपियाँका दरले पाँच वर्षका लागि जग्गा भाडामा लिएको अधिकृत भुसालले जानकारी दिनुभयो । आगामी बजेटमा समेत कृषि फार्मका लागि बजेट विनियोन गरी थप जग्गाको व्यवस्थापन गर्दै फार्मलाई तालिम स्रोत केन्द्रको रुपमा विकास गर्ने योजना गाउँपालिकाको छ । – गोप

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कृषिको आधुनिकीकरणमा लागेका परिवार

कृषिमा प्रतिफल न्यून छ भन्नेका लागि च्याउ खेती र बीउ उत्पादनमा क्रान्ति ल्याएका यी तीन भाइ गतिलो जवाफ बनेका छन्। कृषिको आधुनिकीकरण तथा व्यवसायीकरणमार्फत प्रतिफल वृद्धि गर्ने सरकारको घोषित नीति छ। प्रतिफल सुनिश्चित गर्न सोहीअनुसार कृषि अनुसन्धान, प्रविधि, मल, बीउबीजन, सिंचाइ, कृषि प्रसार सेवा, बिमा, सहुलियत ऋणलगायत दर्जनौं आवश्यकता छन्। […]