संसारको कुनै धर्मले कलह गराउदैन – स्वामी चन्द्रेश

Royal Times
Read Time:14 Minute, 29 Second

संसारको कुनै धर्मले कलह गराउदैन

 स्वामी चन्द्रेश
नानाकिसिमका दुःखकष्ट आघातसंघातले भरपुर यो मानवजीवनमा धर्मको अत्यन्त महत्वपुर्ण भूमिका रहेको छ । यस बिषयमा सन्देह छैन । धर्मको नाममा संघर्ष र कलहले मानव इतिहासका पन्नाहरू रक्तरञ्जित देखिन्छन् । यसबाट पनि बुझिन्छ कि मानवको मानसिकतामा धर्मले कत्तिको गुरुत्वपूर्ण ठाउ‘ लिएको छ । भन्नु आवश्यक छैन कि धर्मको नाममा हत्या र संघर्ष सम्पूर्ण रुपले दानवीय अन्धविश्वास, कुसंस्कार र अज्ञानताको फल हो, र धर्मको यथार्थ तात्पर्य नबुझ्नुको पनि परिणाम हो । विश्वको कुनै धर्मले वस्तुतः मानिसलाई संधर्ष या कलह गराउ‘दैन । बरु आत्मनियन्त्रण, चित्तसंयम, दया, दान, क्षमा, सत्य आदि महत् गुणहरूनै सिकाएको हुन्छ । धर्म शब्द धृधातु मन् प्रत्ययबाट उत्पन्न भएको हुनाले यसको अर्थ मनलाई धारण गरेर आफ्नो बशमा राख्नु हो । दुई चारवटा धर्मीय आचार–आचरण तथा बाहिरी रीतिथिति लिएर मानिस जब एकअर्कासित द्धन्द्ध र कलह उत्पन्न गर्दछ तब यो बुझ्नु पर्छ कि उसले आजसम्म धर्मको दुनियामा प्रवेश गर्दै गरेन । बरु घमण्डको अ‘ध्यारो दुनियामा पसेर उ आफूलाई आफ्नै धर्मको धारकवाहक भनी सोच्न थाल्छ र मानिसमा हुनुपर्ने स्वभाविक उदारता पनि उसले गुमाउ‘छ । जसले आफ्नो धर्मलाई राम्रोसित बुझेको र अनुभव गरेको हुन्छ तथा त्यसको रस पनि लिन सक्षम हुन्छ उसले अवश्य नै अन्य धर्महरूलाई अनावश्यक निन्दा तथा आक्रमण गर्न खाज्दैन । आफ्नै धर्म राम्ररी नबुझेकाहरूले नै अर्काको धर्मलाई तुच्छ दृष्टिले हेर्छन् । जुनसुकै धर्ममा भएको मूल धर्मग्रन्थ अध्ययन गरेर हेर्दा हामी यस्तो घृणात्मक संर्घषको कुनै कारण खोजेर पाउ‘दैनांै । किनभने त्यसमा सत्य,अहिंसा र ईश्वरप्रेमको कुरा नै लेखिएको देखिन्छ । अतएव जे जति संघर्ष र हत्या धर्मको नाममा भइरहन्छन् त्यसको मूलकारण सामाजिक र राजनैतिक बिकारविकृति र मानिसको एक अर्काप्रतिको घृणा हो । धर्मको नाममा समग्र विश्वमा नै क्रुर र जटिल राजनीति चलिरहेको देखिन्छ र अहिले पनि त्यहिनै प्रकृया जारी छ । म्लेच्छ, बार्बारास, हिदेन, काफेर, आदि अरुलाई होच्याएको सम्वोधनहरू मूल धर्मग्रन्थहरूबाट उत्पन्न शब्दपूञ्ज होइनन् । मानवजाति प्रति यी सबै कुवाक्य पुरोहितवादी,कट्टरवादी तथा धर्मलाई लिएर स्वार्थी राजनीति गर्ने मानिसहरूको आविश्कार हो । जब हामीलाई थाह छ कि संसारमा हरेक मनुष्यको नशामा एकै रातो रगत बगेको हुन्छ । जीवनको आधारभूत आवश्यकताहरू पनि समान नै देखिन्छन् । सुखदुःखको अनुभव पनि विश्वभरि प्रायः एकै किसिमको पाइन्छ ,त्यस्तो अवस्थामा यो कपोलकल्पित धर्म लिएर संघर्ष र हत्याको कारण के हुन सक्ला ?
विरोधाभास भएको धर्महरूमा एक अर्काप्रति निष्ठुरता र विद्धेषको कुरा त परै रहोस् आ–आफ्नो धर्मको बीचमा पनि मतमतान्तर लिएर थुप्रै संधर्षहरू भएका देखिन्छन् । क्रिश्चियनले क्रिश्चियनसित, मुसलमानले मुसलमान सित लडेर लाखौं,करोडौं संख्यामा जघन्य हत्या गर्ने पनि देखिन्छ । बस्तुत प्रथम र द्धितीय विश्वयुद्ध भनेको के हो ? क्रिश्चियनलाई क्रिश्चियनले सखाप पारेको हैन त ?इराक इरानको संधर्षमा मुसलमानले मुसलमानलाई लाखौंको संख्यामा समाप्त गरेका थिए नन् कि ?यिनीहरूले फेरी विश्वलाई नै आफ्नो धर्ममा परिवर्तन गर्ने स्वप्न देख्छन् । केही हदसम्म गरेका पनि छन् । जब यिनीहरूको आफैभित्र शान्ति र मेलमिलाप छैन भने विश्वलाई यिनीहरूले के शान्ति दिन सक्छन् । वरु अझै अज्ञानता र अन्धकारमा धकेली रहेका छन् । मेरो विचारमा मानिसलाई शान्ति र ज्ञानको लागि धर्मको शिक्षा दिनु राम्रो हो तर धर्म परिवर्तन गर्नु सम्पुर्ण रुपले अनुचित र अपराध हो । कसैले स्वच्छाले धर्म परिवर्तन ग¥यो त्यसमा केही भन्नु छैन तर आर्थिक प्रलोभन देखाएर,गरिबीको मौका लिएर सुनियोजीत सुनियन्त्रीत ढंगले व्यक्तिको धर्म परिवर्तन गर्दै हिड्ने काम अति निन्दनीय अपराध हो । सायद यहीनै कारण हो की पाश्चात्य देशहरूमा पनि उदारवादी मानिसहरूमा धर्मप्रति आस्था हराउ‘दै गईरहेको छ । मलाई एकजना इ¨ल्याण्डको युवकले सोधि रहेको थियो ,के तथाकथित धर्म नमानेर आध्यात्मिक उन्नति सम्भा हु‘दैन ? मैले भने अवश्य ने हुन्छ योगसाधना गर,एकाग्रता र भक्ति बृद्धि गर र सत्यलाई चिन्ने प्रयास गर । यता हिन्दूधर्ममा क्रिश्चियन र मुसलमान धर्म जस्तो भयानक हिंसात्मक संधर्ष नदेखिएतापनि बेलाबेलामा मतमतान्तर लिएर सानोतिनो विभेद र झै झगडा त चलिनै रहन्छ ।सायद यो दुनियाको नियमनै हो कि, कसै कसैलाई झै झगडा नगरी राति निद्रानै पर्दैन ।
एकपटकको कुराहो,संयोगवश म एक वैष्णव साधुका साथमा एकै भवनमा केही दिन निवास गरेको थिए‘ । नदीको किनारामा काठको दुईतल्ले सानो भवनमाथि लाग्छ कुकुर मानिस भन्दा चलाख हुन्छ । सायद कुकुरले पनि मानिस के कस्तो प्रवृतिको हो चिन्दा रहेछन् ।
मैले उहॉलाई भने हजुर वैष्णव हुनुहुन्छ कृष्णको भक्त । कृष्णजीले त गीतामा भन्नु भएको छ कि पण्डित व्यक्तिले बिद्या विनयसम्पन्न ब्राह्मण, गाई,पोडे, र कुकुरमाथि समान दृष्टि राख्दछ । फेरी महाभारतमा राजा युधिष्ठिरले त साथमा हिडेको कुकुरलाई यति प्रेम दिनुभएको थियो कि आफ्नो जीवनमा कमाएको पुण्यको आधीनै कुकुरलाई दिई उसलाई स्वर्गलोकमा जिउ‘दै लैजान खोज्नु भएको थियो ।
यी सबै कुराको महत्व ती वैष्णव साधुसित थिएन । जबकि ती सबै उहॉले पढ्नु भएको पनि थियो र नित्यदिन पढिरहनु नै उहॉको मुख्य काम थियो ।
ठीक त्यही समयमा नै अर्काे एकदिनको कुरा हो , म अति पर एउटा ठूलो काठको ठूटामाथि आनन्दले वसिरहेको थिए‘, अपरान्हको समय थियो तीखो घाम लागि रहेको थियो,वैष्णव बरण्डामा बसी धर्मग्रन्थ पाठ गर्दै हुनुहुन्थ्यो ,त्यतिवेला एकजना बृद्ध कुप्रीपरेर पिठमा एउटा झोला भिरेर लठ्ठीको सहाराले पसिनाले भिजेर त्यहॉआईपुगे र वैष्णव सित ज्यादै भोकलागेको कुरा व्यक्त गरी खानेकुरा मागे । किताबबाट ऑखा उठाई वैष्णवले ठाडै उसलाई भन्नुभयो यो साधु बस्ने ठाउ‘ हो कुनै गृहस्थीको घर होइन यहॉ तपाईलाई केही पनि मिल्दैन अर्काे ठाउ‘मा जानुहोस् । मलाई थाह थियो साधुसित खानेकुराको कमी थिएन । तै पनि उहॉवाट अपरान्हको समयमा क्षुधार्थ बृद्धव्यक्तिप्रति यस्तो अशोभनीय कुरा सुनी मैले धैर्य राख्न सकिन‘ ।मैले बृद्धलाई वोलाए र सवैभन्दा पहिला पाकेको मालभोग केरा खान दिए । त्यसपछि मैले सोधे
हजुर आफै पकाउनु हुन्छ या म पकाउ‘? वहॉले आफै पकाउने कुरा भनेपछि मैले सवै वन्दोवस्त गरिदिए‘ र वृद्धले आनन्दको साथमा खाना पकाएर खाई विदा लिए । वस्तुत धर्मशास्त्र पढ्नु र त्यसलाई आचरणमा उतार्नुमा निकै फरक पाईन्छ । धर्मको अर्थ मनलाई नियन्त्रमा लिनु हो । अर्थात जे कर्म,आचरण,र वाक्यद्धारा मनुष्यको चित्त शुद्ध भई सत्वगुण जाग्छ मनलाई स्वभाविक रुपलेनै अन्तर्मुखी बनाउ‘छ त्यसलाई नै धर्म भनीन्छ ।
योग के हो त ? महर्षि पतञ्जली परिभाषा दिनु हुन्छ, चित्तको बहिर्मुखी वुत्तिहरूलाई निरोध गर्ने । अर्थात मानिसको चित्तमा निरन्तर जुन कामक्रोधईष्याद्धेषदि बहिर्गामी वृत्तिहरू उत्पन्न हुन्छन् जसले चित्तलाई विक्षिप्त बनाई राख्छ, तिनीहरूलाई नियन्त्रण गर्ने वैज्ञानिक पद्धतिलाई नै योग भनिन्छ । अव हामीले के पायौ–यथार्थ धर्म र योगमा फरक विल्कुल छैन । तैपनि फरक त केही अवश्यनै हुनुपर्छ ।
साधारणतया मानिसले धर्म भन्दाखेरि जे बुझेका हुन्छन् त्यो कतिपय चाडवाड, बिधिबिधान र बाह्य क्रियाकलाप मात्रै हो । हिन्दुहरूले धर्म भन्दाखेरी यदि दशै,लक्ष्मीपुजा आदि पूजाआजा बुझ्छन् भने मुसलमानहरूले इद,महरम,नमाजलाई बुझ्छन् । क्रिश्चियनहरूले क्रिस्मसको रमझम या चर्चमा गएर बाईबलको प्रवचन सुन्नु, र यिशुको मुर्ति अगाडि बिशेष प्रक्रियाले निहुराउनुलाई बुझ्छन् । यस्तो किसिमका धर्मीय आचार आचरणमा धर्म धर्मअनुसार विविध बाह्य विभेदहरू देखापर्छन् ।जसरी मुसलमानले पश्चिमतर्फ फर्की नमाज पढ्छन् भने हिन्दुहरूले पुर्वतर्फ फर्की पूजा गर्छन् । मुसलमानले हातमुख धोएर उजु गर्दा तलबाट माथितिर रगड्छन् भने हिन्दुहरूले मुख धु‘दा माथिवाट नै रगड्छन् । क्रिश्चियनहरूले सु‘गुर मारेर खान्छन् भने मुसलमानले सु‘गुर मार्न घोर धर्मीय अपराध मान्छन् तर तिनीहरूलाई गाई मारेर खान मिल्छ जो कि हिन्दुहरूलाई निषिद्ध छ ।
यस्ता कुराहरू लिएर कहिले धर्म धर्ममा भयावह कलह हुने देखिन्छ ,भयंकर रक्तपात र हत्या हुने पनि देखिन्छ । तर योगविद्यामा त्यस्ता कुनै समस्याहरू छैनन् । जाति,धर्म निर्विशेषले मानवमात्रलाई यो योग विद्या उपयुक्त हुन जान्छ । आसन, प्राणायाम, मन्त्रजप,धारणा,ध्यान आदि शारीरिक र मानसिक यागक्रियाहरू विश्वको हरेक मनुष्यले नै शडंकारहित भई अभ्यासगरी महान फाईदा लिन सक्छ । यो योग विद्यामा संधर्ष र लडाई झगडाको ठाउ‘ छैन । तथाकथित धर्म यदि ऑखाले नदेखिने अदृश्य देवदेवीमाथी आस्था लिएर पूजाआजा रितिथितिले शुरु हुन्छ भने योग शुरु हुन्छ व्यक्ति–निर्माणको उदेश्यमा शारीरिक र मानसिक स्थास्थ्य नै योगको पहिलो लक्ष्य हो । त्यसपछि व्यक्ति आफ्नो अन्तरलोकमा आत्मज्योती दर्शन र परम आनन्दानुभुतिको मार्गमा अघि बढ्छ ।सहि भन्ने हो भने सम्पुर्ण मानवीय महान गुणहरू अभिबृद्धि गरी मानवलाई मानव बनाउनुनै योगविद्याको मुख्य उदेश्य हो ।
बस्तुत यो दुनियामा जति किसिमका धर्मीय कुसंस्कार, अन्धबिश्वास, एकअर्काप्रति घृण र संघर्ष देखापर्छ यो सबैको एक मात्र समाधान हो योग दर्शन र योगाभ्यास । मेरो विचारमा समग्र विश्वमा यदि योग बिद्याको ब्यापक प्रचार प्रसार हुन्छ भने उपरोक्त सबै किसिमका अज्ञानता,धर्मको नाममा अमानवीय क्रुरता,तानाशाही र धोकेबाजी सजिलैसित दूर हुनसक्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Next Post

एनसेललाई पुँजीगत लाभकर तिर्नपर्छ भन्ने र उन्मुक्ति पाउनुपर्छ भन्ने दुईधार छ अर्थमन्त्रालयमा

काठमाडौं: संसद्को सार्वजनिक लेखा समितिले पुँजीगत लाभकर तिराउन निर्देशन दिएपछि सेलाउन लागेको एनसेल कर प्रकरण फेरि ब्युँतिएको छ । समितिले कार्ययोजना बनाएर तीन महिनाभित्र कर अशुल्न आइतबार अर्थमन्त्रालयलाई निर्देशन दिएको छ । सुरुमा कर तिर्न नपर्ने जिकिर गरिरहेको एनसेलको व्यवस्थापन खरिदकर्ता एक्जियाटाले जिम्मा लिएपछि बिक्रेता टेलियाले तिर्नैपर्ने भन्दै उम्किन खोजिरहेको […]