विरोधका बीच संविधान संशोधन प्रस्ताव प्रस्तुत

Royal Times
Read Time:1 Minute, 22 Second


काठमाडौंः व्यवस्थापिका संसद्‍को आइतबारको बैठकमा विपक्षी दलको विरोधका बीचमा कानुनमन्त्री अजयशंकर नायकले संविधान संशोधन सम्बन्धी विधेयक प्रस्तुत गरेका छन् ।

संसद् बैठकमा संविधान संशोधन सम्बन्धी विधेयक प्रस्तुत गर्दै गर्दा एमालेसहितका विपक्षी दलले चर्को होहल्ला गरेका थिए ।

आइतबार व्यवस्थापिका संसद् सचिवालयले विरोधाका बीच बैठक चलाउने निर्णय गरेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले संसद् सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि एमाले लगायतका विपक्षी दलले मंसिर १५ देखि संसद् बैठक अबरुद्ध गर्दै आएका छन्।

सरकारले गत मंसिर १४ संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरे पनि अहिलेसम्म त्यो संसद्‍मा प्रवेश हुन सकेको थिएन । अाइतबार विधेयक प्रस्तुत भए लगत्तै संसद्को अर्को बैठक सोमबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Next Post

अरुण तेस्रोका लागि २०७४ असोज १४ सम्म म्याद

काठमाडौं: लगानी बोर्डले माथिल्लो कर्णाली र अरुण तेस्रोको वित्तीय व्यवस्थापन गर्ने म्याद एक वर्ष थप गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आइतबार बसेको बोर्ड बैठकले माथिल्लो कर्णालीका लागि आगामी २०७४ असोज २ र अरुण तेस्रोका लागि २०७४ असोज १४ सम्म म्याद थप गर्ने निर्णय गरेको हो । बोर्डका उपसचिव […]