नेपाली चेलीलाई बेलायतको राजपरिवारबाट सम्मान

Royal Times
Read Time:1 Minute, 24 Second

लण्डन : बेलायतस्थित नेपाली युवती कञ्चन अमात्य बेलायतको राजपरिवारबाट प्रतिष्ठित सम्मान पाएकी छन् ।

बेलायत राजपरिवारले आम नागरिकलाई प्रशंसनीय मानवीय कर्म तथा सामाजिक गतिविधि गरेवापत दिने ‘द लिगेसी अवार्ड‘ कञ्चनलाई दिएको हो । युके, क्यानडा, मलेसिया, नाइजेरिया, तान्जानिया र भारतका अन्य १९ विभिन्न देशका नागरिकले पनि कञ्चनसँगै यो सम्मान पाएका छन् ।

राजकुमार विलियम लगायत राजपरिवारका सदस्यले उनीहरुलाई अवार्ड हस्तान्तरण गरेका थिए । अमात्य सहित २० जनाको कामबाट आफ्नो समुदायको लागि सेवा गर्न युवा पुस्तालाई प्रेरणा मिलेको भन्दै प्रशंसा गरिएको छ । कञ्चन यसअघि डियाना अवार्डबाट पनि सम्मानित भएकी थिइन् ।

बेलायतको राजपरिवारबाट यस्तो अवार्ड पाउने कञ्चन पहिलो नेपाली महिला हुन् । कञ्चनकी आमा कृष्णा अमात्यले सम्मान ग्रहण गर्दै यसबाट गौरवान्वित भएको प्रतिक्रिया दिएकी थिइन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सलमानको फार्म हाउसमा ज्याकलिनको फिल्म

मुम्बई : कोरोना भाइरसका कारण देश लकडाउनमा छ र सर्वसाधारणदेखि सेलिब्रिटीसम्म घरमा समय बिताइरहेका छन्। यसै क्रममा अभिनेत्री ज्याकलिन फर्नान्डिस सलमान खानको पनवेलस्थित फार्म हाउसमा परिवार तथा साथीभाइसँग समय बिताइरहेकी छन्। ज्याकलिनका धेरै फोटो र भिडियो सलमानको फार्मबाट आउने गरेका छन्। अहिले ज्याकलिनले सलमानको फार्म हाउसमा आफ्नो दैनिकी समेटेर एउटा सर्ट […]