औंषधीय गुणले भरिपूर्ण पुदिनाका अनेक फाइदा

Royal Times
Read Time:3 Minute, 36 Second

तपाइँकाे करेसाबारी, गमला वा छत जता पनि लगाउने औंषधीय गुणले भरिपूर्ण पुदिनाका बारेमा तपाइँलाई थाहा नै छ । तर यसले शरीरमा कस्ताे फाइदा दिन्छ भन्ने कुरा कमैलाई मात्र थाहा छ । संसारभर नै पुदिनालाई अचारको रूपमा प्रयोग गरिन्छ । पुदिना अचारमा मात्र सीमित हुने वनस्पति होइन । यसलाई चिया, टुथपेस्ट, चुइगम, माउथ स्प्रेलगायतमा पनि प्रयोग गरिन्छ । पुदिनामा औषधीय गुण हुने भएकाले नियमित प्रयोग गर्दा अनेक फाइदा हुन्छ ।

पुदिनाका फाइदा यसप्रकार रहेका छन्ः–

  • -पुदिनाले दाँत र मुखलाई पनि स्वस्थ राख्ने काम गर्छ । यसले साससमेत ताजा बनाउँछ । यसका साथै पुदिनाले शरीरमा रोगप्रतिरोधी क्षमतासमेत बलियो बनाउन भूमिका खेल्छ । पुदिनाले मुखमा उत्पादन हुने खराब ब्याक्टेरियाको विकासलाई रोक्ने काम गर्छ, जसले गर्दा दाँत र जिब्रोलाई स्वस्थ राख्नुका साथै सफा पनि गर्छ ।
  • -पुदिनाले क्यान्सरजस्तो रोगबाट बचाउन सहयोगी काम गर्छ । किनकि, यसमा क्यान्सरसँग लड्ने इन्जाइम हुन्छ ।
  • -पुदिनाले रगतलाई सफा गर्ने काम पनि गर्छ । यसका साथै शरीरको शान्त मांसपेशीमा एन्टिस्मास्मोडिक इफेक्ट पार्छ । जसका कारण महिलाको महिनावारीमा हुने दुखाइलाई समेत कम गर्छ ।
  • -पुदिना खाएमा यसले पाचन प्रणालीलाई व्यवस्थित बनाउन भूमिका निर्वाह गर्छ । पेटमा कुनै प्रकारको समस्या देखिएमा पनि पुदिनाको चिया बनाएर पिउन सक्नुहुन्छ । यसले मुखको लारा ग्रन्थिलाई सक्रिय बनाउँछ । लारा ग्रन्थिले पाचन इन्जाइम निकाल्न महत्वपूर्ण भूमिका खेल्छ ।
  • -कलेजोले बिस्तारै–बिस्तारै राम्रोसँग काम गर्न छाडेको छ भने पनि पुदिनाको प्रयोग गर्न सक्नुहुन्छ । यसले कलेजोसम्बन्धी कैयौँ समस्याबाट मुक्त बनाउँछ ।
  • -एक अनुसन्धानअनुसार पुदिनाको प्रयोगले मस्तिष्कलाई पनि फाइदा पु-याउँछ । पुदिनाले मस्तिष्कको कामलाई सक्रिय बनाउनुका साथै धारणशक्तिलाई पनि बलियो बनाउँछ । यसले सम्झन सक्ने क्षमतालाई पनि बढाउँछ ।
  • -पुदिनाले तौल घटाउन पनि भूमिका खेल्छ । पुदिनाले फरक–फरक प्रकारका पाचन इन्जाइम उत्पादन गर्न प्रेरित गर्छ । र, हामीले खाएका खानाबाट त्यस्ता इन्जाइमको उत्पादन हुन्छ । यस्तो अवस्थामा शरीरले बोसो एकत्रित गरी ऊर्जामा परिवर्तन गर्छ ।
  • -पुदिनाको चिया बनाएर पिउँदा तनावबाट पनि टाढा रहन सकिन्छ । यसले मांसपेशी र जोर्नीको दुखाइमा समेत राहत प्रदान गर्छ ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यौन क्षमतामा अदुवाले गर्छ सहयोग !

एजेन्सी । हाम्रो खानपानले हाम्रो यौन तथा प्रजनन् स्वास्थ्यमा सहयोग र असर दुवै गरिरहेका हुन्छन् । केही खानेकुराले हाम्रो प्रजनन् स्वास्थ्यमा नकरात्मक असर गरिरहेका हुन्छन् भने केहीले फाइदा गरिरहेका हुन्छन् । पछिल्लो एक अध्ययनले अदुवाले महिलाको प्रजनन् क्षमता बलियो बनाएको र यौन क्षमतामासमेत सहयोग गरिरहेको पाइएको छ । अदुवामा एन्टि-एन्फ्लेमेट्री तत्व […]