‘म त चरा चुरुङ्गीले गाएको सुन्दै गाउँमै हुर्केकाले होला त्यस्तो खास लाग्दैन ।’ – बिनु

Royal Times
Read Time:6 Minute, 9 Second

यदि कोरोना संक्रमण नभएको भए यतिवेला उनी कुनै शहरको स्टेजमा चल्तिको गीतको भाकासंगै थरथर कम्मर मर्काइरहेकी हुन्थिन्

काठमाडौं । उनको घरको कौशीबाट प्रष्टै देखिन्छ सुनकोशी नदी । आँगनमै बसेर सुनकोशी सुसाएको सुन्दै आएकी बेली डान्सर बिनु शाक्यलाई नदी उर्लेको, नदीमा भेलबाढी आएको सामान्य लाग्छ । नदी किनारमा बाँकी बसेका रुखका हाँगामा फुत्त फुत्त गर्दै आफ्नै शैलिमा गाउँने चरिको भाका पनि खास लाग्दैन । ‘म त चरा चुरुङ्गीले गाएको सुन्दै गाउँमै हुर्केकाले होला त्यस्तो खास लाग्दैन ।’ बिनुले भनिन् । यसको अर्थ उनलाई चराचुरुङ्गीको भाका मन नपर्ने हैन । पटक पटक सुनेकाले उत्पात, अनौठो नलाग्ने उनको भनाई थियो ।

यदि कोरोना संक्रमण नभएको भए यतिवेला उनी कुनै शहरको स्टेजमा चल्तिको गीतको भाकासंगै थरथर कम्मर मर्काइरहेकी हुन्थिन् । कोरोना संक्रमणले विश्वबजारको गति रोकिएको छ । नेपाली बजारमा गीत, संगीतसंग सम्बन्धित कार्यक्रम हुने कुरै भएन । ‘दुई महिना पुग्न लाग्यो गाउँ आएको । अहिले घरमै बसेर नृत्यका नयाँ नयाँ स्टाइलहरु सिक्दैछु ।’ बिनुको भनाई थियो ।

अहिले पनि दैनिक चार घण्टा नृत्यका लागि समय दिने गरेकी बिनुलाई युट्युब र टिकटकले डान्सका नयाँ स्टेप खोजी गर्न सघाएको छ । ‘बिहान एक घण्टा ढोका थुनेर डान्स प्राक्टिस गर्छु । बाँकी समय युट्युब र टिकटक हेरेर स्टेपहरु सिक्छु ।’ ठिक्क चलाउदा टिकटकबाट पनि ज्ञान लिन सकिने उनको भनाई थियो । स्टेज कार्यक्रममा प्राय चेलेका गीतहरुमा पर्फम गर्नु पथ्र्यो । ती गीतमा भेराइटि दिने समय हुन्थेन । यो लकडाउनमा उनले नेपाली नृत्यसंग नेपाली कला र संस्कृतिबारे अध्ययन गर्ने अवसर पाइन् । ‘अबको मेरो नृत्य केही फरक हुनेछ । नेपाली कल्चर अझै बढी प्रयोग गर्ने छु ।’ उनले भनिन् । यहि बिचमा दुईसय बढी टिकटक भिडियो बनाएको बताउने बिनु ५० भन्दा बढी भिडियो पोष्ट गरेको सुनाउछिन् स्टेज कार्यक्रम नभएपछि टिकटकले दर्शकसंगको सम्बन्ध जोडिदिन्छ जस्तो लाग्छ उनलाई ।

‘मेरा सबै साथीहरुको बिहे भैसक्यो । यसपाली कोही पनि माइती आएनन् ’

सरकारले लकडाउन घोषणा गर्नु भन्दा चार दिन अघि उनी गाउँ पुगिन् । आफ्नै गाउँमा आयोजित कार्यक्रममा स्टेज प्रस्तुतिका लागि गाउँ जाँदै गर्दा कोरोना संक्रमणको सन्त्रास क्रमश बढ्दो थियो । कार्यक्रम सकियो उनी घरमै बसिन् । काठमाडौ फर्किने तयारी गर्दा गर्दै सरकारले लकडाउन घोषणा भयो । टेलिभिजनमा एक हप्ता लकडाउन घोषणा भएको समाचार सुन्दा उनलाई रमाइलो लाग्यो । भन्छिन् ‘लगातार कार्यक्रममा जाँदा थाकेको थिएँ । अब आराम गर्न पाइने भो भनेर मज्जा मानँे ।’ दोस्रो पटक थपिँदा पनि नमज्जा लागेको थिएन । अहिले भने बस्दा बस्दा बोर लाग्न थालेको छ । ‘थकाई पनि म¥यो, घरका मान्छेको मायाँ पनि पेट भरि पाएँ । अहिलेचाँहि बोर लाग्न थालेको छ ।’ घरभित्रै थुनिनुपर्दाको पिडा सुनाइन् ।

उनको घर बजारमै पर्छ । जुनसुकै बेला घरबाहिर निस्कन मनाही छ । त्यसो त घर भित्रै बस्यो भने कोरोना संक्रमणबाट जोगिन सकिन्छ भन्नेमा सचेत पनि छिन् । घरमा बस्दा बस्दा दिक्क लागेपछि अचेल भने साँझ बिहान सुनकोशी किनारमा टहल्लिन थालेकी छिन् । त्यहि चराहरुको चिरपरिचित भाका उनलाई रमाइलो लाग्न थालेको छ । नदीको सुसाहट, बेला बेला आउने धमिलो भेलमा पनि केही फरक पन पाए जस्तो लाग्न थालेको छ । शहरबाट छुट्टि मनाउन गएकाहरु बस्ने नदी किनारको चौरमा अहिले बेला बेलामा सेता बकुल्लाको हुन बस्छन् । त्यही दृष्यले उनलाई रमाइलो तुल्याउछ ।

जब सुनकोशी तीरमा उभिन्छिन् उनलाई मुस्ताङ र राराको याद आउछ । मुस्ताङ र रारा टेलिभिजन र कम्युटरको स्क्रिनमा मात्रै हेरेकी बिनुलाई एकपटक त्यहि पुग्ने मन छ । ‘तत्कालै त सम्भव नहोला । छिट्टै जान्छु ।’ उनले भनिन् ।

साथीहरु माईती आएनन्

गाउँमा गएर पुराना साथीभाई भेट्नु र उनीहरुसंग अन्तरंग गफ गर्नु एकखालको संस्कार नै हो । दसैं, तिहारजस्ता चाड पर्वमा थोरै दिन गाउँ बस्दा पनि स्कुल कलेजका धेरै साथीहरुसंग भेट हुन्थ्यो । यसपाली लगभग दुई महिना गाउँ बसिन् एकजनासंग पनि भेट भएन । ‘मेरा सबै साथीहरुको बिहे भैसक्यो । यसपाली कोही पनि माइती आएनन् ।’ लकडाउनले साथीहरुलाई माइती आउनै अप्ठयारो परेको उनको आशय थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वास्तविक जीवनमा सौतेनी आमा हुँदा पनि यी नायिकाले सुन्दर सम्बन्ध निभाइरहेछन्

कहिले सम्बन्धमा तिक्तता त कहिले कुनै कारणवश हालसम्म थुप्रै बलिउड कलाकारले दुईवटा विवाह गरिसकेका छन् । यस्तोमा करिना, हेलेन, हेमा मालिनीसमेत थुप्रै नायिका छन् जसले यस्ता व्यक्तिसँग विवाह गरेका छन् जसको पहिले नै सन्तान थिए । आज मदर्स डेको विशेष मौकामा आज ती नायिकाबारे जानकारी दिँदै छौं जसले ती सन्तानलाई […]