नीति तथा कार्यक्रममा : नयाँ योजना र कार्यक्रम के-के आयो ?

Royal Times
Read Time:7 Minute, 36 Second

सरकारले आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारको अबको कार्यदिशा सुदृढ स्वास्थ्य पूर्वाधार निर्माण, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुने बताइन् ।

नीति तथा कार्यक्रममा देशको अर्थतन्त्रलाई उत्पादनशील र सुदृढ तुल्याइने उल्लेख छ ।

कोरोना भाइरस (कोभिड–१९) ले राष्ट्रको अर्थतन्त्रमा प्रभाव पारेकाले त्यसको पुनरुत्थानका लागि सरकारले विविध कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयन गरिने उनले बताइन् ।

आर्थिक गतिविधि बढाउने, उत्पादनशील क्षेत्रमा पर्याप्त लगानी गर्ने, फजुल खर्च घटाउने, विकास–निर्माणको समन्यायिक वितरण, रोजगारीका अवसरको सिर्जनालाई विशेष जोड दिइने राष्ट्रपतिले बताइन् ।

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण वैदेशिक सहयोगमा कमी आउने अनुमान गर्दै उनले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोत परिचालनलाई अधिक प्राथमिकता दिने तथा आत्मनिर्भर अर्थतन्त्रको विकासमा केन्द्रित रहने बताइन् ।

कोरोना महामारीसँग लड्नुपरेको अहिलेको विषम परिस्थितिमा मुलुकको समग्र अर्थतन्त्रको उत्थानका लागि कृषि क्षेत्रको व्यावसायिक प्रवर्द्धन, औद्योगिक विकास तथा उत्पादकत्व वृद्धि, राष्ट्रिय गौरवका आयोजनाको तोकिएको समय र लागतमा सम्पन्न गरिने तथा अन्य आयोजनको पुनः प्राथमिकीकरण गरेर अघि बढ्ने नीति अवलम्बन गरिने उनले बताइन् ।

नीति तथा कार्यक्रममा के के छ ? नीति तथा कार्यक्रमका मुख्य घोषणाः

– कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो । ती स्थान समेटेर नेपालको नक्सा सार्वजनिक गरिने ।

– ३०० पुल बनाइने ।

– तीन वर्षभित्र सुकुम्वासी समस्या र अव्यवस्थित बसोबास अन्त्य गरिने ।

– आगामी आर्थिक वर्षमा दुई अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याइने ।

– वैदेशिक व्यापारमा चीनका ७ बन्दरगाह प्रयोग गरिने ।

– दीगो पर्यटन उत्थानको कार्यक्रम ल्याइने ।

– काभ्रेको उपयुक्त स्थानमा आन्तरिक विमानस्थल बनाउने ।

–आगामी तीन वर्षभित्र सबै नेपालीको घरमा खानेपानी पुर्याइने ।

– भैरहवा विमानस्थल सञ्चालन, निजगढ र काभ्रेमा विमानस्थल निर्माण सुरु गरिने ।

– कृषिमा अनुदान रकममा नभइ उत्पादन सामग्रीमा दिइने ।

– तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउने ।

– नेपाल–भारत पारवहन तथा वाणिज्य सन्धि पुनरावलोकन गरिने ।

– नागढुङ्गा–नौबिसे सुरुङमार्गको एक किलोमिटर खण्ड यसै वर्ष बन्ने ।

–तीन वर्षभित्र पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गरिने ।

– प्रविधिको अधिकतम प्रयोग गरी कम्पनी दर्ता तथा नविकरण छिटो छरितो बनाइने ।

–वीरगञ्ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्गको निर्माण थालिने ।

– मनमोहन र गंगालाल अस्पताललाई बाल मुटुरोगको पहिचान, परीक्षण र उपचार गर्ने संस्थागत व्यवस्था गरिने ।

– ठूला आयोजनामा मात्रै विदेशी लगानी भित्र्याइने, विदेशबाट फर्केका र अर्धबेरोजारलाई कृषिमा जोडिने ।

– सरकारी स्वामित्वका बन्द उद्योग फेरि सञ्चालन गरिने ।

– मालपोतको काम अनलाइन प्रणालीबाट गरिने ।

– ‘स्वच्छ नेपाल’ अभियान सञ्चालन गरिने ।

– सरकारी, सार्वजनिक र गुठी जग्गा अतिक्रमण हटाउन अभियान चलाइने ।

–स्वदेशमै फलाम उत्पादन शुरू गरिने ।

– गरीब तथा विपन्नलाई निःशुल्क उपचार ।

– एक चिकित्सक, एक स्वास्थ्य संस्थाका लागि ९ अर्ब विनियोजन गरिने ।

– भूमि बैंक स्थापना गरिने ।

– सबै स्थानीय तहमार्फत युवाहरुलाई घुम्ती तालिम गरिने ।

– विमानस्थल र सीमा नाकामा हेल्थ डेस्क स्थापना गरिने ।

– राजमार्गमा एक घण्टाको दूरीमा ट्रमा सेन्टर स्थापना गरिने ।

– ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ नारा कायमै ।

– जमिन बाँझो राख्न नपाइने ।

– स्वदेशी वस्तु उपयोगको लागि अभियान चलाइने ।

– खेतका आलीमा समेत बिरुवा लगाउन अभिप्रेरित गरिने ।

– सहकारी संस्था गाभ्न प्रोत्साहन गरिने ।

– प्रमुख कृषि बालीको न्यूनतम समर्थन मूल्य तोकिने

– आन्तरिक राजश्वलाई आम्दानीको मूख्य श्रोत बनाइने ।

– स्वास्थ्य सेवा विभाग खारेज हुने, महामारी नियन्त्रणका लागि खाद्य तथा औषधि प्राधिकरण (एफडिए) स्थापना गरिने स्थापना गरिने ।

– वैदेशिक रोजगारीबाट फर्केका युवालाई सुरुआती पुँजी उपलब्ध गराउने ।

– स्नातकोत्तर पढेका युवालाई शैक्षिक विकासमा परिचालन गरिने ।

– देशलाई कोरोनामुक्त बनाउनु पहिलो प्राथमिकता ।

– केन्द्रमा ३ सय शैय्या र प्रत्येक प्रदेशमा ५० शैय्याको सरुवा रोग अस्पताल बनाइने ।

– देशभरबाट ३ अंकमा फोन गरेर एकीकृत एम्बुलेन्स सेवा सुचारु गरिने ।

– आगामी आर्थिक वर्षमा ‘साक्षर घोषणा गरिने’ बताइएको छ ।

– संघमा ३०० शैय्याको अत्याधुनिक अस्पताल निर्माण गरिने ।

– फजुल खर्च रोक्ने, आयोजनाको पुनर्प्राथमिकीकरण गर्ने ।

– १० वर्षमा कृषि उत्पादन दोब्बर पार्ने घोषणा ।

– आगामी वर्षभित्र सबैको स्वास्थय बिमा गरिने ।

– वडामै मधुमेह र रक्तचापको परीक्षण गरिने ।

– ४० वर्षमाथिका नागरिकको ६ महिनाको एक पटक अल्बुमिन तथा ग्लुकोज निःशुल्क जाँच हुने ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्मरण क्षमता बढाउने सरल उपाय

कहिल्यै यस्तो भएको छ कि, तपाईं कुनै ठाउँ वा व्यक्तिको नाम स्मरण गर्ने प्रयास गर्नुहुन्छ, तर जति गरेपनि त्यो याद हुँदैन । भनिन्छ, उमेर बढ्दै जाँदा हाम्रो स्मरणशक्ति पनि कमजोर हुन्छ । यस्तो हुनपनि सक्छ । तर, स्मरणशक्तिलाई हामी उमेर ढल्कदै गएपनि तन्दुरुस्त राख्न सकिन्छ । त्यसका लागि केही काइदा […]