तुलसीको पात र सिदेनून कागतीको रसमा पिनेर लगाउने गरे विस्तारै चायाँ हराउँदै जान्छ । — डा. पथिक

Royal Times
Read Time:13 Minute, 8 Second

जडिबुटीबाट उपचार
(HERBAL THERAPY)

— डा. टि. एन. पथिक, पथिक हेल्थ फाउण्डेशन
पिपलबाट उपचार

१. कम्मर दुख्ने, मूत्ररोग, स्वप्नदोष भएमा ः
पीपलको बोक्रा २४ घण्टा पानीमा भिजाएर माडेर छान्ने, मिस्री हालेर खाने गरे एक हप्तामै कम्मर दुख्ने, मूत्ररोग, स्वप्नदोष सबै ठीक हुन्छ ।
२. सुन्निएको, हाडभित्र दुःखेमा ः
बोक्रा पानीमा पिनेर खानेर सर्वत १÷२ ग्लास मिस्रीमा खाने गरेमा ठीक हुन्छ ।
३. आगोले पोलेकोमा ः पीपलको बोक्राको धूलो घ्यूमा फिटेर पोलेको घाउमा लगाउनाले ठीक हुन्छ ।
४. गाईबस्तुको घाउमा ः
बाख्रा, गाई, भैसीलाई घाउ भएर कीरा परेको छ भने पीपलको बोक्राको धूलो र बेसार घ्यूमा फिटेर घाउ सफा गरी लगाउने र खाने कुरामा १ चम्चा हाली खान पनि दिने गरे छिट्टै निको हुन्छ ।
५. छालाको रोग, लुतो, घाउ, खटिरा र दादमा ः
पीपलको पातको धुलो र बेसार बराबर गरी नरिवलको तेलमा फिटेर लगाउने गरे ठीक हुन्छ ।
६. विद्यार्थी तथा सबैको स्मरणशक्ति बढाउन ः
पीपलको बोक्राको धुलो र मिस्री बराबर गरी बिहान बेलुका १÷१ चम्चा दूधसँग खाने गर्नु स्मरणशक्तिमा राम्रो सुधार हुनेछ ।
७. नछुने गाह्रो गरी भएमा ः
पीपलको बोक्राको धूलो र इमलीको गेडाको बोक्राको धूलो पानीमा पिनेर १÷१ चम्चा १÷२ हप्ता खाएमा मासिकधर्म शुद्ध भई राम्ररी हुन्छ र कष्ट हुँदैन ।
८. केटाकेटीको मुखमा खटिरा भएमा ः
पीपलको बोक्राको धूलो महमा फिटेर लगाउने तथा १÷१ चम्चा बिहान खाने गरेमा ठीक हुन्छ ।
९. गर्भधारण नभएमा
(क) पीपलको कलिलो ५ वटा पात र जरा १ टुक्रा १ ग्लास दूधमा पकाउने र १÷२ ग्लास भएपछि मिस्री फिटेर खाने, महिनावारी भएदेखि १५ दिनसम्म खाने गरेमा गर्भाशय शुद्धी भई गर्भधारण हुने धेरै सम्भावना हुन्छ ।
(ख) पीपलको जटाको धूलो सख्खरमा मुछेर गुच्चाजत्रो गोली बनाई बिहान बेलुका दूधसँग मासिकधर्म भएको दिनदेखि ११ दिनसम्म खाने र त्यसैदिन सम्भोग गर्ने ।
१०. बहुलाहा भएमा ः पीपलको कोपिला १० वटा १ ग्लास दूधमा पकाउनु र १÷४ ग्लास भएपछि बिहान बेलुका खान दिएमा बहुलापन ठीक भएर आउँछ ।

तुलसीबाट उपचार

तुलसीको विभिन्न भागले निम्नलिखित विभिन्न प्रकारको रोग निको पार्न मद्दत गर्दछ, जुन हामीले यहाँ क्रमबद्ध रुपमा तिनबाट निको हुने रोगको अध्ययन गर्नेछौं ः
१. अपच भएमा ः
तुलसीको १०÷१२ पात, विरेनून, ४ गेडा मरिच पानीमा पिनेर खाएमा ठीक हुन्छ ।
२. अर्जीण अपच पेट घोच्नेमा ः
(क) तुलसीको पात १०÷१२ वटा, सुठो एक टुक्रा र सख्खर एक टुक्रा पिनेर ३ पटक तातोपानीसँग खाएमा ठीक हुन्छ ।
(ख) तुलसीको पात, मरिच, ज्वानो, लसुन, सिदेनून र कपूर बराबर पारेर पिनेर केराउगेडाजत्रो गोली बनाई ३ टाइम तातोपानीसँग २÷२ गोली खान दिए ठीक हुन्छ ।
३. शिरशूल (कपाल दुख्ने) ः
तुलसीको रस मनतातो गरी नाकभित्र ८÷१० थोपा हाल्ने गरे ४÷५ दिनमै ठीक हुन्छ ।
४. घाउको कीरा ः तुलसीको पातको पूर्ण र कपूर पिनेर घाउमा लगाएमा कीरा मरेर घाउ ठीक हुन्छ ।
५. कान दुखेमा ः तुलसीको पातको रस तताएर मनतातो पारेर हाल्ने गरे ठीक हुन्छ ।
६. कान पाकेर पिप आएमा ः
कालो तुलसीको पात रस र भंगीराज झारको रस बराबर मिसाएर मनतातो गरी कान सफा गरी १ हप्तासम्म हाले ठीक हुन्छ ।
७. कर्णशूल र बहिरोपना ः
(क) तुलसीको फूल मंजरीसमेत र पातको रस मनततो पारी हाल्ने गरेमा ठीक हुँदै जान्छ ।
(ख) तुलसीको पातको रस र अलिकति सिदेनून हाली मनतातो पारी कानमा हाल्ने गरे कर्णशूल ठीक हुन्छ ।
८. रक्तपत्तिमा ः
तुलसीको पातको रस र मिस्रि हालेर १ चम्चा खाने गरे १ हप्तामै ठीक हुँदै जान्छ ।
९. खोकी र ज्वरोमा ः तुलसीको पातको रस १० थोपा मह १÷२ चम्चा, चम्चा अदुवाको रस १० थोपा सबै मिसाएर खाएमा २÷४ दिनमै ठीक हुन्छ ।
१०. खोकी र घ्यार(घ्यार ः
तुलसीको सुकेको पातको धूलो र मिस्रि मिसाएर १÷२ चम्चा खाने गरे ठीक हुन्छ ।
११. खोकी, छाती दुख्ने र पुरानो जीर्ण ज्वरोमा ः
तुलसीको पातको रस १० थोपा, ३ दाना मरिच र अलिकति मिस्रि हालेर नित्य सेवन गरे २ हप्तामै ठीक हुन्छ ।
१२. सुख्खा खोकी घ्यार(घ्यार भएमा ः
तुलसीको गेडाको धूलो १ चिम्टी र अलिकति मिस्रिको धूलो मिसाएर खाने गरे १ हप्तामै ठीक हुन्छ ।
१३. रुघाखोकीबाट बच्न र निको हुन ः
१०÷१२ तुलसी पातको एक ग्लास पानीमा पकाउने र दूध र मिस्रि हालेर खाने गरेमा रुघाखोकी लाग्दैन, लागेको भए निको हुन्छ ।

१४. रुघा निको पार्न ः
तुलसीको पातको रस, अदुवाको रस १÷२ चम्चा खाने गरेमा ठीक हुन्छ ।
१५. पिनासमा ः
तुलसीको रस नाकमा ४÷५ थोपा हाल्नाले केही दिनमै पिनास ठीक हुन्छ ।
१६. पिनास र नाक गन्हाउनेमा ः
तुलसीको सुकेको पातको धुलोको नस हाल्ने गरेमा दुबै ठीक हुन्छ ।
१७. फोक्सो सुनिएमा ः
तुलसीको जरा पकाएर चिया खाने गरे ठीक हुन्छ ।
१८. दम भएमा ः
सुकेको तुलसीको पातको धूलो र मह १ चम्चा फिटेर खाने गरे दम ठीक हुन्छ ।
१९. वमन भएमा ः तुलसीको पातको रस १० थोपा आधा चम्चा महमा मिलाएर खाएमा ठीक हुन्छ ।
२०. वातपित्तको वाक (वाक ः
१०÷१२ पात तुलसी, २ वटा सुकमेलको गेडा र अलिकति मिस्रि मिलाएर खाने गरेमा वातपित्तबाट हुने वाक(वाक ठीक हुन्छ ।
२१. पित्त ः
१०÷१२ वटा तुलसीको पात, १ टुक्रा अदुवा, १० थोपा कागतीको रस र एक टुक्रा मिस्रि हालेर खाने गरे पित्तविकार ठीक हुँदै जान्छ ।
२२. मुच्र्छा ः
तुलसीको फूलको रस र सिदेनून १ चिम्टी नाकमा नस लिने गे ठीक हुन्छ ।
२३. पित्तले छाती पोलेर डाहा भएमा ः
१०÷१५ पात १ माना पानीमा पकाएर आधा ग्लास भएपछि चिसो पारी मिस्रि हालेर खानु ठीक हुन्छ ।
२४. वाथ रोगमा ः
(क) तुलसीको रस र अदुवाको रस मिलाएर नित्य १÷१ चम्चा खाने गरे ठीक हुँदै जान्छ ।
(ख) तुलसीको पात १०÷१२ वटा, अरिणको जरा १ टुक्रा हालेर चिया बनाउने पाकेर चिसो भएपछि १ चम्चा मह फिटेर खाने गरेमा पनि पुरानो वाथ पनि ठीक हुँदै जान्छ ।
२५. धनुषटङ्कार रोग ः
तुलसीको १०÷१२ पात, छयापीको १० थोपा रस, प्याजको १० थोपा रस सबै मिलाएर पिलाउने गरे ठीक हुन्छ ।
२६. सन्धिवाथ, जोर्नीवाथमा ः
तुलसीपात पकाएर नुहाउने र तुलसीको पातको रसले दुःखेको ठाउँमा तेल मिसाई मालिस गर्ने गरे ठीक हुन्छ ।
२७. वाथले सुन्निएकोमा ः
तुलसीको रस १० थोपा, मरिचको चूर्ण १ चिम्टी, गाईको घ्यू १÷२ चम्चा फिटेर खाने गरे वाथले सुन्निएको निको हुन्छ र अन्य रोग छ भने पनि ठीक हुन्छ ।
२८. जोर्नी र गाँठागुँठीमा दुख्ने वाथ ः
तुलसीको पात, अरिणको पात र सिदेनून पिनेर तताएर लेप बनाई दुखेको ठाउँमा बाँधेमा ठीक हुन्छ ।
२९. नशा दुख्ने वाथमा ः
तुलसीको गेडाको धूलो १ चिम्टी नियमित खानाले वाथ ठीक हुन्छ ।
३०. वातरक्त रगत बिग्रेर खटिराजस्तो हुने रगत जमेर देखिनेमा ः
तुलसीको पात नियमित १०÷१५ वटा खानाले विस्तारै शुद्धि भई निको हुन्छ ।
३१. मुटु दुख्ने र हल्लिनेमा ः
तुलसीको पात १०÷१२ वटा काउलीको बोक्राको १ चम्चा र १ चम्चा महमा फिटेर खाने गरे सबै ठीक हुन्छ ।
३२. धातु बग्ने र स्वप्नदोषमा ः
तुलसीको जराको धूलो १ चम्चा ग्लास पानीमा भिजाएर बिहान खाली पेटमा खाने गर्नु ठीक हुन्छ ।
३३. मोटोपन ः
नित्य १÷४ चम्चा तुलसीको गेडा दूधसँग खानाले विस्तारै मानिस मोटो हुँदै जान्छ ।
३४. धातु वा रजपुष्टि गर्नुपरेमा ः
तुलसीको सुकेको पातको धूलो र मेथीको धूलो बराबर गरी एक चम्चा महमा फिटेर खाने र एक ग्लास दूध पिउने गरे धातु र रजपुष्टि हुन्छ । मानिस बलियो र फूर्तिलो हुन्छ ।
३५. धातु चाँडै खस्नेमा ः
तुलसीको गेडा १ चिम्टी सादा पानीमा हालेर नियमित खाने गरेमा रोग निको हुन्छ ।
३६. भुँडी घटाउनुपरेमा ः
तुलसीको रस १÷२ चम्चा , मह १÷२ चम्चा नित्य बिहान खाली पेटमा खाने गरेमा पेटको बोसो घटी आराम मिल्नेछ ।
३७. दुब्लाउनुपरेमा ः
तुलसीको १÷२ चम्चा मनतातो पारी एक टुक्रा मिस्रि र १÷२ चम्चा मह फिटेर खाएमा अनावश्यक बोसो घटेर शरीर फूर्तिलो हुन्छ ।
३८. कलेजो र फियो सुन्निएमा ः
तुलसीको पात १०÷१५ वटा कुटेर मनतातो पारी खाने गरे कलेजो र फियोको रोग नष्ट हुन्छ ।
३९. सुन्निएकोमा ः
तुलसीको पात पिनेर लेदो तताएर सुनिनएको ठाउँमा बाँध्ने गरे ठीक हुन्छ ।
४०. कुष्ठमा ः
तुलसीको पात १०÷१५ वटा नित्य खाने र कुटेर तताएर घाउमा लगाउने गरेमा विस्तारै ठीक हुदै जान्छ ।
४१. चिलाउने र दादमा ः
(क) तुलसीको पात कागतीको रसमा पिनेर चिलाउने ठाउँमा र दादमा लगाउनाले ठीक हुन्छ ।
(ख) तुलसीको पात लसुनको पोटीसँग पिनेर दादमा लगाउँदा पनि दाद जान्छ ।
४२. गालाको चाँया पोतो ः
तुलसीको पात र सिदेनून कागतीको रसमा पिनेर बेलुका गालाको चायाँमा लगाउने गरे विस्तारै चायाँ हराउँदै जान्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Next Post

मन कों स्वस्थ रखनें कें सूत्र

मन कों स्वस्थ रखनें कें सूत्र — मन कीं दवाओ नही, श्रेष्ठ बिचारों किं खुराक से शक्तिशाली बनाओं — सदा हषोल्लास में रहने कें लिए उनका संग करों जो स्वयं प्रसन्नता सें भरपूर है । — किसी भी कमजोरी या अवगुण का एक कांटा सारे गुणों कें गुलदस्ते कों बिगार […]