लकडाउनका लागि उपयोगी ओखती

Royal Times
Read Time:4 Minute, 56 Second

काठमाडौं । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि हामी सबै लकडाउनको अवस्थामा छौं । आफ्नो र अरुको स्वास्थ्यका लागि लकडाउनको पूर्ण पालना गर्न सरकारले पनि आमनागरिकहरुलाई आह्वान पनि गरिरहेको छ । यसको खोप पत्ता नलागेको अहिलेको अवस्था लकडाउनको पूर्ण पालना गरी संयमित जीवन जिउनु नै मानव स्वास्थ्यका लागि उपयुक्त हुन्छ ।

लकडाउनका बेला घर बसिरहँदा आइपर्ने आम समस्या भनेको मिठो खाने अनि धेरै पटक खाने । केही काम नगरी घरमा बस्दा झन भोक लाग्यो । मिठो–मिठो परिकार बनाएर खान मन लाग्छ । यस्तै यस्तै कुराहरु अहिले प्रशस्तै सुन्न पाइन्छ । कुनै ब्यायाम बिना खाना मात्रै खाइरहनु भनेको शारीरिक समस्या निम्त्याउने मुख्य कारण बन्न सक्छ । मिठोको नाममा चिल्लो, पिरो, अमिलो र मसालेदार परिकार बनाएर धेरै पटक खाने काम पनि शारीरिक समस्याको अर्को घातक कारण हो । त्यसैले आफ्नो स्वास्थ्यको ख्याल राख्न आहार विहारमा पनि विशेष ख्याल गर्न भनिएको हो ।

लकडाउनका बेला घरमा बसिरहँदा आउने केही स्वास्थ्य समस्याका बारेमा हामी आफै पनि सचेत हुन जरुरी छ । अपच भयो, ग्याष्ट्रिक भयो, पखाला चल्यो । के गर्ने ? यी सामान्य अवस्थमा अस्पताल धाइरहनु पर्दैन । कोरोना प्रकोपका कारण अहिले अस्पताल धाउने अनुकूलता पनि छैन । त्यसैले कतिपय शारीरिक समस्या भएमा घरेलु उपचार खोज्नु उपयुक्त हुन्छ । हाम्रो भान्सामा उपलब्ध हुने थुप्रै थुप्रै बस्तुहरुले औषधिको काम गर्छ ।

एसिडिटी हुँदा एक कप पानीमा तीन वटा सुकुमेलको पाउडर मिसाएर उमाल्ने । त्यसलाई चिसो बनाएर पिउनुपर्छ । त्यस्तै केही तुलसीको पत्ता राम्ररी पखाल्ने र चपाउने । एक चम्चा मेथी दानामा थोरै पानी मिसाएर पेस्ट बनाउने, त्यसलाई छानेर रस पिउने । वान्ता आउला जस्तो हुँदा वा आउँदा ल्वाङको एक टुक्रा मुखमा राखेर चपाउने । त्यस्तै एक कप पानीमा चार–पाँच वटा ल्वाङ राखेर उमाल्ने र सेलाएपछि पिउने ।

एक–एक चिया चम्चा पुदिना र कागतीको रसमा एक ठूलो चम्चा मह मिसाएर पिउने । त्यस्तै एक चिया चम्चा अदुवाको रस र कागती मिसाएर पिउने । कब्जियत हुँदा हरेक दिन आधा ग्लास मनतातो पानीमा आधा चम्चा भुटेको जिरा पाउडर घोलेर सेवन गर्नाले पनि कब्जियत निको हुन्छ । दिनमा दुई पटक एक चिया चम्चा त्रिफला पाउडर र मह मिसाएर सेवन गर्नाले पनि कब्जियतमा आरम मिल्छ ।

त्यस्तै आधा ग्लास पालुङ्गोको जुसमा आधा ग्लास पानी मिसाएर दिनमा तीन पटकसम्म पिउँदा पनि कब्जियतको समस्यामा आराम मिल्छ ।

अपच हुँदा एक गिलास तातो पानीमा एक चुट्की हिंग र बीरे नुन मिलाएर दिनमा तीन पटक पिउँदा ठिक हुन्छ । त्यस्तै एक गिलास तातो पानीमा एउटा कागतीको रस, एक ठूलो चम्चा बेकिङ सोडा र एक चुट्की नुन मिसाएर पिउँदा आरम मिल्छ । त्यस्तै एक कप पानीमा थोरै पुदिनाको पात मिसाएर तीनचार मिनेट उमालेपछि छानेर उक्त रसमा मह मिसाएर पिउँदा अपच हुने समस्या निको हुन्छ ।

झाडापखलाको समस्या भएमा अदुवाको एक सानो टुक्रा पोल्ने र त्यसमा एक चिया चम्चा मह मिसाएर सेवन गर्नुपर्छ । त्यस्तै पाकेको केरालाई दहीमा मिसाएर सेवन गर्नाले पनि झाडापखला निको हुन्छ । दुई ठूलो चम्चा दहीमा आधा चिया चम्चा मेथीदाना र जिरा मिसाएर सेवन गर्दा पनि झाडापखालाको समस्या निको हुन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

औंषधीय गुणले भरिपूर्ण पुदिनाका अनेक फाइदा

तपाइँकाे करेसाबारी, गमला वा छत जता पनि लगाउने औंषधीय गुणले भरिपूर्ण पुदिनाका बारेमा तपाइँलाई थाहा नै छ । तर यसले शरीरमा कस्ताे फाइदा दिन्छ भन्ने कुरा कमैलाई मात्र थाहा छ । संसारभर नै पुदिनालाई अचारको रूपमा प्रयोग गरिन्छ । पुदिना अचारमा मात्र सीमित हुने वनस्पति होइन । यसलाई चिया, टुथपेस्ट, […]