साउदीमा ६७४ नेपालीमा कोरोना सङ्क्रमण, एकको मृत्यु

Royal Times
Read Time:1 Minute, 15 Second

काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीन/तीन तथा अन्य स्थानमा नौ नेपालीमा सङ्क्रमण देखिएको छ ।

साउदीको पूर्व क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको छ । सङ्क्रमितमध्ये कैयौँ निको भई काममा फर्किसकेको रियादस्थित नेपाली दूतावासले जनाएको छ । सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको साउदी सरकारले पुष्टि गरेको छ । साउदीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार ९२५ पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म १५ हजार २५७ निको भएका छन् । हालसम्म २६४ सङ्क्रमितको मृत्यु भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित गर्न मिनि संसदको निर्देशन

काठमाडौँ । मिनि संसदले कोभिड १९ बाहेकका बिरामीलाई उपचारमा कुनै कञ्जुस्याँई नगर्न सरकारलाई निर्देशन दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितीले कोभिड १९ बाहेकका बिरामीलाई उपचारमा अभाव नहुने गरी व्यवस्था गर्न निर्देशन दिएको हो । कोभिड १९ जोखिमलाई मध्येनजर गर्दै आर्थिक वर्ष २०७७/०७८ को बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित गर्न निर्देशन […]