केदारनाथ शिर घोषणा पछि भक्तजनको आकर्षणको केन्द्र बन्दै डोलेश्वर महादेव

0
437
eरोयलटाइम्स | राष्ट्रको गौरवमय सञ्चार
eरोयलटाइम्स


केदारनाथ शिर घोषणा भएपछि भक्तजनको आकर्षणको केन्द्र बन्दै गएको डोलेश्वर महादेव मन्दिरले बर्सेनि आम्दानी बढाउँदै लगेको छ ।६ भदौ २०६६ मा केदारनाथ शिरोभागका रूपमा भक्तपुर डोलेश्वर मन्दिरलाई घोषणा गरिएको हो । त्यसपछि स्वदेशी तथा विशेष गरी भारतबाट मन्दिर दर्शन र पूजापाठ गर्न भक्तजनको भीड लाग्न थालेकाले आम्दानी झन्डै सयौं गुणाले वृद्धि हु“दै गएको छ ।

केदारनाथ शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले आर्थिक वर्ष २०७२÷०७३ मा मात्र ३ करोड ७७ लाख ८५ हजार २ सय ३६ रुपैयाँ आम्दानी गरेको जनाएको छ । संस्थाले आठौं वार्षिक साधारण सभाको अवसरमा प्रतिवेदन प्रस्तुत गर्दै यस्तो जानकारी गराएको हो ।

आर्थिक वर्षमा भक्तजनले दिने भेटीबाट मात्र २४ लाख ५५ हजार ४ सय ४२ रुपैयाँ आम्दानी गर्न समिति सफल भएको छ । समितिका कोषाध्यक्ष विश्वराम थापाले प्रतिवेदन प्रस्तुत गर्दै निर्माण अनुदानबाट सबैभन्दा बढी ३ करोड २८ लाख ३७ हजार ३ सय १७ रुपैयाँ आम्दानी गरेको जानकारी दिए ।

थापाका अनुसार सामान बिक्रीबाट २ लाख ४४ हजार ५ सय २५, पञ्च स्नानबाट २ लाख ५८ हजार २ सय ८४ रुपैयाँ, गंगा आरती तथा विशेष पूजाबाट ८ हजार ८ सय रुपैयाँ, रुद्रीबाट ६४ हजार ३० रुपैयाँ, आजीवन सदस्यबाट ३ लाख १० हजार ४ सय पाँच रुपैयाँ आम्दानी भएको छ ।

यसैगरी, हरेक वर्ष गरि“दै आएको श्रावणी मेलाबाट ४ लाख ६१ हजार ६ सय ७ रुपैयाँ, धार्मिक वन संरक्षण तथा वृक्षरोपण कार्यक्रमबाट १ लाख ४० हजार रपैयाँ, क्यालेन्डर विज्ञापनबाट ५३ हजार ७ सय ५० रुपैयाँ, महाशिवरात्रीबाट ११ हजार रुपैयाँ, गौस्याहारको आम्दानीबाट ५९ हजार ९ सय ४ रुपैयाँ, बैंकबाट प्राप्त ब्याजबाट २ लाख ६७ हजार ३ सय ८८ रुपैयाँ र अन्यबाट ५३ हजार ७ सय ५० रुपैयाँ आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

साधारण सभाले आर्थिक वर्ष ०७३÷०७४ मा भने ४ करोड २८ लाख १० हजार अनुमानित आय विवरण प्रस्तुत गरेको छ । भूकम्पले क्षतिग्रस्त केदारनाथ शिर डोलेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि दाताको लर्को लाग्दै गएको समितिले जनाएको छ । पुनर्निर्माणका लागि धेरै दाताले इच्छा व्यक्त गरेका छन् ।

मन्दिर पुनर्निर्माणका लागि संखुवासभा चैनपुर निवासी कृष्णगोपाल श्रेष्ठले ५ करोड १ सय ११ रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरिसकेका छन् भने अन्य दाताले पनि सहयोग गर्ने क्रम जारी छ ।

श्रेष्ठले पहिलो किस्तास्वरूप १ करोड ५० लाख १ सय ११ रुपैयाँ प्रदान गरिसकेका छन् । मन्दिर पुनर्निमार्णको सम्पूर्ण लगानी बेहोर्ने गरी उनले सहयोग प्रदान गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । उनले तीन वर्षभित्र सम्पूर्ण रकम दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

समितिले अध्यक्ष विदुरमानसिंह बस्नेतले दीर्घकालीन गुरुयोजना तयार पारी मन्दिर पुनर्निर्माणको कार्य जारी राखेको जानकारी गराए । प्रतिवेदन प्रस्तुत गर्दै उनले महाविनाशकारी भूकम्पले क्षतिग्रस्त भवनको झन्डै ५० रोपनी जमिनमा मन्दिर परिसर विस्तार गरी निर्माण कार्य अगाडि बढाइएको बताए ।

मन्दिरमा आर्थिक पारदर्शिता हुने भएकाले पनि धेरै दाता सहयोग गर्न इच्छुक देखिएकोे समितिका वरिष्ठ उपाध्यक्ष किरण थापा बताउ“छन् । पछिल्लो समय प्रचार–प्रचारका कारण भक्तजनको भीड लाग्ने गरेको बताउँदै उनले भारतदेखि भक्तजन आउने गरेको जानकारी दिए ।

महासचिवका तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै मोहन गिरीले भूकम्पले क्षतिग्रस्त मन्दिर भवनको अघिल्लो वर्ष जमिन सतहसम्म जगको काम र मूल मन्दिरको भित्री आवरण निर्माण कार्य सम्पन्न भएको बताए । मन्दिरलाई केदारनाथ शिरोभाग घोषणा गर्नुअघि १ सय ४९ मात्र आजीवन सदस्य रहेकामा अहिले २ हजार ९४ आजीवन सदस्य पुगेका छन् ।

समितिको साधारण सभा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले उद्घाटन गर्दै डोलेश्वरले पूर्वाधार विकासलगायत भक्तजनको सेवामा विशेष ध्यान दि“दै आएकामा खुसी व्यक्त गरे । पर्यटकको आकर्षणको थलोका रूपमा डोलेश्वर विकास हुनुले भक्तपुर विकासमा थप टेवा पुगेको उनको विश्वास छ ।

मन्दिर संरक्षक भरत जंगमले २००७ सालमा करिब ३ करोड राष्ट्रिय बजेट हुने गरेको स्मरण गराउँदै डोलेश्वर मन्दिरको वार्षिक आम्दानी ४ करोडको हाराहारीमा पुग्नु खुसीको कुरा भएको बताए ।

मन्दिरलाई केदारनाथ शिर घोषणा गर्न आफूले निकै मेहनत र कानुनी कठिनाइ झेलेको बताउँदै उनले मन्दिरको गुरुयोजनानुसार अगाडि बढाउँदै लग्नुपर्नेमा समेत जोड दिए ।

साधारण सभामा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, कांग्रेस भक्तपुर सभापति दुर्लभ थापा, नेपाल पत्रकार महासंघ भक्तपुर अध्यक्ष अमर भुजु, त्रिनेत्र आध्यात्मिक चिन्तन अध्यक्ष केशव आचार्यलगायतले डोलेश्वरको विकास लागि गुरुयोजनानुसार अगाडि बढ्दै जानुपर्नेमा जोड दिएका थिए ।