बौद्ध सम्मेलन धार्मिक पर्यटनका लागि

Royal Times
Read Time:3 Minute, 32 Second

नेपालसहित २३ राष्ट्रका बौद्ध धर्मगुरु तथा प्राध्यापकहरूको सहभागिता रहेको सम्मेलनबाट लुम्बिनीलाई विश्वको धार्मिक-पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा बुद्धको जन्मस्थलदेखि लिएर बौद्ध संस्कृति, दर्शन तथा बुद्धका ज्ञान सम्बन्धमा विभिन्न देशका धर्मगुरु तथा प्राध्यापकहरूले तयार पारेका करिब ३० वटा कार्यपत्रमाथि छलफल हुनेछन्।

मानव अवशेष विसर्जनु बारे छानबिन हुँदै

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले भने, ”यहाँ आएका २३ राष्ट्रका सहभागीहरुको एकमत केमा छ भने नेपाल भनेको बुद्ध जन्मेर र यहाँबाट डुलेर ज्ञान पाउनुभयो भन्ने मात्र होइन कि नेपालमा आफ्नै मौलिक बौद्ध धर्मको संस्कृति पनि थियो।”

महत्वपूर्ण

उनका अनुसार सम्मेलनले निकाल्ने निष्कर्ष लुम्बिनीको विश्वव्यापी प्रचार र विकासका लागि महत्वपूर्ण सम्पत्तिको रुपमा रहने छन्।

आयोजक समितिका अर्का एक सदस्य तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक नरेशमान बज्राचार्यले लुम्बिनीलाई विश्व शान्ति क्षेत्रको रुपमा विश्वले स्वीकारी सकेको अवस्थामा अब प्रचार-प्रसारको दायित्व नेपालमाथि आएकोले त्यसकै लागि यस्तो सम्मेलनको आयोजना गरिएको बताए।

सम्मेलन

उनले भने, ”विश्वका पुरातत्वविद्, इतिहासविद्, बौद्ध विद्धानहरु सबैको अध्ययन अनुसन्धानबाट नेपालमा बुद्ध जन्मनुभएको हो, नेपाल विश्वको शान्तिको मुहान हो र बौद्ध धर्मको उद्गमस्थल हो भन्ने कुरा सिद्ध भइसकेको कुरा हो। अब त्यो कुरालाई विश्वमा प्रचार गर्ने नेपालको दायित्व रहेको छ।”

सम्मेलनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गरेका थिए ।

विकास

उद्घाटनपछि मन्त्री अधिकारीले भने, ”गौतम बुद्धका विचारहरु नेपालको भूमीमा छलफल हुनु र संसारभरि फैलिनु आफैमा महत्त्वपूर्ण कुरा हो। यसले लुम्बिनीको महत्वलाई बढाउँछ र बुद्ध धर्मबारेमा नयाँ हिसाबको बहस सृजना गर्नुका साथै धार्मिक पर्यटनको पनि विकास गर्छ।”

मन्त्री अधिकारीले अबको करिब दुई वर्षभित्र लुम्बिनी गुरुयोजना अनुसारका सबै काम सम्पन्न गर्ने लक्ष्य सरकारले लिएको पनि बताए ।

सम्मेलनले आइतबार लुम्बिनी घोषणापत्र जारी गर्ने बताइएको छ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शंख र घण्ट बजाउनुको वैज्ञानिक महत्व छ ।

वास्तवमा हामी डरपोक छौ । डराएका छौ । भयाभित छौ । त्यही डर एवं भयाबाट मुक्ति पाउनका लागि भगवानको शरणमा पर्छौ । हामी मन्दिर धाउँछौ, यसकारण कि भगवनले कृपा गरोस् । हामी पूजाआजा गर्छौ, यसकारण कि, भगवान खुसी भइदियोस् । हामी उपवास बस्छौ, यसकारण कि भगवान सन्तुष्ट भइदियोस् । हामी […]