वास्तविक जीवनमा सौतेनी आमा हुँदा पनि यी नायिकाले सुन्दर सम्बन्ध निभाइरहेछन्

Royal Times
Read Time:5 Minute, 44 Second

कहिले सम्बन्धमा तिक्तता त कहिले कुनै कारणवश हालसम्म थुप्रै बलिउड कलाकारले दुईवटा विवाह गरिसकेका छन् । यस्तोमा करिना, हेलेन, हेमा मालिनीसमेत थुप्रै नायिका छन् जसले यस्ता व्यक्तिसँग विवाह गरेका छन् जसको पहिले नै सन्तान थिए । आज मदर्स डेको विशेष मौकामा आज ती नायिकाबारे जानकारी दिँदै छौं जसले ती सन्तानलाई आफ्नो ठानेर पुरा परिवारलाई जोड्दै सम्बन्धको सुन्दरतालाई एक नयाँ आयाम दिएका छन् ।

करिना कपुर खान– सारा अली र इब्राहिम

करिना कपुरले सैफ अली खानसँग सन् २०१२ मा विवाह गरेका थिए । यसअघि सैफका जेठी श्रीमती अमृता सिंहबाट दुई सन्तान सारा अली र इब्राहिम छन् । करिना कपुरले थुप्रै मौकामा भनिसकेकी छिन् कि उनी सारा र इब्राहिमकी आमा नभई एक साथी हुन् । यसबाहेक साराले पनि करिनाको निकै तारिफ गरिरहेको देख्न सकिन्छ । एक अन्तरवार्ताको क्रममा करिनाले सारा र इब्राहिमलाई निकै राम्रो तरिकाले हुर्काइएको भन्दै तारिफ गरेकी थिइन् । उनीहरुलाई एक–अर्कासँग समय बिताउन निकै मनपर्छ जसकारण पारिवारिक जमघटमा यी तीनबीच निकै राम्रो बन्डिङ देख्न पाइन्छ ।

हेलन– सलमान खान

सलमान खानका पिता सलिम खानले दुईवटा विवाह गरेका थिए । सम्बन्धको गहिराई यस्तो छ कि आज पनि सलिमका दुई श्रीमती सँगै बस्छन् । आमा सलमा खानले सलमान खानलाई जन्म दिइन् भने उनको हुर्काइमा हेलेनको पनि निकै ठूलो भूमिका रह्यो । यता सलमानले पनि यी दुईबीच कहिले पनि कुनै फरक देखेनन् । यी दुईलाई थुप्रै पटक सँगै देखिएको छ र हरेक पटक उनीहरुबीच निकै राम्रो सम्बन्ध झल्कन्छ ।

शबाना आजमी– फरहान र जोया अख्तर

शबाना आजमीले सन् १९८४ मा जावेद अख्तरसँग विवाह गरेका थिए र त्यतिबेला जावेदको आफ्नी जेठी श्रीमती हनी इरानीबाट दुई सन्तान फरहान र जोया थिए । दोस्रो विवाह गरेको एक वर्षपछि जावेदले जेठी श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए । त्यसपछि फरहान शबानासँग निकै रिसाएका थिए । यी दुईबीच सुरुवाती सम्बन्ध राम्रो थिएन, तर समय बित्दै गएपछि दुबैले यो सम्बन्धलाई स्विकार गरे । शबाना र जावेदका आफ्नो कुनै सन्तान छैनन् ।

सुप्रिया पाठक – शाहिद कपुर

शाहिद कपुरकी आमा निलिमा अजिम पंकज कपुरकी जेठी श्रीमती हुन् । पंकजले जेठी श्रीमतीसँग सम्बन्धविच्छेद गरेपछि दोस्रो विवाह सुप्रिया पाठकसँग गरेका थिए । सौतेन आमा हुँदासमेत सुप्रियाले शाहिदलाई निकै माया गर्छिन् । यी दुईलाई थुप्रै पटक एकैसाथ देखिन्छ । शाहिद आफ्नो सौतेनी भाइ बहिनी सनाह र रुहानसँग पनि निकै नजिक छन् ।

स्मृति इरानी – शनेल इरानी

टिभीदेखि राजनीतिसम्म आफ्नो पहिचान बनाइसकेकी स्मृतिले आफ्ना वाल्यकालका साथी जुबिनसँग विवाह गरेकी छिन् जसको पहिले नै एक छोरी शनेल थिइन् । शनेल स्मृतिका दुई सन्तानसँगै स्मृतिसँग बस्छिन् । स्मृतिले आफ्ना सन्तानका साथै शनेललाई पनि निकै प्रेम गर्छिन् । स्मृति उनको सुन्दर तस्बिर आफ्नो सोसल मिडियामा पनि बारम्बार सेयर गर्ने गर्छिन् ।

जसले सौतेनी आमालाई अपनाउन सकेनन्

हेमा मालिनी – सनी देओल र बबी देओल

जेठी श्रीमती प्रकाश कौर हुँदाहुँदै धर्मेन्द्रले हेमा मालिनसँग विवाह गर्नका लागि आफ्नो धर्म परिवर्तन गरेका थिए । यो विवाहपछि परिवार क्षतविक्षत भयो । पछि धर्मेन्द्रसँग बबी र सनीको सम्बन्ध त टिक भयो तर हेमालाई अहिलेसम्म पनि स्विकारेका छैनन् ।

श्रीदेवी– अर्जुन कपुर

बोनी कपुरले श्रीदेवीसँग विवाह गर्नका लागि आफ्नी जेठी श्रीमती मोना कपुरसँग सम्बन्धविच्छेद गरेका थिए । त्यसपछि अर्जुन, अंशुला र बोनीबीचको सम्बन्धमा फाटो आएको थियो । यी दुईले श्रीदेवीलाई आफ्ना पिताकी श्रीमतीको रुपमा त स्विकारे तर कहिले पनि उनलाई आमाको दर्जा भने दिएनन् । यद्यपि, श्रीदेवीको मृत्यु भएपछि अर्जुन उनकी छोरी जान्ह्वी र खुसीसँग निकै नजिक भएका छन् । – एजेन्सी

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बलिउड अर्थात हिन्दी सिनेमाका यी पाँच आमा

मुम्बई : आमालाई भगवान्को उपमा दिइन्छ। सबै व्यक्तिको जीवनमा आमाको महत्वपूर्ण स्थान रहन्छ। सन्तानसँग आमाको विशेष सम्बन्ध हुन्छ। बलिउडको लामो इतिहास हेर्ने हो भने यस्ता धेरै फिल्म भेटिन्छन् जसमा आमालाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। यहाँसम्म कि केही फिल्मका यी आमाहरू हिरोभन्दा पनि सशक्त देखिएका छन्। सम्झनयोग्य भूमिका यी आमाहरूले निर्वाह […]

You May Like