भर्चुअल डान्स क्लासबाट प्राप्त ५ करोड कोरोना भाइरस विरुद्ध सहयोग

Royal Times
Read Time:1 Minute, 40 Second

मुम्बई : कोरोना संकटविरुद्ध लड्न धेरैले सहयोग गरिरहेको अवस्थामा बलिउड सेलिब्रिटी पनि निकै अगाडि देखिएका छन्। बलिउड अभिनेत्री उर्वशी रौटेलाले पनि सहयोगको हात अघि बढाएकी छन्। उनले पाँच करोड रुपैयाँ डोनेसन गरेकी छन्। यो समय एकले अर्कालाई साथ दिने बेला भएकाले आफूले सहयोग गरेको उनले बताएकी छन्। ‘सहयोग सहयोग हुन्छ कुनै ठूलो र सानो हुँदैन’ उनले भनेकी छन्।

उर्वशीले एउटा भर्चुअल डन्स क्लास आयोजना गरिन् जसमा उनले ज्यादा तौल भएका व्यक्तिलाई निःशुल्क नृत्य सिकाइन्। त्यहाँ उनले नृत्यका अनेक फम्र्याट सिकाइन्। टिकटकमा डान्स मास्टर क्लास आयोजना गरियो र त्यहाँ १.८ करोड व्यक्ति जोडिए। यसबाट उनलाई पाँच करोड रुपैयाँ प्राप्त भयो जुन उनले कोरोना भाइरसविरुद्धको लडाइँका लागि उपलब्ध गराइन्।

उर्वशीले सबैलाई धन्यवाद दिँदै भनिन्, ‘हामी सबै साथ रहने समय आएको छ। हामी सबै मिलेर यो महामारी जित्न सक्छौं।’ उर्वशीका साथै अक्षय कुमार, शाहरुख खान, सोनु सुद, सनी देओल, वरुण धवन, सलमान खान, प्रियंका चोपडा, करिना कपुर खान, विक्की कौशलसहित धेरैजनाले यसमा सहयोग गरेका छन्।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणको त्रास, स्वास्थ्यकर्मीलाई खाना खुवाउन मान्दैनन होटल

वीरगन्ज : वीरगन्जमा कोरोना संक्रमितहरूको उपचार गर्दै आएका नारायणी अस्पतालका  स्वास्थ्यकर्मीलाई खाना खुवाउँदै आएको होटलले बिहीबा देखि भने खुवाउन बन्द गरेको छ । संक्रमितको उपचारमा खटिने नारायणी अस्पतालका चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मीलाई वीरगन्ज महानगरपालिकाले कन्ट्री इन होटलमा चैत २७ गतेदेखि खाना र बासको प्रबन्ध मलिाएको थियो ।  तर बिहीबार बिहान होटलले अचानक […]

You May Like