नेपालमा कोरोना संक्रमितको संख्या २५८, निको भएकाको संख्या ३५

Royal Times
Read Time:1 Minute, 21 Second

काठमाडौं – नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा थप ९ जनामा संक्रमण भेटिएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५,२५ ,२७, ३२ र ३६ वर्षीय पुरुषहरु रहेका छन् । 

सह–प्रवक्ता अधिकारीका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । 

हालसम्म २२,६७३ को परिक्षण भएको छ भने ३५ जना निको भएर भर फर्किसकेका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बौद्ध सम्मेलन धार्मिक पर्यटनका लागि

नेपालसहित २३ राष्ट्रका बौद्ध धर्मगुरु तथा प्राध्यापकहरूको सहभागिता रहेको सम्मेलनबाट लुम्बिनीलाई विश्वको धार्मिक-पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको लुम्बिनी विकास कोषले जनाएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा बुद्धको जन्मस्थलदेखि लिएर बौद्ध संस्कृति, दर्शन तथा बुद्धका ज्ञान सम्बन्धमा विभिन्न देशका धर्मगुरु तथा प्राध्यापकहरूले तयार पारेका करिब […]