कास्टिङ काउचको सिकार शर्लिन

Royal Times
Read Time:1 Minute, 10 Second

मुम्बई : फिल्म उद्योगमा ‘कास्टिङ काउच’ को घटना बाहिर आइरहन्छन्। यसैबीच, बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडाले कास्टिङ काउचको अनुभव बताएकी छन्। उनले आफ्नो करिअरको सुरुआती दिनका बारेमा बताउँदै कास्टिङ काउचको सिकार भएको खुलासा गरेकी हुन्।

चोपडाले करिअरको सुरुआतमा फिल्म निर्माताले खाना खाने बहानामा बोलाउने बताएकी छन्। उनका अनुसार कास्टिङ काउचलाई ‘डिनर’ नामको कोड दिइन्थ्यो। उनले भनेकी छन्, ‘म उनीहरूलाई फिल्ममा कामका लागि आग्रह गर्थें। उनीहरू मलाई डिनरमा भेट्ने आश्वासन दिन्थे। उनीहरू रातको ११/१२ बजेतिर डिनरका लागि बोलाउँथे।’ हालै बलिउडकी अभिनेत्री चित्रांगदा सिंह र अभिनेता आयुष्मान खुरानासमेत कास्टिङ काउचको सिकार भएको समाचार आएको छ। –एजेन्सी

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भर्चुअल डान्स क्लासबाट प्राप्त ५ करोड कोरोना भाइरस विरुद्ध सहयोग

मुम्बई : कोरोना संकटविरुद्ध लड्न धेरैले सहयोग गरिरहेको अवस्थामा बलिउड सेलिब्रिटी पनि निकै अगाडि देखिएका छन्। बलिउड अभिनेत्री उर्वशी रौटेलाले पनि सहयोगको हात अघि बढाएकी छन्। उनले पाँच करोड रुपैयाँ डोनेसन गरेकी छन्। यो समय एकले अर्कालाई साथ दिने बेला भएकाले आफूले सहयोग गरेको उनले बताएकी छन्। ‘सहयोग सहयोग हुन्छ कुनै […]

You May Like